Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

हिन्दुत्व बचाउन स्वयंसेवक संघ गठन

Posted on July 22, 2023July 22, 2023
Share this post
       

अखण्ड सम्बाददाता
६ श्रावण २०८० डडेल्धुरा
डडेल्धुरा जिल्लामा हिन्दु स्वयंसेवक संघको शाखा गठन तथा बिस्तार गरिएको छ ।
“संगठित हिन्दु, समर्थ नेपाल” भन्ने मूल नारा बोकेको संघले सनातन धर्म, संसकार, संस्कृति मूल्य मान्यताहरु बोकेका हिन्दुधर्माबलम्बी माथी बिभिन्न तरिकाबाट आक्रमण भईरहेको भन्दै देश भरिका जनतामा बैदिक सनातन धर्म र मानवताको रक्षा गर्न आवश्यक महशुष गरि डडेल्धुरामा पनि जागरण ल्याउन संस्कृतिविद कैलाश कुमार पाण्डेयको नेतृत्वमा १७ सदश्यीय जिल्ला कार्य समितिलाई पूर्णता दिदै बिस्तार गरिएको केन्द्रीय कार्यवाह (सचिव) हर्केश बिष्टले जानकारी दिनु भयो ।
शनिवार पतंजली योग अभ्यास हल कीर्तिपुर डडेल्धुरामा संघको परिचय तथा योजना बैठकमा छलफल गर्दै संघले राष्ट्रमा आध्यात्मिक विकास र संस्कार भए मात्र देशमा बैभव प्राप्त हुने भन्दै हिन्दुलाई जागृत गरि समाजलाई सभ्य सुसंस्कृत तथा समृद्ध बनाई नयाँ पुस्तालाई बैदिक सनातन धर्म प्रतिको आस्था विकास गर्न प्रेरित गर्ने उद्देश्यले देश भर हिन्दुहरुलाई संगठित गर्ने कार्य भईरहेको संस्थाका केन्द्रीय कार्यालय प्रमुख नरेन्द्र देव ऐरीले बताउनु भयो ।
बैठकमा स्वागत गर्दै पतंजली योग समिति सुदूरपश्चिम सहप्रभारी गोबिन्द खडायतले हिन्दु धर्म माथी बाह्य मुलुकको चासो बढेको मात्र नभई पटकपटक बिभिन्न बाहनामा हस्तक्षेप भईरहेकोछ, हिन्दु समाज माथी हमला भईरहेकोछ यसबाट बच्न नेपाली जनता स्वयं जागरुक नभए केहि वर्ष पछि हिन्दुत्वको अस्तित्व समाप्त हुने दिशा तर्फ जादैछ यसलाई बचाउनु हामी सबैको धर्म हो भन्दै देवभूमि, तपोभूमि र पुण्यभूमिको रक्षार्थ सबै एकजुट हुनु पर्ने धारणा राखेका थिए ।
संघले मूल रुपमा हिन्दुधर्मीहरुले सनातनकाल देखि आत्म साथ गर्दै आएका धार्मिक र साँस्कृतिक पर्वहरु, दिवसहरु, जयन्तीहरु आदी उत्सवको रुपमा मनाउँदै आएकोमा डडेल्धुरामा पनि नव वर्षमा स्वागत कार्यक्रम, गुरु पूर्णिमा, रक्षाबन्धन तथा जनै पूर्णिमा, राष्ट्रिय चाडपर्व दशैं तिहार, माघे संक्रान्तिमा परशुराम धार्मिक मेलामा खिचडी भोजन कार्यक्रम, शिवरात्री होरी, स्वामी विवेकानन्द ज्ञान परिक्षा, पालिका स्तरिय परिचय बैठक लगायत बिभिन्न महत्वपूर्ण पर्वहरु मनाउँनुका साथै प्राथमिक स्तरका बिद्यालयहरुमा जीवन उपयोगी संस्कार, बौद्धिक कक्षा, ध्यान तथा बिभिन्न जागरणका शिक्षावर्ग कार्यक्रमहरु भव्य रुपमा मनाउँन नेपाली पात्रो अनुसार वार्षिक कार्यक्रमको योजनाका विषयमा छलफल गरि निर्णय पनि गरेको छ ।
नेपाली परिबेश तथा जनजीवनको फाईदा उठाउँदै बिदेशीहरुले प्रलोभनमा फस्ने प्रबृतिका नेपालीहरुलाई अहिले बाईबल दिईरहेका छन पछि गएर आफ्नै दाजुभाई माथी हिंसा गर्न राईफल दिनेछन यो कुरो नेपाली समाजले कहिले बुझ्ने ? भन्दै राष्ट्रप्रथमको भावना राखेर नेपाल राष्ट्रको ईतिहास बचाउनु पर्नेमा सहभागिले जोड दिएका छन ।
बिभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको उक्त संस्थामा नेपालीपनलाई राज्य संचालकहरुले स्वधर्मलाई स्वयं प्रहार गरि बिदेशीको ईसारामा अपांग बनाईरहेकोले यस तर्फ सबै हिन्दूहरु सचेत हुन आग्रह समेत गरिएको थियो भने हिन्दुत्वको रक्षा गर्न संस्कार, सेवा र संगठन मूल ध्येय रहेको यस संस्थाको माध्यमबाट हरेक नागरिकलाई चरित्रवान, असल र देशप्रेमी नागरिक सहितको समाज स्थापनाका लागि जागरुक गर्दै आआफ्नो क्षेत्रबाट सक्रिय हुनु पर्ने सहभागिले धारणा राखेका छन ।
कार्य समितिमा साहित्यकार एवं समाजसेवी संघसंचालक (अध्यक्ष) पाण्डेय, सह संघसंचालक लोकराज पनेरु, जिल्ला कार्यवाह (सचिव) नरेन्द्र प्रसाद भट्ट, व्यवस्था प्रमुख (कोषाध्यक्ष) मिन प्रसाद भट्ट, सम्पर्क प्रमुख प्रकाश पाठक, प्रचार प्रमुख टेकराज अवस्थी, सदश्यहरुमा गोबिन्द खडायत, जयराज पनेरु, करुणाकर पन्त(अध्यक्ष, बिश्व हिन्दु महासंघ डडेल्धुरा, नरेश भट्ट (वडाध्यक्ष गन्यापधुरा ४), रमेश प्रसाद जोशी (संयोजक, नागरिक समाज डडेल्धुरा), भक्त सिजापति, तिलक बहादुर पाल, विष्णुराज जोशी, धिरेन्द्रराज ओझा, बीरेन्द्र साउँद, पुष्पराज पाठक रहेका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com