Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

साबधानी अपनाए प्राणघातक रोगबाट बच्न सकिने

Posted on September 27, 2024September 27, 2024
Share this post
       

अखण्ड समबाददाता
११ आश्विन २०८१ डडेल्धुरा
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले १८ औं विश्व रेबिज दिवसको सप्ताहव्यापी कार्यक्रम मनाएको छ ।
अबरोध हटाऔं, रेबिज उन्मूलन गरौं भन्ने मूल नाराका साथ असोज ६ गते देखि १२ गते सम्म मनाईने रेबिज सप्ताहको अवसरमा जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिसँग अन्र्तक्रिया गर्दै मानव र पशु स्वास्थ्यका लागि रेबिज नियन्त्रण तथा उन्मूलनमा लाग्नु पर्ने विषयमा जोड दिईएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको तालीम हलमा संचालन भएको अन्र्तक्रियात्मक कार्यक्रममा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका प्रमुख डा. उत्तम आचार्य र डडेल्धुरा अस्पताल डडेल्धुराका चिकित्सक डा. संजिब अधिकारीले मानव तथा पशु स्वास्थ्यमा जुनोटिक तथा प्राणघातक रोग रेबिज रोगले पार्ने असर, नियन्त्रण तथा उपचारका बिभिन्न उपायहरु तथा विश्वव्यापी मान्यताहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।
उहाँहरुका अनुसार रेबिजको उपचार हुँदैन तर समयमै साबधानी अपनाए जोखिम कम हुनुका साथै बच्न सकिन्छ भन्दै रेबिज रोगको राष्ट्रिय अन्र्तराष्ट्रिय तथ्यांक, प्रभाव क्षेत्र, असर, बच्ने उपाय र अपरिहार्य रुपमा अबलम्न गर्नु पर्ने बिधिका बारेमा स्पष्ट पार्नु भएको थियो ।
नेपालमा घरपालुवा र सामुदायिक तथा छाडा कुकुरहरु, बिरालो, फ्याउरो, न्याउरीमुसा, चमेरो, अन्य जंगली जनाबरहरुको टोकाईबाट सर्ने विषाणुजन्य प्राणघातक रोगमानव र पशु स्वास्थ्यमा गम्भीर रुपले दिर्घकालिन असर पार्ने भएकोले मानव स्वास्थ्यको स्नायु प्रणालीमा पर्ने प्रत्यक्ष असरका कारण टोकाई पश्चात जतिसक्दो छिटो उपचारमा ध्यान दिनु पर्ने बताएका छन ।
प्रदेश सरकार र जिल्लाहरुमा रेबिजको खोप निःशुल्क उपलब्ध हुने भएका कारण जनाबरलाई पनि समयसमयमा खोप लगाई सुरक्षित हुनु पर्ने सुझाव सहित मानव अस्पताल तथा पशु अस्पतालमा पनि परामर्श लिई मानव जीवनलाई रेबिजमुक्त बनाउन सबैले भूमिका निर्वाहका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका कार्यालय प्रमुख देवराज भट्टले आग्रह गर्नु भयो ।
नेपालमा रेबिज रोग बढदो क्रममा देखिउको र ग्रामीण क्षेत्रमा ८इ प्रतिशत तथा ४० प्रतिशत वालवालिका देखिने गरेको तथ्यांक डरलाग्दो रहेकोले घरपालुवा कुकुरमा बढि जसो वालवालिका प्रभावित हुने, सामुदायिक र छाडा कुकुर तथा जंगली जनाबरबाट जो सुकै र जतिबेला पनि टोकाईको संभावना भएकोले पाल्तु तथा छाडा कुकुरलाई नियन्त्रण गरि खोप लगाउने र अरु संक्रमणबाट मानव स्वयं सचेत हुनु पर्ने बताएका छन ।
रेबिज रोग विश्व समुदायका लागि चुनौती बनिरहेको बर्तमान समयमा सुनिएका कुरा तथा भ्रमबाट मुक्त भई सचेतना अपनाउनु पर्ने र आम सर्बसाधारणका लागि जनचेतनामूलक कार्यक्रम अभिबृद्धि गरिनु पर्ने सुझाव कार्यक्रमका सहभागिले दिएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com