Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

सरोकारवालाको सयुंक्त अनुगमन सम्पन्न

Posted on May 22, 2024May 22, 2024
Share this post
       

अखण्ड सम्बाददाता
९ जेठ २०८१ डडेल्धुरा
आलु तथा ताजा तरकारी उत्पादन क्षेत्रमा डडेल्धुरा जिल्लाका सरोकारवाला निकायको सर्बपक्षिय अनुगमन कार्यक्रम सम्पन्न गरिएको छ ।
अनपा ५ सेलागाउँमा कृषि ज्ञान केन्द्र डडेल्धुराको अगुवाईमा एकिकृत विकास समाज डडेल्धुरा, लिबर्ड÷ग्रेप परियोजनाको त्रिपक्षिय साझेदारीमा सञ्चालित ताजा तरकारी उत्पादन तथा जलवायु मैत्री नमूना कृषि गाउँ स्थापना कार्यक्रम अन्र्तगत निर्माण भएका प्लाष्टिक टनेल २५, गोठ सुधार ५ र गड्यौला मल संरचना निर्माण ३ तथा बिभिन्न कृषि प्रबद्र्धन उपकरण, सामग्रीहरुको स्थलगत अनुगमन गरिएको हो ।
श्री असिग्राम कृषि तथा पशुपालन समूहका अध्यक्ष चन्द्रा देवी अवस्थीको अध्यक्षता र सुदूरपश्चिम प्रदेश सभा सदश्य माननीय सरस्वती खडकाको प्रमुख आथित्यतामा सम्पन्न अनुगमन अन्र्तक्रिया कार्यक्रममा सेलागाउँमा सञ्चालित आलु खेती तथा तरकारी उत्पादनको अभियान सकारात्मक दिशा तर्फ उन्मुख भएको अनुगमनका सहभागिले बताउनु भयो ।
बिशिष्ट अथिति जिल्ला समन्वय समितिका प्रमुख गगन सिंह भण्डारी, अमरगढी नगरपालिकाका नगर उपप्रमुख पार्वती झुकाल, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, नेपाली काँग्रेस डडेल्धुराका सचिव शेर बहादुर भण्डारी, नेकपा एमालेका जिल्ला अध्यक्ष गजेन्द्र शाही, नेकपा माओबादीका प्रतिनिधि चक्र सिंह ठकुराठी, नेकपा समाजवादीका जिल्ला सचिव भुवन पाठक, नेपाली काँग्रेस(वीपि) का प्रतिनिधि राजेन्द्र जैरु, तिन वटै सुरक्षा निकायका प्रमुख, वडा नं. ५का सदश्य दिपक पाठक र ७ का सदश्य तथा कायषर््बाहक वडाध्यक्ष राम परियार, नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंह सहित क्रियासिल पत्रकार, अमरगढी नगरपालिका कृषि शाखाका प्रमुख, एकिकृत विकास समाजका कार्यकारी निर्देशक पदमा गुरुङ्ग, लिबर्डका कृषि अधिकृत गणेश राज ओझा, किसान संघका अध्यक्ष खेमराज अवस्थी, कृषि तथा लघु उद्यम विकास आयोजना(रिड)का प्रतिनिधि डा. सुशान ढकाल, सहयोगी कार्यालयका कर्मचारी, पूर्व वडाध्यक्ष, कार्यपालिका सदश्य, अवस्थी परिवार समाजका अध्यक्ष यज्ञराज अवस्थी लगायत कार्यक्रमका लाभान्वित किसानहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा कृषकहरुसँग कार्यक्रमको प्रभाबकारिताका बारेमा अन्र्तक्रिया समेत गरेको छ ।
पाँच सय रोपनी क्षेत्रमा आलु सुपर जोन कार्यालयले तारजाली घरेबार गरेको कृषि क्षेत्रमा किसानहरुले आलु खेती सँगै ताजा तरकारी उत्पादन गर्नुका साथै प्रबिधमा पनि पहुँच बढेको, आधुनिक कृषि प्रणालीका बारेमा ज्ञान पाएको र ताजा तरकारी खान र बिक्रि गरेर आम्दानी गर्न सफल भएको कृषकले बताएका छन ।
कार्यक्रममा नगर उपप्रमुख पार्वती झुकालले नगरपालिकाको कार्यालय नजिक, उपज बिक्रिका लागि बजारको सहज संभावना रहेको क्षेत्र सेलागाउँमा किसानहरुका थप आवश्यकताहरुलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको बताउँनु भयो । प्रमुख जिल्ला अधिकारी न्यौपानेले सेलागाउँका कृषकको सक्रियता सकारात्मक रहेकोले राज्यको लगानी र किसानको पसिनाको मूल्य अनुसारको प्रतिफल आउनु पर्नैमा जोड दिनु भयो ।
अनुगमनको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरस्वती खडकाले राज्यको लगानी कृषि शिक्षा र स्वास्थ्यमा अपरिहार्य रहेको तर सेवा सुबिधा प्रवाह गर्ने निकाय तथा संस्थाहरुले पारदर्शी रुपले कार्य सम्पादन गर्नु पर्ने सुझाव दिनु भएको छ, जनतालाई लक्षित हुने हरेक कार्यक्रम सदुपयोग भए बजेटको अभाव नहुने जिकिर गर्दै तिन तहका सरकारी निकाय, गैरसरकारी संस्था र लक्षित समूह सबै पक्षसँग समन्वय गरेर आफुले पनि भुमिका निर्वाह गर्ने बताउँनु भयो ।
कार्यक्रममा हाल सम्म कृषि समूहले गरेका गतिबिधिहरुको सार्बजनिकिकरण तथा हाल सञ्चालित कार्यक्रमको निरन्तरता सहित थप घेरबार, हाते टे«क्टर प्रयोग गर्ने पक्की बाटो, पक्की कुलो, भूक्षय रोकथाम, तरकारी उपज संकलन केन्द्र, सामुदायिक भवन, सिंचाई व्यवस्था, कृषि तथा पशुपालन सम्बन्धि कृषकका बिबिध आवश्यकताहरु जनप्रतिनिधि सहित सम्बन्धित निकायमा मागहरु राखेका छन ।
साथै अनुगमन टोलीले निजी कृषि फार्म र डोटी घटाल क्षेत्रमा रहेको आलु पकेट क्षेत्रको पनि अनुगमन र अवलोकन गरेको छ ।

 

 

 

कार्यक्रमका केहि थप तस्वीरहरु…………

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com