अखण्ड सम्बाददाता
३० अषाढ २०७९ डडेल्धुरा
स्वास्थ्य कार्यालय डडेल्धुराले पनि आर्थिक वर्ष २०७८/०७९ मा संचालित भएका कार्यक्रमको समिक्षा तथा पत्रकारसँग अन्र्तक्रिया गरेको छ ।
कार्यालयले प्रदान गरेका सेवाहरु, जिल्लाको स्वास्थ्य अवस्था र तथ्यांक, खोप, उपचारात्मक र प्रबद्र्धनात्मक नियमित तथा आवश्यकता अनुसारका कार्यक्रमहरु संचालन गरिएको पत्रकार अन्र्तक्रिया कार्यक्रममा जानकारी दिएका छन ।
कार्यक्रममा स्वास्थ्य कार्यालय अन्र्तगतको मानव संशाधन, जिल्लामा सुरक्षित मातृत्वको अवस्था, बिभिन्न रोगहरुको अवस्था र उपचार सेवाबाट लाभान्वित भएका सेवाग्राहीको अवस्था, अस्प्ताल तथा स्वास्थ्य संस्थाहरुबाट बिभिन्न सेवा उपलब्ध भएका लगायत बिबिध विषयमा प्रस्तुति गर्दै जानकारी गराईएको थियो ।
जिल्लाका बिभिन्न संरचनाका स्वास्थ्य संस्थाहरुबाट सेवा लिनेहरुको संख्यामा ६१ प्रतिशत महिला र ३९ प्रतिशत पुरुष रहेको तथ्यांकले देखाएको कार्यालय प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिएका छन ।
