Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

Posted on March 28, 2022March 28, 2022
Share this post
       

 

 

निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले सार्वजनिक सूचना मार्फत ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकिएको जनाएको हो । जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतका जेष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकिएको छ ।
आयोगले यही चैत मसान्तदेखि वैशाख २ गतेसम्म सबै निर्वाचन अधिकृतलाई चुनावका लागि अभिमुखीकरण तालिम पनि दिईने जनाएको छ ।

सँगसँगै ः
स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।
आयोगले आइतबार सार्वजनिक गरेको विवरणअनुसार कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ रहेका छन् ।

कुल मतदातामध्ये पुरुषको संख्या बढी छ । आयोगका अनुसार पुरुष मतदाता ८९ लाख ९२ हजार १० र महिला मतदाता ८७ लाख ४१ हजार ५३० रहेका छन् । यस्तै, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १८३ जना मतदाता छन् ।
आयोगले २०७४ सालको स्थानीय निर्वाचनमा भन्दा यस पटक ३६ लाख ६१ हजार १९९ जना नयाँ मतदाता थपिएको जनाएको छ । यसपटक सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना र सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेका छन् । मतदाता नामावलीमा नाम समावेश भएर निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेकाहरुले यसपटकको निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।
आयोगले ७५३ स्थानीय तहका लागि १० हजार ७५३ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको जनाएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com