Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

समाजसेवी मल्लले चढाए घटालको मूर्ति

Posted on April 14, 2022April 14, 2022
Share this post
       

डम्बर निदाल, बैशाख १, २०७९
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ घटालथानमा निर्माण भएको प्रबेशद्वारमा समाजसेवी विनय प्रकाश मल्लले घटाल बाबाको मूर्ति चढाएका छन् ।
बिशु जाँतको अघिल्लो दिन बैशाख १ गतेका दिन बिधिवत रुपमा पूजा गरि भव्य कार्यक्रमका साथ विनयले घटालथानमा मूर्ति चढाएका हुन ।
घटाल मन्दिरमा मूर्ती चढाउने पूर्व तयारी भए पनि केही व्यक्तिहरूले चढाउन नपाउने भनि रोकिएको मुर्ति घटाल मेलाको पूर्व सन्ध्यामा सबैको उपस्थितिमा बिहिवार चढाईएको समाजसेवी मल्लका सहयोगी सुरत तमोलीले बताए ।
लामो समय देखि जापानबाटै आफ्नो जन्मभुमिका गाउँसमाजका बिद्यालय तथा गरिब बिपन्न परिवारलाई आर्थिक सहयोग तथा अक्षयकोष स्थापना गर्दै आएका मल्लले करिब ६२ हजार मूल्य पर्ने मूर्ति घटाल थानको प्रवेशद्धारमा चढाएको पनि उनले बताए ।
अमरगढी नगरपालिका वडा नं. ३ स्थित डोटी घटाल खोलामा प्रत्येक वर्ष बैशाख २ गते बिशु जाँत भव्य रुपमा सम्पन्न हुने गर्दछ भने यस जाँतमा घटालका धामीले सामूहिक रुपमा बालुवा खाने गरेको दृष्य हेर्न टाढाटाढाबाट हजारौं भक्तजनहरु आउने गर्दछन ।
देवताहरुका राजा देवराज ईन्द्रका भानिज एवं महाभारतका चर्चित योद्धा पाण्डब भिमकी पत्नी हिडम्बा पुत्र घटौतकचको महाभारत युद्धमा भएको मृत्यु पश्चात कलियुगमा प्रभाबशाली देवताका रुपमा पुजिने बरदान प्राप्त भई प्रकट भएकाले प्राचिनकाल देखि ठूलो मेला लाग्दै आईरहेको छ ।
पिशाचरुपी देवताका रुपमा पुजिने अत्यन्त शक्तिशाली घटाल देवताको मेलामा आफ्ना मनोकांक्षाहरु सिद्ध गर्न घर परिवारमा हुने दैविय कारणका समस्याहरु मोचन गर्न धामीबाट आर्शिवाद लिने र दर्शन गर्ने उद्देश्यले सुदूरपश्चिमका नौवटै जिल्लाबाट बिशुमेलाका लागि यहाँ पुग्ने गरेको घटाल क्षेत्र विकास समितिले जनाएको छ ।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर मात्र टाढा रहेको जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकिय स्थल घटालमा खडेरी परेमा वर्षातका देवता देवराज ईन्द्रका भानिज घटाल भएकाले घटालको पुकार र प्रार्थना गर्ने परम्परागत चलन पनि रहिआएको छ भने पानी पर्ने संभावना भए आश्चर्यजनक दैवीशक्तिबाट लोककल्याणका लागि वर्षात हुने विश्वास पनि रहेको छ । फोटो– साभार

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com