Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

व्यवसायिक क्षेत्र व्यवस्थित बनाउन अभिमुखिकरण

Posted on June 10, 2023June 10, 2023
Share this post
       

अखण्ड सम्बाददाता
२७ जेठ २०८० डडेल्धुरा
गुणस्तरिय बस्तु तथा सेवा प्रबद्र्धनका लागि डडेल्धुरामा बाणिज्य प्रशासन तथा बजार आपुर्ति सम्बनिध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग बाण्ज्यि तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुदूरपश्चिम प्रदेशको आयोजनामा बैंक तथा बित्तिय संस्थाहरुले प्रदान गर्ने सेवा सुबिधाहरु, बचत तथा कर्जा सम्बन्धि बिद्यमान व्यवस्था, घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले प्रदान गर्ने सेवासुबिधाहरु, कार्यालयको उद्देश्य र प्राप्त उपलब्धीहरु, सेवा शर्त तथा कानूनी व्यवस्थाहरु लगायत प्रस्तावित नीति तथा कार्यक्रमहरुको जानकारी र आन्त्रिक राजश्य कार्यालय डडेल्धुराले प्रदान गर्ने सेवा सुबिधाहरु, करको परिभाषा, करका प्रकार र बर्गिकरण लगायतका प्राबिधिक र प्राबधानका विषयमा प्रस्तुति गरि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशब सिंह भण्डारीको अध्यक्षतामा शनिवार सम्पन्न भएको उक्त सचेतना अभिमुखिकरण कार्यक्रममा कृषि तथा उद्यम क्षेत्रका व्यवसायीहरु लगायत सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागि रहेको उक्त कार्यक्रममा बजारमा उपलब्ध दैनिक उपभोग्य बस्तुको गुणस्तर, उत्पादन तथा बजार बिक्रिी बितरण तथा राजश्व करका दायरा र बैंकिङ क्षेत्र सम्बन्धित बिभिन्न विषयमा सहभागिले चासो राख्दै बित्तीय साक्षरता र सामाजिक उत्तरदायित्व अभिबृद्धि एवं सेवा प्रवाहलाई अझै अधिकतम सदुपयोग, सुबिधाजनक र सरलिकरण गर्ने कुरामा राज्यका निकायहरु बढि संबेदनशिल हुनु पर्ने सहभागिले बताएका छन ।
सचेतना कार्यक्रममा उपभोक्ता तथा सेवाग्राहीले पनि सरकारी कार्यालयले प्रदान गर्ने सेवासुबिधामा दर्ता हुने फर्म तथा संस्थाहरुको दर्ता। संचालन र खारेजी प्रकृयामा देखिने जटिलतालाई त्रुटिरहित सेवाको उपयोग गर्न र गम्भीरता देखाउन तथा स्वयं पनि जिम्मेवारी लिने कुरामा सचेत हुनु पर्ने बताएका छन ।
अन्र्तक्रियात्मक कार्यक्रमको समापनमा बोल्दै उद्योग बाणिज्य संघ डडेल्धुराका बाणिज्य उपाध्यक्ष खेमराज अवस्थीले अभिमुखिकरण डडेलधुराका व्यवसायी तथा सेवाग्राहीलाई अत्यन्त काम लाग्ने विषय प्रस्तुत भएको छ यसले पक्कै पनि धेरै व्यवसायीहरु लाभान्वित हुनेछन , सेवा लिदा सहज र फाईदा हुने, प्रकृयागत झंजट तथा जरिवानाबाट मुक्ति पाउनेमा विश्वस्त रहेको बताए ।
निर्देशनालयका अधिकृत हेमराज भट्टले संचालन तथा घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले स्वागत गरेको उक्त अभिमुखिकरण कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष भण्डारीले कार्यक्रमबाट कृषक तथा उद्यमी र व्यवसायी सँग सम्बन्धित नीति तथा कानून, सेवाप्रदायक निकायका व्यवस्था र सुबिधाहरु लगायत सेवाग्राहीले अपनाउनु पर्ने उपायहरुका बारेमा जानकारी भए पछि डडेल्धुरा जिल्ला लगायत सुदूरपश्चिमको आर्थिक क्षेत्रका अधिकांश समस्याहरु समाधान उन्मुख हुने बताउनु भयो ।
बैंक तथा बित्तिय संस्थाहरुको तर्फबाट राष्ट्रिय बाणिज्य बैंक डडेल्धुराका प्रबन्धक प्रभुराज जोशी, उद्योग तथा बाणिज्य प्रशासनका सम्बन्धमा घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशब सिंह भण्डारी र कर तथा राजश्व सम्बन्धि बिबिध विषयमा आन्तरिक राजश्व कार्यालय डडेल्धुराका कर अधिकृत हेमन्त फूँयालले प्रस्तुति गर्नु भएको थियो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com