Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

सयुंक्त चुनावी सम्पर्क कार्यालय स्थापना

Posted on April 29, 2022April 29, 2022
Share this post
       

अखण्ड सम्बाददाता
स्थानीय तहको निर्वाचन प्रचारप्रसारका लागि नेपाली काँग्रेस (वी.पी.) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) डडेल्धुराको अमरगढी सम्पर्क कार्यालय स्थापना भएको छ ।
शुक्रवार अपरान्ह डडेल्धुरा जिल्लाको सदरमुकाम स्थित तुफानडाँडा बैंक अफ काठमाण्डौंको अगाडी दुबै पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थितिमा नेपाली काँग्रेसका निबर्तमान सभापति तथा प्रदेश सभाषद् कर्ण बहादुर मल्लले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन ।
कार्यक्रममा नगर प्रमुख(मेयर) पदका उममेदवार काँग्रेस बौद्धिक नेता हरि प्रसाद भट्टले नगरवासी मतदाता तथा आम सर्बसधारण लाई यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नगरबवासी जनताको मुक्ती, स्वतन्त्रता, न्याय र लोकतन्त्रको अनुभूतिका लागि सयंक्त अपिल पत्र पढेर प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
विशिष्ठ परिस्थितिमा डडेल्धुरा जिल्लामा हामी नेपाली काँग्रेस (बी.पी.) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले यँहाको सन्दर्भमा राजनीतिमा आएको विकृति र विसंगति अन्त्य गर्न दुबै पार्टीबीचमा चुनावी समिकरण गरि जनतामाझ जाने निधो गरेका छौँ । यसै सन्दर्भमा अमरगढी नगरपालिकाका निमित्त म हरिप्रसाद भट्टले नेपाली काँग्रेस (बी.पी.) बाट चुनाव चिन्ह करुवा ( ) लिएर नगर प्रमुख (मेयर) र म यज्ञराज अवस्थीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनाव चिन्ह सुर्य ( ) लिएर नगर उपप्रमुख (उप मेयर) का उम्मेदवार तथा नगरपालिकाका सबै वडाहरुमा हाम्रा साथीहरु यहि समिकरणको माध्यमबाट वडा अध्यक्ष र वडा सदस्यका सबै पदहरुमा करुवा र सुर्य चिन्ह लिएर जनता माझ आएको अपिलपत्रमा उल्लेख गरिएको छ ।
अमरगढीलाई समृद्ध नगरपालिका बनाउने हाम्रो सपना हो । बर्षौदेखि “गाउँको शासन गाउँलेबाटै– गाउँको विकास गाउँबाटै” र आफ्नो गाउँ आफै बनाऔँ भन्ने मुल नारालाई सार्थक रुप दिन र अमरगढी नगरपालिकालाई सबै अट्ने, सबैलाई समेटन्े नगर निर्माण गरि कृषि, भूमी सुधार, सिँचाई तथा जलाधार, खानेपानी, पुर्वाधार निर्माण, सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, प्राकृतिक श्रोतको व्यवस्थापन, स्थानीय विकास र शुशासन, युवा लक्षित विशेष कार्यक्रम, राजश्व संकलन र आन्तरिक तथा वाह्य श्रोतको परिचालनबाट अमरगढीवासीको चाहना अनुरुप काम गर्ने अवसरका लागि जनताको प्रत्यक्ष सुझाव सल्लाह, मार्गदर्शन र सहयोगबाट पुरागर्ने बाचागर्दै हामीबाट यस विषयमा कँहि पनि जालझेल, छलकपट हुनेछैन अपिलमा भनिएकोछ ।


जे गर्नेछौँ हाम्रो बुद्धी विवेकले भ्याएसम्म ईमान्दारितापुर्वक गर्नेछौँ भन्ने बाचा माता उग्रतारा र घटाल बाबालाई साक्षी राखि संकल्प गर्दै हाम्रो समुहलाई करुवा र सूर्य चिन्हमा आफ्नो अमुल्य मतदान गरि विजयी गराई दिन हुन सबैलाई अपील गरिएको नेता भट्टले बताए ।
बैदिक बिधिबाट कार्यालय स्थापना भएसँगै स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस (वी.पी.)को चुनाव चिन्ह करुवाबाट प्रमुख पदमा उम्मेदवार हरि प्रसाद भट्ट र नेपाल कम्युनिष्ट पार्टी (एमाले) डडेल्धुराको चुनाव चिन्ह सुर्य बाट उपप्रमुखका उम्मेदवार रहेका यज्ञराज अवस्थी, पूर्व जिल्ला सभापति गजेन्द्र शाही, बर्तमान नगरप्रमुख विश्वेश्वर प्रसाद ओझा, नेपाली काँग्रेस वि.पी.का सभापति तथा केन्द्रीय सदश्य तिलक हमाल, नेता करुणाकर भट्ट, एमाले सचिव गजेन्द्र शाही, एमाले नेता शेर बहादुर ढाँट लगायत सैयौं नेता कार्यकर्ता उम्मेदवार सहितको उपस्थिति रहेको थियो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा
  • उम्मेदवार प्रति आक्रोसित अमरगढीका मतदाता
  • चुनाव केन्द्रीत वीपि काँग्रेसको बैठक, डा. ताराको मल्लसँग रहष्यमय भेट
  • मेडिकल कलेजको डिपिआर कार्यान्वयनमा ढिलाई, बजेट अभावले तिन वर्ष देखि अपेक्षित काम हुन सकेन

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com