अखण्ड सम्बाददाता
१६ अषाढ २०८१ डडेल्धुरा
अमरगढी नगरपालिकाका ग्राम्रीण क्षेत्र कृषि उपजका लागि व्यवसायिक बन्दै गएका छन ।
विशेष गरि डडेल्धुराका कृषकले उत्पादन गरेको आलु तथा ताजा तरकारी अहिले सर्बत्र माग पनि बढेको पाईन्छ । किसानले उत्पादन गर्ने तरकारीजन्य उत्पादनलाई गुणस्तरिय र व्यवसायिक विकासको अबधारणालाई आत्म साथ गर्दै पछिल्लो समय कृषि ज्ञान केन्द्र डडेल्धुराले मागमा आधारित र संभाव्य कृषि क्षेत्रको पहिचान गरि कृषकहरुलाई आवश्यक सहयोग गर्न थाले पछि किसानहरु पनि उत्साहित भएका हुन ।
किसानहरुलाई तरकारी उत्पादन गर्ने समयानुकुल ज्ञान, आधुनिक प्रणाली र प्रबिधि र कृषि सामग्रीहरु लगायत प्राबिधिक तथा परामर्श सहयोग गरे पछि अमरगढी नगरपालिका पनि कृषि विकास क्षेत्रमा उन्नत र व्यवसायिक बन्दै गएको छ ।
अमरगढीका कतिपय ग्रामीण क्षेत्र तरकारी उत्पादनका लागि नमूना बन्दै गएका छन भने कतिपय गाउँघर तथा परम्परागत कृषकहरु अझै पनि ज्ञान र श्रोतसाधनको अभावमा जग्गा बाँझो मात्र रहेको छैन जीवनस्तरमा समेत सुधार हुन नसकिरहेको समयमा कृषि ज्ञान केन्द्र डडेल्धुराले गतिशिल बनाउने प्रयास गरेको छ ।
अमरगढी नगरपालिका वडा नं. ५ सेलागाउँ तल्लो मल्लो जिलोडा गाउँहरुका खेतीयोग्य जग्गा बिगत एक दशक देखि बाँझmो रहदै आउको जमिनमा पछिल्लो समय बाँझो खनजोत गरेर व्यवसायिक तरकारी उत्पादन शुरु भएको छ । सदरमुकाम र राजमार्ग सडकको नजिक रहेर पनि कृषि गतिबिधिबाट बञ्चित भएका यि गाउँका बेरोजगार युवाहरु जीवन धान्नका लागि कृषिको बिकल्प नभएको भन्दै बिभिन्न निकायको सहयोग लिएर कृषि कर्ममा अग्रसर भएका छन ।
तरकारी उत्पादनका लागि उर्बर माटो र बजारीकरणका लागि पनि सहजता भएको यो गाउँठाउँमा चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्र्तगत जलवायु मैत्री नमूना गाउँ स्थापनाको अबधारणाले तरकारी उत्पादनको न्यून ज्ञान भएका र व्यवहारिक जीवनशैली पनि तरकारी बिहिन रहेको यो गाउँमा तुलनात्मक रुपमा अनपेक्षित परिबर्तन आएको छ ।
यहाँका परम्परागत कृषकलाई तरकारी उत्पादनमा उत्थान गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र, एकिकृत विकास समाज र लिबर्ड ग्रेप परियोजनालाई एक सुत्रमा बाँधी साझेदारीमा कृषि कार्यक्रम लागु गरे पछि कृषकको जीवन र आर्थिक परिदृष्यमा अपूर्व परिबर्तन आएको श्री असिग्राम कृषि तथा पशुपालन समूहका अध्यक्ष चन्द्रा देवी अवस्थीको भनाई छ ।
यस्तै नगरक्षेत्रमा कृषकको ईच्छा सामथ्र्य अनुसार उपयुक्त वाली सहयोग कार्यक्रमलाई प्रोत्साहन गर्दै अमरगढी नगरपालिका वडा नंं ९ र १० मा व्यवसायिक रुपले प्याज लसुन खेतीका लागि किसानहरुलाई सहयोग गरे पछि बिगत भन्दा वालीमा सुधार र उत्पादन बृद्धि भएको कृषक ज्ञान बहादुर पाल बताउँछन ।
यसै क्रममा अमरगढी नगरपालिका वडा नंं. १० मा हजार दिनका आमाको स्वास्थ्य सुधार तथा तरकारी उत्पादन र खानपिन व्यवहार परिबर्तनका लागि कृषि सहयोग कार्यक्रमले राँई गाउँका महिलाहरु खुशी र लाभान्वित भएको उनिहरुको भनाई छ ।
अन्न वालीका लागि ६ महिना पर्खनु पर्ने बाध्यता भएको तर आलु एक वर्षमा तिन पटक लगाउदा नगद र अपेक्षा भन्दा बढि आम्दानी हुने कृषकहरुको भनाई छ । उहाँका अनुसार बिगतका वर्षमा सिमित तरकारी उत्पादन रहेकोमा उत्पादन बृद्धि तथा आर्थिक रुपले पनि सन्तुष्ट रहेको बताएका छन ।
अमरगढी ५ सेलागाउँ बिगतमा तरकारी निर्वाहमुखि मात्रै रहेकोमा कार्यक्रम लागु भए पछि कृषिका बिबिध पक्षबारे ज्ञान प्राप्त गर्नुका साथै ताजा तरकारी खान पाएको र बिक्रि पनि गर्न पाएकोमा समग्रमा सबै किसान परिवार खुशी भए पनि खास गरि महिला कृषकहरु उत्साहित र हर्षित देखिका छन ।
सेलागाउँमा पहिलो पटक जलवायु मैत्री नमूना कृषि गाउँ स्थापनाका लागि कार्यक्रम संचालन भई एकै साथ ३० थान ईन्सेक्ट नेट सहितको पोलिहाउस, भकारो तथा गोठ सुधार, गड्यौला मल संरचना निर्माण, जैबिक विषादी मल उत्पादन, कम्पोष्ट मल उत्पादन, कृषि औजार तथा प्रबिधि, वीउजिन तथा कृषि सामग्रीहरुको उपलब्धताले किसानहरुलाई दिगो कृषि विकासको अबधारणा तर्फ गतिशिल बनाएको छ ।
हामीले अहिले सम्म यति ठूलो मात्रामा उत्पादन र आर्थिक लाभ लिने अवसर पाएका थिएनौं भन्दै गाउँभरि कृषिमा आत्म निर्भर हुने बाटो कृषि ज्ञान केन्द्रले देखाई दिएकोमा अगुवा कृषक करुणाकर अवस्थीले खुशी व्यक्त गरेका छन ।
ज्ञान केन्द्रले कृषक र कृषि समूहसँगै निजी क्षेत्रको कृषि व्यवसायलाई पनि प्रोत्साहन गर्दै संस्थागत कृषि विकासलाई पनि टेवा पु¥याएको कृषकको कमल सिंह झुकालको भनाई छ ।
अमरगढी नपाि वडा नंं.८ मा रहेको व्यवसायिक कृषि फर्म पनि कार्यालयको प्याज खेतीमा अनुदान सहयोगबाट उत्साहित भएको छ, फर्मका संचालक तथा पूर्व शिक्षक कमल सिंह झुकालले सेवा निबृत पछि पनि जनताकै सेवा गर्न सकिन्छ भनेर ६० रोपनी जग्गा खरिद गरि कृषि कर्ममा क्रियासिल छन, ज्ञान केन्द्रको चालु आव मा स्वीकृत कार्यक्रम अनुसार प्याजको वीउ आर्थिक सहयोगले यस वर्ष मात्रै २० क्वीन्टल प्याज बिक्रि गर्न सफल भएका छन ।
अनपा वडा नं. ९ अन्र्तगत ढाँटगाउँ, पनौली र भणारका परम्परागत कृषकले पनि कार्यालयको सहयोगमा प्याज खेती गरे पछि बिगत भन्दा उत्साहजनक उत्पादन भएको प्रतिक्रिया दिएका छन, ढाँटगाउँका ज्ञान बहादुर पाल, पनौलकिा शेर बहादुर साउँद र भणारका बहादुर सिंह साउँदले पनि आफूहरुले यस वर्ष उत्पादन गुणस्तरिय र बढदो रुपमा पाएकोले आगामी वर्ष क्षेत्रफल बढाउने जनाएका छन ।
कृषकका लागि कृषि मात्र नभई आम जनताको गुणस्तरिय जीवन र स्वास्थ्य महत्वलाई समेत दृष्टिगत गरि कार्यालयले पोषण अभिबृद्धिलाई पनि प्रबद्र्धन गरेको छ ।
पोषण मैत्री वडामा हजार दिनका आमाहरुलाई पोषण अभिबृद्धि गर्न अमरगढी नपा १० राँई गाउँका १५ जनालाई अर्गानिक तथा ताजा तरकारी उत्पादनका लागि कृषि सामग्री र वीउविजन उपलब्ध गराए पछि गाउँका महिलाहरु पनि खुशी देखिएका छन ।
यसरी समग्र कृषि विकास सँगसँगै आम जनता र सर्बसाधारण सबैको हित हुने गरि कृषि विकासका योजना तथा कार्यक्रमहरु संचालन गरि जिल्लाको आर्थिक अवस्थालाई सबल र दिगो बनाउन भए गरेका प्रयासहरुलाई सम्बन्धित सरोकारवाला निकाय र संस्थाहरुले निरन्तरता सहित प्रभावकारी बनाउन सके उपलब्धी अवश्य पनि संभब छ ।
