Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

गौरा

सुदूरपश्चिममा गौरा शुरु, गाउँघरमा पर्वको रौनक

Posted on September 1, 2022September 1, 2022
Share this post
       

अखण्ड सम्बाददाता
१६ भाद्र २०७९ डडेल्धुरा
सुदूरपश्चिमेलीको प्रमुख तथा मौलिक चाड गौरा पर्व आज देखि विधिवत् रुपमा सुरु भएको छ ।
आज भाद्र कृष्ण पञ्चमीका दिन काँशको सप्तऋषि प्रतिक बनाई पूजाअर्चना सँगै बिसर्जन गरि साँझपख घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारको दलहन अन्न भिजाएर पर्वको थालनी आरम्भ परम्परा रहि आएको छ ।
गौरा पर्वको पहिलो दिन बिरुडा अर्थात् पाँच प्रकारको दलहन गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाई भिजाएर गौराको फाग गाई पर्वको थालनी गर्नुका साथै षष्ठी तिथिका दिन बिहान गाउँटोलबाट सँगै गाउँको पधेरा नाउला तथा पानीका मुहान जलासशमा गएर बिधिवत रुपमा धोईपखाली धानको खेतबाट गौरा देवीको प्रतिमूर्तिको रुपमा गौरा तयार पारि घरघरमा फर्किने प्रचलन रहेको छ ।
गौराष्टमी अर्थात दुर्बाष्ठमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरुको भनाइ छ । सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।
गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यतिमात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःखका प्रसंग र पुरुषहरुले बिर पुरुषहरुका गाथामा आधारित चैत धुमारी आदी देउडाका माध्यमबाट खेलेर व्यक्त गर्नूका साथै मनोरञ्जन गर्ने गरेका छन ।
सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दसैँभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ भने गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु उमेर समुह अनुसार छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी ढुस्को आदि खेल खेलेर आनन्द लिने चलन छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • चुनाव प्रति उत्साह छैन डडेल्धुरामा
  • डडेल्धुरामा खुल्यो जापनिज भाषा ईन्सिच्यूट
  • गीति कविता
  • उम्मेदवारी पेचिलो र डडेल्धुराको चासो रास्वपातिर
  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com