Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

सामूहिक सोचले मात्र सार्बजनिक क्षेत्रको विकास हुने, विद्यालयको विकास हुने–प्रदेश माननीय जोशी

Posted on May 14, 2024May 14, 2024
Share this post
       

२०३३ सालमा स्थापित श्री सरस्वती माध्यमिक बिद्यालय भात्काँडाले आफ्नो ४७ औं वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं. १ धनगढी डडेल्धुरा भिमदत्त राजमार्ग अन्र्तगत भात्काँडामा बिद्यालय बाणिकी देवी सरस्वतीको नामबाट स्थापित श्री सरस्वती माध्यमिक बिद्यालय भात्काँडा डडेल्धुराका बिद्यालय व्यवस्थान समिति अध्यक्ष विजय प्रसाद भट्टको अध्यक्षता र सुदूरपश्चिम प्रदेश सभा सदश्य माननीय डा. तारा प्रसाद जोशीको प्रमुख आथित्यतामा बिबिध कार्यक्रम गर्दै स्थापना दिवसको वार्षिकोत्सव कार्यक्रम गरिएको हो ।
छात्रछात्रा गरि २९७ जना बिद्यार्थी, १८ जना शिक्षक कार्यरत रहेको बिद्यालयको शैक्षिक, भौतिक र आर्थिक अवस्था, शिक्षक तथा कर्मचारीको व्यवस्थापन, नियमित तथा कृषिधार अध्ययन अध्यापनका संभावना र चुनौती, विद्यालय व्यवस्थापन समिति, प्रधनाध्यापक तथा अभिभावकको ईतिहास,बिद्यालयको स्थापनाकाल देखि हाल सम्म भए गरेका क्रियाकलापहरुको संक्षिप्त विवरण सहित समेटि प्रधानाध्यापक कुमारी ईश्वरी भट्टले प्रस्तुत गरेको प्रतिबेदनमा बिद्यालयले अनेकौं आरोहअवरोह छिचोल्दै प्रगतिको दिशामा गतिशिल भएको सरोकारवालाले बताएका छन ।
समारोहमा बोल्दै गन्यापधुरा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेठी देउवाले विद्यालय परिवारले गरेको उन्नती प्रगति सन्तोषजनक रहेकोले विद्यालका जायज मागहरु सम्बोधन तर्फ स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै गाउँपालिकाका नीति तथा कार्यक्रमलाई पनि स्थानीय जनताले साथ र सहयोग पु¥याउनु पर्ने बताएका छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले देशको आर्थिक अवस्था अनुसार स्थानीय प्रदेश तथा संघिय सरकारबाट धेरै आशा अपेक्षा राख्नु भन्दा स्थानीय स्तरबाट पनि अर्थतन्त्रलाई हस्तक्षेप हुने खालका शैक्षिक कार्यक्रम, स्थानीय आवश्यकता अनुसारको पाठ्यक्रमहरु संचालन र व्यवसायिक शिक्षामा जोड दिनु पर्ने बताउँदै समयानुकुल शैक्षिक योजना कार्यान्वयन गर्नु पर्ने र त्यसका लागि सामूहिक सोचले मात्र सार्बजनिक क्षेत्रको विकास हुने कुरामा आफू विश्वस्त रहेको जिकिर गरेका छन ।
बिभिन्न साँस्कृतिक कार्यक्रमहरुको प्रस्तुति सहित भव्य रुपमा सम्पन्न भएको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागि गन्यापधुरा गाउँपालिकाका वडा नं. १, २, ३ र ४ का वडाध्यक्षले बिद्यालयको समग्र विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा चासोका साथ आफूहरुले हेरिरहेको र स्थानीय समाज र सेवा क्षेत्रका जनताले पनि सहयोगी भएर काम गर्नु पर्ने बताएका छन ।
वक्ताहरुले शिक्षकले चाहे सबै काम संभब छ भन्दै शिक्षा क्षेत्रलाई गुणस्तरिय, जिम्मेवार, नतिजामुखि र आकर्षित बनाउन पहिलो पाठशाला घर परिवारबाटै सोच्नु पर्ने बेला आएकोले अभिभावकको लगानी घर परिवार, कृषि, व्यवसाय वा अन्य कार्यमा भए जस्तै बिद्यार्थी र बिद्यालयको क्षेत्रमा पनि लगानी सँगै निगरानी गर्न पनि अभिभावकलाई सुझाव दिएका छन ।
सोमवार सम्पन्न भएको वार्षिकोत्सव समारोहमा बिद्यालयको गत शैक्षिक सत्रको समिक्षा, बिबिध मूल्यांकन र खेलकुद तथा अन्य क्रियाकलापहरुको नतिजा अनुसार बिभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा उत्कृष्ट बिद्याथीहरुलाई पुरुस्कार पनि बितरण गरिएको थियो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • चुनाव प्रति उत्साह छैन डडेल्धुरामा
  • डडेल्धुरामा खुल्यो जापनिज भाषा ईन्सिच्यूट
  • गीति कविता
  • उम्मेदवारी पेचिलो र डडेल्धुराको चासो रास्वपातिर
  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com