अखण्ड सम्बाददाता
अमरगढी नगरपालिका वडा नं. ५ सेलागाउँमा रहेको श्री असिग्राम प्राथमिक बिद्यालयमा अंग्रेजी क्याम्प शुरु भएको छ ।
आधारभूत तहका बिद्यार्थीलाई बिभिन्न खेलौनाको माध्यमबाट र रचनात्मक ज्ञान दिदै बिभिन्न नविनतम शिक्षण बिधि सिकाई र प्रबिधिबाट बिद्यार्थीहरुलाई अध्यापन गराईने बिद्यालयका प्रधानाध्यापक सकुन्तला भट्टले जानकारी दिनु भएको छ ।
२०३३ सालमा स्थापना भएको प्राथमिक स्तरको सामुदायिक (सरकारी) बिद्यालय असिग्राम प्राथमिक बिद्यालय सेलागाउँ सदरमुकामको निजी बिद्यालय शिक्षाको प्रभावबाट गुज्रिदै आएको छ भने सरकारी बिद्यालयलाई माथी उकास्न र शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने तर्फ स्थानीय सरकार, बिद्यालय परिवार र अभिभावकले यथोचित रुपमा ध्यान नदिदा बिद्यालयमा बिद्यार्थी संख्या घटे पछि बिद्यालय नियमित रुपमा संचालन गर्न पनि कठिनाई भए पनि बिद्याथी र अभिभावकको आकर्षण बढाउन अंग्रेजी क्याम्प मार्फत पठनपाठन गरिने बिद्यालयले जनाएको छ ।
बिगत पाँच वर्षको तुलनामा बिद्यार्थी संख्या बढे पनि अंग्रेजी शिक्षकको अभावमा आगामी शैक्षिक सत्रमा कक्षा व्यवस्थापन गर्न समस्या रहेकोले अमरगढी नगरपालिकाका प्रमुख र शिक्षा शाखासँग पहलकदमी भईरहेको बिद्यालयले जनाएको छ ।
आईतवार सम्पन्न अंग्रेजी क्याम्पमा बिद्यालय सेवा क्षेत्रका वालवालिकाहरु, अभिभावक, क्याम्प संचालनका लागि सहयोग गरिरहेको संस्था जीवन रक्षा केन्द्रका प्रतिनिधिहरु, स्थानीय समाजसेवी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
क्याम्प उद्घाटनका थप तस्वीरहरु…………