Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

समिक्षा गोष्ठी सम्पन्न, प्रदेश मातहतको कार्यालयमा पुरानै नियमले चलिरहेको छ

Posted on July 14, 2022July 14, 2022
Share this post
       

अखण्ड सम्बाददाता
३० अषाढ २०७९, डडेल्धुरा
घरेलु तथा साना उद्योग कार्यालय  डडेल्धुराले वार्षिक समिक्षा तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०७८÷०७९ का लागि लक्षित गरेका मुख्य मुख्य योजना तथा कार्यक्रमहरु सहित घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले कार्यालयले प्रदान गर्ने उद्योग प्रशासन, बाणिज्य प्रशासन, सिप विकास तथा क्षमता विकास तालीम संचालन, उद्योग दर्ता सम्बन्धि परामर्श सेवा तथा प्रबिधि हस्तान्तरण लगायतका सेवा सुबिधाहरुका बारेमा पनि अन्र्तक्रिया गरेको छ ।
वार्षिक प्रगति समिक्षा गोष्ठीमा कार्यालयको पुँजिगत र चालु गरि कुल बजेट एक करोड ८४ लाख नौ हजार मा ८२ प्रतिशत बित्तिय र १३१ बढि प्रतिशत भौतिक प्रगति हासिल गरेको र चालु आर्थिक वर्षमा उद्योग तर्फ ७२९ तथा बाणिज्य तर्फ २२० दर्ता गरि जम्मा २३ लाख ४३ हजार ४५३ रुपैया राजश्व संकलन पनि गरेको गोष्ठीका अध्यक्ष तथा कार्यालय प्रंमुख केशव सिंह भण्डारीले प्रस्तुति गर्दै जानकारी गर्नु भएको थियो ।
आर्थिक वर्षमा च्याउ उत्पादन, मौरीपालन, आरन सिप विकास तथा व्यवसाय, हाउस वाईरिङ, सिलाईकटाई, सिलाईकटाई स्तरोन्नती, उद्यमशिलता, आधारभूत कम्प्युटर तालीम, बाख्रा तथा तरकारी खेती तालीम, हाते होजियारी, मोबायल मर्मत लगायतका सिपमूलक र क्षमतामूलक तालीम एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको बताएका छन ।
उद्यमी, कृषक, सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं सञ्चारकर्मीको उपस्थिति रहेको गोष्ठीमा जिल्लामा तालीम लिएका लाभग्राहीको तथ्यांक अद्याबधिक गरिनु पर्ने, कार्यक्रम लक्षित उद्यमीहरुलाई थप प्रबिधि तथा कच्चा पदार्थ सहयोग हुन पर्ने, तालीम लिएकालाई थप सहयोग र निस्क्रिय उद्यमीलाई कालो सूचिमा राखिनु पर्ने सुझाव सहभागिले राखेका छन ।
कार्यालयको कार्य सम्पादन साधन श्रोत तथा जनशक्तिका आधारमा सन्तोषजनक रहेको र आगामी दिनमा सरोकारवाला बिच समन्वय गरि कार्यक्रमको दोहोरोपना हटाई आवश्यकताका आधारमा दिगो र प्रभाबकारी कार्यक्रम संचालन गर्न सुझाएका छन ।
कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारीले घरेलु कार्यालयमा बेरुजु नभएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा सेवाग्राहीले पनि अनुदानमुखि नभई व्यवसाय मुखि हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा आवश्यक कार्यक्रम अनुसारको बजेट नहुँदा जिल्लाका कृषक तथा उद्यमीहरुको गुणस्तरियता कायम गर्न, नितीगत रुपमा अनुगमन नियमन र संभावित उद्योग विकासमा आवश्यक प्रदेश कानून र कार्यबिधिको अभावमा अपेक्षित कार्य गर्न नसकिएको भन्दै कार्य क्षेत्रको उद्देश्य सिमित हुन पुगेको कार्यालय भण्डारीले बताए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा
  • उम्मेदवार प्रति आक्रोसित अमरगढीका मतदाता
  • चुनाव केन्द्रीत वीपि काँग्रेसको बैठक, डा. ताराको मल्लसँग रहष्यमय भेट
  • मेडिकल कलेजको डिपिआर कार्यान्वयनमा ढिलाई, बजेट अभावले तिन वर्ष देखि अपेक्षित काम हुन सकेन

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com