Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

स्थानीय सञ्चार नीतिका लागि स्थानीय तहलाई सुझाव

Posted on June 22, 2022June 22, 2022
Share this post
       

अखण्ड सम्बाददाता
अषाढ २०७९
नेपाल पत्रकार महासंघले डडेल्धुराका स्थानीय तहहरुसँग संचारको हक प्रबद्र्धन विषयमा अन्र्तक्रिया गरेको छ ।
बुधवार डडेल्धुरामा संञ्चारको हक प्रबद्र्धनमा स्थानीय सरकारको भुमिका विषयमा आयोजना गरिएको अन्र्तक्रियामा नेपालको संबिधानमा व्यवस्था गरिएका प्राबधान, मौलिक हकको कार्यान्वयन, सूचनाको हकका विषयमा स्थानीय सरकारले निर्वाह गर्नु पर्ने दायित्व, सञ्चार माध्यम दर्ता नियमन र सेवा सुबिधाका विषयमा स्थानीय तहको ऐन तथा नीति कार्यक्रम निर्माण गर्न स्थानीय तहलाई सुझाव दिन अनतर््क्रिया गरिएको प्रस्तोता तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले बताए ।
अमरगढी नगरप्रमुख, नवदुर्गा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र भागेश्वर गाउँपालिका अध्यक्ष सहित डडेल्धुरा जिल्ला लगायत सुदूरपश्चिमका बिभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको अन्र्तक्रिया कार्यक्रममा स्थानीय स्तरमा रहेका सञ्चार माध्यमहरुको दिगो व्यवस्थापन, सूचना पाउने अधिकार सुनिश्चित गर्न स्थानीय सञ्चार नीति आवश्यक रहेको महशुष स्थानीय तहलाई भएको पालिका जनप्रतिनिधिहरुले बताएका छन ।
कार्यक्रममा स्थानीय सञ्चार नीति बनाउन मस्यौदाको सहजीकरण देखि ऐनको कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल पत्रकार महासंघका तिन वटै निकायहरु तत्पर रहेको तर नीति निर्माणमा स्थानीय सरकारको ईच्छाशक्ति आवश्यक रहेको औंल्याईएको छ ।
सञ्चार क्षेत्र र स्थानीय पालिका तथा राजनीतिले एक अर्कालाई दोषारोपण गर्ने प्रबृतिको अन्त्य र व्यवस्थित गर्ने दायित्व सबैले बोध गरेर समन्वय सहकार्यका साथ अगाडी बढनुको बिकल्प नरहेको सहभागिले बताएका छन ।
संबिधानले परिकल्पना गरेको नागरिक अभिव्यक्तिका लागि मौलिक हकको प्रत्याभूति गराउन सञ्चार नीति सबै स्थानीय सरकारका लागि अपरिहार्य रहेको बताउँदै यथाशिघ्र आवश्यक पहल गरिने प्रतिबद्धता पनि स्थानीय तह प्रमुखहरुले गरेका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com