Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

सार्थक बन्यो संघर्षः बसपार्क बन्दै डडेल्धुरामा

Posted on June 21, 2025June 21, 2025
Share this post
       

अखण्ड सम्बाददाता
७ अषाढ २०८२ डडेल्धुरा
डेढ दशकको अथक प्रयास तथा संघर्ष र चुनौतीका बिच डडेल्धुरामा व्यवस्थित बसपार्क निर्माण कार्य अगाडी बढेको छ ।
डडेल्धुरा सदरमुकाममा अवस्थित बसपार्क साँघुरो भएको महशुष गरि २०६७ सालमा बसपार्कका लागि जग्गा खोज सहित प्रकृयामा रहेको बसपार्क निर्माण कार्य बिभिन्न शंका आशंकाका बिच ढिलै भए पनि प्रकृया पुरा गरि निर्माण कार्यको आज एक औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिए पछि स्थानीय हर्षित भएका छन ।
बसपार्कमा प्रबेश र प्रस्थान २÷२ गेट, ठूलो बस पार्किङ १८, मध्यम खालका बसहरु पार्किङ २१, जिप तथा साना गाडीहरु पार्किङ २६ र भिजिटर पार्किङ १३ क्षमताको पार्किङ सुबिधा तथाव्यापारिक प्रयोजनका कम्पलेक्स ३ र मुख्य टर्मिनल भवन उक सहितका संरचना निर्माण हुने निर्माणकर्ता मालिका निर्माण सेवाका प्रबन्ध निर्देशक तथा मालिका, कालिका र जेबी निर्माण व्यवसायिको जेभिका प्रतिनिधि रघुबिर साउँदले जानकारी दिएका छन ।
बैदिक पूजा गरि बिधिवत रुपमा गरिएको उक्त शिलान्यास तथा उद्घाटन कार्यक्रम वडाध्यक्षहरु, पूर्व जनप्रतिनिधि, स्थानीय उपभोक्ता तथा सरोकारवाला, सञ्चारकर्मीको उपस्थितिमा अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले गर्नु भएको थियो ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्ला सहित संघिय राजधानी काठमाण्डौंलाई जोडने महाकाली राजमार्ग छेउमै रहेको उक्त बसपार्क निर्माणका लागि निर्माणाधिन बसपार्क क्षेत्रमा आवश्यक रुख कटानी छेकानी भई सकेको छ भने निर्माण व्यवसायीले आजै देखि काम शुरु गर्ने भनिए पनि सो क्षेत्रमा रहेको बिद्युत लाईन र पोलहरु स्थानान्तरण गर्न अझै भन्जट रहेको नगर प्रमुख जोशीले बताए ।
अमरगढी नगरपालिका वडा नं. ५ जिलोडाका स्थानीयबासिन्दाको सामुदायिक वन सराउनीका घाँडा सा.व. उपभोक्ता समूहले नगरपालिकाको सूचना मापदण्ड बमोजिम दिएको आवेदन स्वीकृती अनुसार १३ हजार ३ सय ३१ वर्ग मिटर अर्थात २६ रोपनी जग्गामा उक्त व्यवस्थित बसपार्क बन्ने विषयले यस क्षेत्रका सर्बसाधारण उत्साहित मात्र भएका छैनन १५ वर्षको संघर्षको प्रतिक्षा समाप्त भएको र डडेल्धुराको गौरबको योजनाले मूर्त रुप लिएकोमा खुशी पनि भएको स्थानीय उपभोक्ता तथा अमरगढी नगरपालिकाका संस्थापक नगरप्रमुख मोहन राज पाठकले बताए ।
मुअकर बाहेक रु. १० करोड ३० लाख बराबरको रकममा १७ महिनामा बसपार्क निर्माण कार्यको अबधि रहने गरि संघिय सरकार, शहरी विकास मनत्रालय अन्र्तगत ठेक्का भएको कार्यालयका प्राबिधिकले जानकारी दिएका छन ।
उद्घाटन कार्यक्रममा बोल्दै संघर्ष समितिका सदश्य एवं जनप्रतिनिधिहरुले विकासका योजनामा सरकारी निकायहरु अन्र्तबिरोधाभाष रहेकोले समयमै कार्यान्वयन गर्न चुनौती भईरहेकोले नेपाल सरकारले बाधा व्यवधान हटाउन अबिलम्ब सहजिकरण गरि तत्परता देखाउनु पर्ने बताएका छन ।
निर्माणस्थलमा अझै पनि सरकारी निकाय सम्बन्धित सबै विषयको निराकरण नभएकोले समयमै परियोजना सम्पन्न हुनेमा स्थानीयले आशंका गरेका छन, निर्माण क्षेत्रमा रहेको बिद्युत लाईन सार्नु पर्ने वा अन्य संभावित समस्या र प्रकृयाले निर्माण कार्यको गतिलाई अबरोध गर्न सक्ने भएकोले समयमै समाधान गरि दिन तिनै तहका सरकार र जनप्रतिनिधिलाई स्थानीयले आग्रह समेत गरेका छन ।
पंडित शास्त्री राम प्रसाद पाठक(रमेश) द्वारा मन्त्र वाचन गरि सामुदायिक वनका अध्यक्ष तिलकराज पाठकबाट बिधिवत रुपमा बैदिक उद्घाटन गरिएको उक्त औपचारिक कार्यक्रममा समाजसेवी यज्ञराज अवस्थीबाट स्वागत मन्तव्य र गैर सरकारी संस्था महासंघ जिल्ला शाखा डडेल्धुराका अध्यक्ष शिवराज पाठकले कायृक्रम संचालन गरेका थिए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com