Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

हामी देश बनाउन आएका हौं, व्यक्ति महत्वपूर्ण हुँदैन–नेता पराजुली

Posted on December 19, 2024December 19, 2024
Share this post
       

अखण्ड सम्बाददाता
४ पौष २०८१ , डडेल्धुरा
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले प्रजातन्त्रको पुर्नबहाली पछि बितेका तिन दशकमा जनतालाई विकास र सुशासनको प्रत्याभूति नभए पछि देशमा नयाँ शक्ति आवश्यक भएको बताएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीको डडेल्धुरा सदरमुकाममा सम्पन्न भएको प्रथम जिल्ला भेलाको उद्घाटनका क्रममा बोल्दै प्रतिनिधि सभा सदश्य तथा पार्टीको उद्योग विभाग प्रमुख पराजुलीले अहिलेको दलिय राजनीतिबाट लोकतन्त्र र संबिधान को अपमान मात्र भएको छैन जनताका आकांक्षा बिपरित पनि भएको बताउनु भयो ।
जिल्लाका बिभिन्न पालिकास्तरबाट सदरमुकाम आएका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको भेलाले संयोजक ई.सुरेन्द्र अवस्थीलाई सभापति, प्रेम बहादुर बुढा उपसभापति, राजेन्द्र ऐर सचिव, बाशु पाण्डेय सहसचिव र सदश्यमा जनक कुँवर, नरेन्द्र कठायत, सन्तोष ऐर, मिना फूलारा, खगेश्वरी अवस्थी, जितेन्द्र जैरु र देव सिंह भाट सहितको जिल्ला कमिटीलाई पूर्णता दिदै कार्य समिति चयन गरेको सभापति अवस्थीले जानकारी दिएका छन ।
जिल्ला कार्य समितिको चयनसँगै अब जिल्लाका बिभिन्न पालिकाका वडा स्तरिय कमिटि गठन गरि जिल्लाका सबै संरचनाको काम सम्पन्न गरि प्रदेश कमिटि बनाएर पार्टीलाई योजनामा रहेको स्वतन्त्र पार्टीका अगाडी देखा परेका बिभिन्न समस्या र चुनौतीलाई शक्तिमा रुपान्तरण गर्दै सशक्त रुपमा अगाडी बढाई जनता माझ जाने केन्दीय सदश्य पराजुलीले बताए ।
डडेल्धुरा सदरमुकाममा प्रभात फेरी सहित शुरु भएको उद्घाटन र बन्द सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ पुस्ताको आकर्षण र आशा भरोसा रहेको भन्दै आफूहरु उत्साहित भएको एक नेताले बताए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com