Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

सामाजिक दायित्व स्वरुप रिलायबल वीमा कम्पनीको राहत मुखि वार्षिकोत्सव

Posted on September 1, 2023September 2, 2023
Share this post
       

अखण्ड सम्बाददाता
१५ भाद्र २०८० डडेल्धुरा 

……………………………………………………………………………………………………………………………………………………………………
रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडको डडेल्धुरा शाखाले कम्पनीको छैटौं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।
२०६४ मा कम्पनी दर्ता तथा २०७४ भाद्र १५ गते देखि औपचारिक रुपमा जीवन व्यवसाय शुरु गरेको उपलक्ष्यमा शाखाले संस्थाको छैटौं वार्षिकोत्सवको अवसरमा अमरगढी नगरपालिका वडा नंं ७ मा रहेको बेथस्दा वाल गृहमा रहेका वालवालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री बितरण गरि सामाजिक उत्तरदायित्व स्वरुप सहयोग गरेर मनाएको शाखा प्रमुख गणेश बहादुर साउँदले जानकारी दिएका छन ।
सुरक्षित जीवन जीउन जीवन वीमा जरुरी छ भन्ने मूल ध्येयका साथ संचालन भएको , ८२ शाखा, करिब २२ हजार अभिकर्ता र ५३ लाख बढि विमित रहेको रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडको छैटौं वार्षिकोत्सव समारोह मनाउने क्रममा बेथस्दा वाल गृहमा अध्ययनरत अनाथ बिद्यार्थीहरुलाई शिक्षण तथा खाद्यान्न सामग्री हस्तान्तरण गर्दै प्रमुख अथिति अमरगढी नगरपालिकाका उपप्रमुख पार्वती झुकालले समाज र समुदायमा रहेका विपन्न गरिब असहाय अनाथ वालवालिकालाई मानविय सहयोग गर्नु सह्रायिन विषय भएको भन्दै अमरगढी नगरपालिका डडेल्धुराले पनि सक्दो सहयो गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
वाल गृहबाट अहिले सम्म २४ जनाले सेवा लिईसकेको, हाल ८ जना आवासिय रुपमा अध्यययनरत रहेको बताउँदै बेथस्दा वाल गृहबाट ४ जनाले एसईई र दुई जनाले प्लसटु अध्ययन समेत गरिसकेकोमा गौरब गर्दै संस्थाको आर्थिक अवस्था कमजोर रहेकोले स्थानीय सरकार र सामाजिक संस्थाहरुसँग बेथस्दा वाल गृह डडेल्धुरा नेपालका अध्यक्ष जित ताम्राकारले मन्तव्यको सहयोगको अपेक्षा पनि गरेका छन ।
वाल गृहमा हाल डडेल्धुराका बिभिन्न पालिका तथा बैतडी, डोटी लगायतका स्थानमा स्थायी घर भएका तर कतिपय वालकहरु आमावुवा गुमाएका, सडक मानवको रुपमा अलपत्र परेका र गरिब परिवारका वालवालिकाहरु रहेको र वालगृहमा बसेर श्री उग्रतारा माध्यमिक विद्यालयमा अध्ययनरत यि वालवालिकाको जीवन परिबर्तनको सपना आफूले हेरिरहेकोले सक्रिय रुपमा मानविय र सामाजिक सेवामा तल्लीन रहेको अध्यक्ष ताम्राकारले बताए ।
कम्पनीको शाखा कार्यालयले वाल गृहमा राहत सामग्री बितरण पश्चात कार्यालयमा प्रमुख अथिति सहित कर्मचारी, अभिकर्ता र अथितिहरुलाई वार्षिकोत्सवको उपलक्ष्यमा केक काटेर, फलफूल सहित स्वागत कार्यक्रम पनि सम्पन्न गरेको थियो ।
कार्यक्रममा चामल, दाल, नूनतेल, मसाला, दन्तमञ्जनका सामग्रीसँगै साबुनहरु, कापी, डटपेन, पेन्सिल ईरेजरकटर आदी गरि करिब १५ हजार बराबरको सामग्री रहेका शाखा प्रमुख साउँदले जानकारी दिउका छन ।
शाखा प्रमुख गणेश बहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको राहत कार्यक्रम समारोहमा अमरगढी नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष खडक बहादुर बोहरा, बेथस्दा वाल गृह डडेल्धुरा नेपालका अध्यक्ष जित ताम्राकार, वडा सदश्य बसन्ती कैनी, स्थानीय समाजसेवी, रिलायबल लाईफ ईन्स्योरेन्स कम्पनीका कर्मचारी तथा अभिकर्ताहरु र पत्रकारको उपस्थिति रहेको थियो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • चुनाव प्रति उत्साह छैन डडेल्धुरामा
  • डडेल्धुरामा खुल्यो जापनिज भाषा ईन्सिच्यूट
  • गीति कविता
  • उम्मेदवारी पेचिलो र डडेल्धुराको चासो रास्वपातिर
  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com