Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

शुक्रबार देखि एसईई परीक्षा

Posted on April 18, 2022April 18, 2022
Share this post
       

अखण्ड सम्बाददाता,
बैशाख ५, २०७९, डडेल्धुरा
शैक्षिक सत्र २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गते शुक्रवार देखि सञ्चालन हुने भएको छ ।
विश्वव्यापी रुपमा फैलिई महामारीले सबै भन्दा बढि शैक्षिक क्षेत्रलाई प्रभावित पारेको अवस्थामा कोभिड–१९ का बिभिन्न भेरियन्टको संक्रमण प्रभाब कम हुँदै गए पछि हुन लागेको एसईई परिक्षा डडेल्धुरामा तिन हजार एक सय १८ बिद्यार्थीले परिक्षा दिने शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका कार्यालय प्रमुख नारद प्रसद जोशीले जानकारी दिएका छन ।
महामारीका बेला आन्तरिक मूल्याङ्कन बाटै शैक्षिक परिणाम प्रकासन गरिएको भए पनि यस वर्ष एसईई परिक्षा औपचारिक रुपमै गर्न सकिने भए पछि देशै भरि आवश्यक तयारी स्वरुप डडेल्धुरा जिल्लामा १२ वटा केन्द्रमा परिक्षा सम्पन्न गर्नै गरि परिक्षा केन्द्रध्यक्ष समेत नियुक्त गरि सकिएको कार्यालय प्रमुख जोशीले बताए ।
उहाँले भन्नु भयो “राष्ट्रिय परीक्षा बोर्डको सर्कुलर बमोजिम सबै तयारी पुरा भई आउँदो शुक्रवार देखि परिक्षा संचालन गर्न प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखको समन्वयमा अभिमुखिकरणमा प्रत्येक पालिका शिक्षा ईकाई प्रमुख तथा प्रमुख प्रशासकिय प्रमुख र पालिका प्रमुखको समन्वय र सहयोगमा परिक्षालाई सभ्य भव्य र सुरक्षित तथा मर्यादित रुपमा सम्पन्न गर्न अभिभावक, नागरिक समाज सञ्चारकर्मी र सरोकारवाला सबैलाई सार्बजनिक रुपमा अनुरोध छ” ।
अभिमुखिकरण पछि केन्द्राध्यक्षलाई परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सम्बन्धित आवश्यक सामग्री हस्तान्तरण गरि पठाउने तयारी रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा श्री महेन्द्र माविमा क र ख गरि दुई, असिग्राम मावि रुपालमा एक, श्री सहश्रलिंग मावि चमडामा एक, श्री सिद्धनाथ मावि जोगबुढामा एक, श्री भुवनेश्वरी मावि वडबसन्तपुरमा एक, श्री गणेश मावि बडालमा एक, श्री उग्रतारा मावि पोखरामा एक, श्री दुर्गा मावि आलितालमा एक, श्री भागेश्वर मावि शिर्षकटालमा एक, श्री सिद्धाथान मावि चन्दनी पर्शुराममा एक र श्री बैजनाथ मावि मौरडामा एक गरि जम्मा १२ परिक्षा केन्द्र रहेका छन ।
यसै वर्षदेखि शिक्षा मन्त्रालयले एसईईमा सहभागी हुन परीक्षार्थीको उमेर १४ वर्ष पूरा हुनैपर्ने प्राबधान हटाएको छ भने र सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फ समग्रमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरेको छ । डडेल्धुरामा एसईई परिक्षा दिने एक हजार ६ सय ९४ छात्रा र एक हजार ४ सय २४ छात्र बिद्यार्थी रहेका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com