Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

सेनाद्वारा पूर्वाभ्यास प्रदर्शन

Posted on May 2, 2022May 2, 2022
Share this post
       

अखण्ड सम्बाददाता

डडेल्धुरा जिल्ला सदरमुकाममा वन डढेलो तथा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक पूर्वाभ्यास प्रदर्शन गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराको आयोजनामा नेपाली सेना रणबम गण दह ब्यारेक तथा ससस्त्र प्रहरी बल र नेपाल प्रहरीको सुरक्षा टालीले आगो नियन्त्रण सम्बन्धी फायर ह्याजर्ड सिमुलेसन (पूर्वाभ्यास) प्रदर्शन गरेको हो ।
७६ प्रतिशत वन क्षेत्र रहेको डडेल्धुरा जिल्लाको बिभिन्न सल्लेरी वनले गाउँबस्ती जोखिममा रहेको भन्दै बजार क्षेत्र लगायत सार्बजनिकस्थलमा हुन सक्ने आगलागीका घटनाबाट बच्न मानविय कमजोरी नगर्न र संभावित आगलागी खतराहरुलाई व्यक्तिगत र सामुदायिक रुपमा नियन्त्रण र व्यवस्थापन समन्वय सहकार्य र उद्धार तथा उपचार गर्न सर्बसाधारण सचेत हुनु पर्ने सन्देश दिएका छन ।
डडेल्धुरामा पटक–पटक बजार क्षेत्रमा हुने गरेका आगलागीका घटनाबाट पाठ सिक्दै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपदबाट धनजनको क्षती न्युनिकरणका लागि भएको पूर्वाभ्यास प्रदर्शनमा अधिकांश नागरिक लाभान्वित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com