अखण्ड सम्बाददाता
२१ कार्तिक २०७९ डडेल्धुरा
डडेल्धुरामा प्रतिनिधि सभा सदश्य पदका उम्मेदवार सागर ढकाललाई स्थानीय प्रशसनले चुनाव प्रचारप्रसारमा हस्तक्षेप गरेको छ ।
मंगलवार सागर ढकाल समर्थक युवाहरुले १० जना युवाहरुले चुनाव चिन्ह सहितको १० वटा झण्डा सहित दुई किलो मिटर सदरमुकामको बजार क्षेत्रमा ¥याली गर्दै जाँदा गस्तीमा परिचालन भएका प्रहरीले रोके पछि केहि बेर वादविवाद पनि भएको सागर ढकालले जानकारी दिएका छन ।
आचार संहिताको परिपालना हुने गरि आम मतदातालाई सार्बजनिक रुपमा माईकिङ द्वारा अपिल गरिरहेको शान्तिपूर्ण कार्यक्रममा माथीको आदेश भन्दै तुफाँनडाँडा चोकमा प्रहरीले रोक लगाए पछि सागरका समर्थक लगायत स्थानीय युवाहरुले प्रहरी प्रशासनको बिरोध गरेका छन ।
प्रधानमन्त्रीको आमसभामा सैयौं गाडीहरु प्रयोग हुँदा मौन बस्ने प्रहरी प्रशासन, आचार संहिता नियमन समिति लगायत निर्वाचन आयोगका निकायहरु स्वतन्त्र उम्मेदवारसँग साना सना कुरामा निहुँ खोजिरहेको ढकालले टेलिफोन मार्फत बताए ।
युवा लगायत डडेल्धुराका मतदाताको आकर्षण मेरो पक्षमा देखिए पछि सत्तापक्ष अत्तालिएको र ठाउँठाउँमा अबरोध गर्न उद्दत रहेको पनि उनले बताए ।
उता जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मंसिर ४ गते हुन गईरहेको आम निर्वाचनका लागि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारलाई अबरोध नगरिएको र रोक नलगाएको तथा स्थानीय प्रशासनलाई जानकारी गराई मात्र प्रचार प्रसार एवं चुनावी कार्यक्रमहरु गर्न आग्रह सहितको विज्ञप्ती प्रकासित गरेको छ ।
तस्वीर–जर्नलिष्ट नोटिस डडेल्धुरा, सूचनामूलक तस्वीरका लागि साथीहरुलाई धन्यवाद