Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

संस्कृति संरक्षणका लागि समाज गठन

Posted on August 5, 2024August 5, 2024
Share this post
       

अखण्ड सम्बाददाता
२१ श्रावण २०८१ डडेल्धुरा
स्थानीय धार्मिक साँस्कृतिक र सामाजिक संरचनाको संरक्षणका लागि अमरगढी नपा वडा नं. ५ र ६ का स्थानीय संगठित भएका छन ।
अमरगढी ५ र ६ मा रहेका सेलागाउँ, तल्लो जिलोडा, मल्लो जिलोडा, झुर्काली र छचोडामा अवस्थित श्री असिग्राम देवता, श्री समैजी देवता, श्री भुमिराज देवता, श्री गडिया देवता, देरान, सुरईझाड, घटाल देवता, लगायत बिभिन्न चौरठ्या देवता एवं देवालयको रितिरिवाज तथा पूजा अनुष्ठानलाई परम्परागत रुपले पुर्नस्थापना गर्न, आवश्यकता अनुसार जिर्णाेद्वार गर्न, गौरा पर्व, भैलो, होरीको साँस्कृतिक गतिबिधिलाई निरन्तरता दिन र सामाजिक विकासका क्रियाकलापलाई प्रबद्र्धन गर्ने उदेश्यले चौगाउँका मुखिया लौडिया परिवारका सदश्य तथा पूर्व जनप्रतिनिधि वडाध्यक्ष खेमराज पाठकको संयोजकत्वमा २२ सदश्यीय तदर्थ समिति गठन गरिएको हो ।
अमरगढी नगरपालिकाका संस्थापक नगरप्रमुख तथा लब्ध प्रतिष्ठित व्यक्तित्व मोहनराज पाठकको अध्यक्षतामा पाँचैगाउँका स्थानीयको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको भेलाले चौगाउँ सेवा क्षेत्रका साझा देवी देवताका मन्दिरको संरक्षण लगायत आवश्यक साँस्कृतिक कार्यक्रम पनि सम्पन्न गर्ने गरि गठन भएको “चौगाउँ धार्मिक साँस्कृतिक सामाजिक संरक्षण समाज” ले अनपा ५ सेलागाउँमा अवस्थित श्री असिग्राम मन्दिरमा यहि श्रावण २८ गते सोमवारका दिन गठित संस्थाको आयोजनामा पहिलो गतिबिधि स्वरुप बृहत भजन कीर्तिन कार्यक्रम सम्पन्न गर्ने गरि आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।
नव गठित समाजको उपसंयोजकमा खगेन्द्रराज पन्त, सचिवमा मनोजराज ओझा (धामी), कोषाध्यक्षमा विष्णुराज अवस्थी र सदश्यमा क्रमसः मोहनराज पाठक(पूर्व मेयर), रामप्रसाद पाठक (शास्त्रि), डम्बरराज पाठक (पंण्डा), गणेश प्रसाद पाठक, यज्ञराज ओझा (शास्त्रि), मनोज ओझा, गणेश प्रसाद ओझा, सदानन्द ओझा, नन्दराज अवस्थी, गणेश प्रसाद अवस्थी, यज्ञराज अवस्थी, टेकराज अवस्थी (विजय), कान्तराज भट्ट, घनश्याम खडका, यज्ञराज रोश्यारा, गणेश बहादुर शाहु, गंगाराम पन्त, हरि बहादुर शाहु र विष्णुराज ओझा रहेका छन ।
यस्तै गरि समाजको प्रथम बैठकले आवश्यकता अनुसार सल्लाहकार समिति र कार्य समिति मा सदश्य मनोनित गर्ने, सार्बजनिक धार्मिक तथा साँस्कृतिक महत्वका कार्यक्रममा समाजको उपस्थिति र सहभागिता जनाउँने, समाजको सेवा क्षेत्र भित्र रहेका बिभिन्न साझा देवी देवताको तथ्यांङ्क सूचिकृत गरि आगामी धार्मिक कार्यक्रमलाई बिधि बिधान र परम्परा अनुसार स्थापित गरि भावी पुस्ताका लागि ईतिहास निर्माण गर्ने तर्फ केन्द्रीत रहने जस्ता कार्यमा घनिभूत छलफल गरि अगाडी बढने तदर्थ समिति संयोजक पाठकको भनाई छ ।
भेलाका सहभागिहरुले चौगाउँको सरोकारका बिबिध विषयमा समाजले योजनाबद्ध रुपमा काम गर्नु पर्ने, रिथितिथि कायम गर्नु पर्ने, स्थानीयको धार्मिक तथा सामाजिक र साँस्कृतिक विकासका आवश्यक माग अनुसार सार्बजनिक हित र सुबिधामा ध्यान दिई सरोकारवालाको ध्यानाकर्षण गराउँदै समस्या उजागर र समाधानको प्रयासमा क्रियासिल रहनु पर्ने विषयमा गम्भीर छलफल गरि अगाडी बढन सुझाव दिएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com