Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

सहुलियत सामान पाउँदा स्थानीय हर्षित

Posted on October 10, 2024October 10, 2024
Share this post
       

अखण्ड सम्बाददाता
२४ आश्विन २०८१ डडेल्धुरा
बजारमा दैनिक उपभोग्य बूचुको मूल्य आकिासिएको बेला सहुलियत दरमा सामान पाए पछि डडेल्धुराका उपभोक्तालाई राहत मिलेको छ ।
वडा दशैं र शुभ दिपावली तथा छट पर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेुन लिमिटेड डिपो कार्यालय डडेल्धुराले दैनिक उपभोग्य चिजबस्तु चिनि, नून, चिउरा, दाल, खानेतेल र साबुन जस्ता सामग्री सहुलियत दरमा बितरण गरे पछि उपभोक्तालाई राहत मिलेको हो ।
डिपो कार्यालय डडेल्धुराले दशैं र शुभ दिपावलीको उपलक्ष्यमा असोज ७ गते देखि कार्तिक २२ गते सम्म सामानको बजार मूल्य भन्दा १० देखि २० प्रतिशत सम्मको छुट दिए पछि सामान खरिद गर्ने उपभोक्ताको लर्को लागेको छ ।
कार्यालयले चिनिको प्रतिकिलो रु. १०२ रुपैयाँ पचास पैसा, आयोडिन नून प्रतिकिलो रु.२४, खानेतेल प्रति ५०० ग्रामको पोका रु. ११०, चिउरा प्रति किलो रु. ११०, मास दाल २१०, मुसुरो १५०, अरहर ३०० प्रति किलो मूल्य दर निर्धारण गरि बितरण गर्न थालेको डिपो कार्यालय प्रमुख देव बहादुर पालले जानकारी दिएका छन ।
कार्यालयले प्रति व्यक्ति चिनी ६ किलो र अन्य सामग्री आवश्यकता अनुसार उपलब्ध गराई रहेको पनि कार्यालय प्रमुख पालले जानकारी दिएका छन ।
डिपो कार्यालयले दशैं तिहार चाडपर्वमा सहुलियत सेवा सुबिधा दिए पछि दशैं अगाडी मात्रै अथवा १७ दिनमा डडेल्धुरा सदरमुकाममा बसोबास गर्ने अढाई हजार सर्बसाधारणहरु लाभान्वित मात्र भएका छैनन बढदो महंगीबाट राहत पाएको भन्दै खुशी पनि भएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com