अखण्ड सम्बाददाता
डडेल्धुरा जिल्ला सदरमुकाममा वन डढेलो तथा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक पूर्वाभ्यास प्रदर्शन गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराको आयोजनामा नेपाली सेना रणबम गण दह ब्यारेक तथा ससस्त्र प्रहरी बल र नेपाल प्रहरीको सुरक्षा टालीले आगो नियन्त्रण सम्बन्धी फायर ह्याजर्ड सिमुलेसन (पूर्वाभ्यास) प्रदर्शन गरेको हो ।
७६ प्रतिशत वन क्षेत्र रहेको डडेल्धुरा जिल्लाको बिभिन्न सल्लेरी वनले गाउँबस्ती जोखिममा रहेको भन्दै बजार क्षेत्र लगायत सार्बजनिकस्थलमा हुन सक्ने आगलागीका घटनाबाट बच्न मानविय कमजोरी नगर्न र संभावित आगलागी खतराहरुलाई व्यक्तिगत र सामुदायिक रुपमा नियन्त्रण र व्यवस्थापन समन्वय सहकार्य र उद्धार तथा उपचार गर्न सर्बसाधारण सचेत हुनु पर्ने सन्देश दिएका छन ।
डडेल्धुरामा पटक–पटक बजार क्षेत्रमा हुने गरेका आगलागीका घटनाबाट पाठ सिक्दै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपदबाट धनजनको क्षती न्युनिकरणका लागि भएको पूर्वाभ्यास प्रदर्शनमा अधिकांश नागरिक लाभान्वित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।