Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

स्थानीय तहमा सुशासन पहिलो शर्त

Posted on May 10, 2022May 10, 2022
Share this post
       

अखण्ड सम्बाददाता २७ बैशाख २०७९, डडेलधुरा

सुशासनको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था संजीवनी नेपालले डडेल्धुराका सरोकारवालासँग परियोजनाको प्रभाबकारिता सम्बन्धि छलफल गरेको छ ।
अमरगढी नगरपालिकाको वडा नंं. ८ र ९ मा संचालित पारस्परिक जवाफदेहिता परियोजनाको कार्य अनुभव तथा कार्य अबधिको समिक्षा गर्दै आगामी दिनमा कार्यक्रमको उपलब्धी, दिगोपना र प्रभावकारिताका बारेमा सम्बन्धित जनप्रतिनिधि, नागरिक समाज डडेल्धुराका प्रतिनिधि र सञ्चारकर्मीसँग मंगलवार अन्र्तक्रिया गर्दै सुझाव सल्लाह संकलन पनि गरेको हो ।
कार्यक्रममा अमरगढी नगर प्रमुखविश्वेश्वर प्रसाद ओझाले स्थानीय सरकार संचालन विषयमा सुशासन पहिलो शर्त भए पनि नागरिक निगरानी हुन नसकेको बताउँदै अमरगढी नगरपालिकामा नीति निर्माण कार्यमा पारस्परिक जवाफदेहिताको ठूलो भुमिका रहेको र जनतामा पनि प्रभाबकारि रहेको बताए ।
उहाँले अमरगढी नगरपालिका तथ्यांकमा उपलब्धीमूलक देखिए पनि शुरुवात गरिएका प्रयासहरुलाई श्रोतसाधनको सदुपयोग गर्दै आगामी निर्वाचित जनप्रतिनिधिहरुले निरन्तरता दिनु पर्ने बताएका छन ।
आगामी दिनमा परियोजनाको आवश्यकता र औचित्य माथी सञ्चारकर्मी र नागरिक समाज डडेलधुराका सदश्य एवं अगुवाहरुले सुझाव दिदै यो परियोजना पालिका स्तरमा सबै वडाहरुमा बिस्तार गरेर नमूना बनाउन पहल गर्नु पर्ने बताएका छन ।
परियोजनाका कार्यकारी निर्देशक नितु भट्टले डडेल्धुराको स्थानीय सभाले पहल गरेका कामहरु सकारात्मक रहेको, नागरिक समाजले उठान गरेका र पहलकदमी गरेका कामहरु प्रति सन्तोष व्यक्त गर्दै आम नागरिक सम्म अबधारणा पुगाउन र सुशासनको लक्ष्य प्राप्तीका लागि सरोकारवालाहरुले अझै सक्रिय भुमिका निर्वाहका लागि आग्रह पनि गर्नु भएको थियो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com