Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

स्थानीय जनप्रतिनिधि निर्वाचित गर्न मतदान

Posted on May 13, 2022May 13, 2022
Share this post
       

अखण्ड सम्बाददाता
३० बैशाख २०७९ डडेल्धुरा
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित गर्न मतदान गर्न सुदूरपश्चिम प्रदेृशको पहाडी जिल्ला डडेलधुरामा पनि स्थानीय तह निर्वाचनको मतदान कार्य शुरु भएको छ ।
दुई नगरपालिका सहित पाँच गाउँपालिका रहेको डडेल्धुरामा ४४ हजार ६६४ पुरुष र ४५ हजार ४५५ महिला गरि जम्मा ९० हजार ११९ मतदाता रहेको डडेल्धुराका मतदान स्थल तथा केन्द्रहरुमा मतदाताको उपस्थिति बाक्लिदै गएको छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पनि आफ्नो मतदान जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नंं. १ मा रहेको असिग्राम माबि को मतदान केन्द्र ख बाट मतदान गर्नु भएको मतदान अधिकृत सुरेन्द्र सार्कीले जानकारी दिनु भएको छ ।
जिल्लाको अजयमेरु गाउँपालिकामा ५९५६ महिला, ५७७५ पुरुष, अमरगढी नपामा ६७८३ महिला, ७२०५ पुरुष, आलिताल गाउँपालिकामा ५५०४ महिला, ५३६२ पुरुष, गन्यापधुरामा ४९०९ महिला, ५५०५ पुरुष, नवदुर्गामा ६११४ महिला, ७००६ पुरुष, परशुराम नपामा १०७४७ महिला, १०५७४ पुरुष र भागेश्वर गाउँपालिकामा ४६३१ महिला र ४०२८ पुरुष गरि जम्मा ९० हजार ११९ मतदाता रहेका छन ।
जिल्लामा ८० मतदान स्थल र १२६ मतदान केन्द्र रहेका छन भने १२६ मतदान अधिकृत, १२६ सहायक मतदान अधिकृत, २४३ सहायक कर्मचारी, १२६ सहयोगी र ३७८ जना स्वयंसेवक परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • चुनाव प्रति उत्साह छैन डडेल्धुरामा
  • डडेल्धुरामा खुल्यो जापनिज भाषा ईन्सिच्यूट
  • गीति कविता
  • उम्मेदवारी पेचिलो र डडेल्धुराको चासो रास्वपातिर
  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com