Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

वुवा पछि छोरा प्रतिस्पर्धामा

Posted on October 31, 2022October 31, 2022
Share this post
       

अखण्ड समबाददाता
कार्तिक १३, २०७९ डडेल्धुरा
बर्तमान प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवा गृह मन्त्री भएका बेला भएको मध्याबधि निर्वाचन २०५१ मा देउवासँग प्रतिस्पर्धामा रहेका उम्मेदवारका भतिजा अहिले उनै देउवासँग प्रतिस्पर्धामा उत्रिएका छन ।
डडेल्धुराबाट सातौं पटक चुनावी मैदानमा रहेका देउवा बिरुद्ध प्रतिनिधि सभा सदश्य पदका लागि सात जनाको उम्मेदवारी रहेको छ, जिल्लाको विकासमा उदासिन रहेको गुनासो, आक्रोस र प्रतिशोध एकातिर छ भने अर्को तिर पार्टीको अस्तित्व जोगाउन र समानुपातिक मत ल्याउन जनता माझ आफ्नो उपस्थिति र सहभागिता जनाउन उम्मेदवारी दिएका उम्मेदवार मध्ये तत्कालिन उम्मेदवार लाल बहादुर खडायतका भतिजा युवा समाजसेवी गोबिन्द खडायतले आसन्न आम निर्वाचनमा जनताको मन जित्ने अभिलासा राखेका छन ।
२७ वर्षको कलिलो उमेरमा कृषि तथा खाद्य राज्य मन्त्री भएका खडायतका भतिजा गोबिन्दले ४२ वर्षको उमेरमा साँसद हुन कम्मर कसेर लागि परेका छन । पञ्चायतकालमा डडेल्धुराका चर्चित नेता लाल बहादुर खडायतले डडेल्धुराका लागि केहि नमूना काम पनि गरेका छन, उनकै पहल र जलश्रोत मन्त्री (२०३८) कार्यकालमा डडेल्धुराबासीले जेनेटरयुक्त थर्मल प्लान्टको बिजुली देख्न र बाल्ने सुबिधा पाएका थिए भने तत्कालिन समयमा अत्यन्त आवश्यक देखिएको सदरमुकामको खलंगा खानेपानी(२०३३–२०३८) योजना सम्पन्न, रुपाल सिंचाई सहितको बिद्युतिय बिस्तार योजना, जुन बिजुली बत्ती बालेर तिन दशक भन्दा बढि समय सम्म रुपालका जनता अध्याँरोबाट मुक्त भएका थिए ।
जिल्ला सदरमुकाम स्थित महेन्द्र माध्यमिक बिद्यालयको संस्थापक सेक्रेटरी(अध्यक्ष) पदमा रहि काम गर्नुका साथै पाँच वर्ष सम्म निशुल्क अध्यापन गरि जनताको सेवा गरेका गोबिन्दका जेठा वुवा जेठा वुवा लाल बहादुर खडायतले महत्वपूर्ण काम गराएको बताउँदै उहाँले नौलाकोट सिंचाई योजना, घटालडोटी सिंचाई योजना सम्पन्न गर्ने काममा पनि योगदान रहेको उनै विकासप्रेमी नेताका परिवारमा जन्मेका नेता गोबिन्दले जिल्लामा केहि गर्ने उद्देश्य लक्ष्य र सोच राखेको बताएका छन ।
२०५८ देखि बिद्यार्थी जीवनबाट नै राजनीतिमा जोडिएका युवा समाजसेवी गोबिन्द जिल्लाको सामाजिक क्षेत्रमा पनि क्रियासिल रहेका छन, नागरिक समाज डडेल्धुराका संस्थापक सदश्य, पतंजली योग समितिका प्रदेश सहअध्यक्ष, योग प्रशिक्षक, होटल व्यवसायी महासंघका संस्थापक केन्द्रीय सदश्य र दलिय आस्थाका आधारमा राप्रपाका जिल्लाको महत्वपूर्ण पदको जिम्मेवारी देखि गत वर्ष सम्पन्न पार्टीको केन्द्रीय महाधिबेशनमा निर्वाचित केन्द्रीय सदश्य तथा सुदूरपश्चिम प्रदेशका संगठन विभाग प्रमुख समेत रहेका छन ।
योग विज्ञान बिधामा एमएस्सी र राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन समेत गरेका नेता खडायत शाकाहारी जीवनशैली निर्वाह गर्नुका साथै आध्यात्मिक र साँस्कृतिक रुपले पनि समाजका हरेका क्रियाकलापमा संलग्न र सक्रिय देखिन्छन ।
उनलाई हामीले उम्मेदवारीका बारेमा सोध्दा उहाँको जवाफ थियो डडेल्धुराले प्रजातन्त्रको पुर्नबहाली पछि जुन नेतृत्व चयन गरियो फलस्वरुप केहि पनि देखिएन,जिल्लाबाट अभिमत लिने जनप्रतिनिधिहरु जनता प्रति उत्तरदायी र जिम्मेवार नभएको देखियो त्यसैले हामी जनतासँग धर्म रक्षा, राष्ट्र रक्षा, गौ रक्षा, स्वदेशमै रोजगारी र सशासनका लागि काम गर्ने प्रतिबद्धता सहित आफ्ना ऐजेण्डा पस्किदैछौं डडेलधुराबासीले कसरी ग्रहण गर्छन त्यो भने मंसिर चार गतेको महायज्ञबाट परिणाम आउला ।
उनले भने जिल्लाको समग्र विकासमामा हाम्रो ध्यान केन्द्रित भएको छ, हामी पनि प्रतिनिधिसभा सदश्य निर्वाचन क्षेत्र र प्रदेश सभा सदश्य निर्वाचन क्षेत्रमा उममेदवार सहित जनताको घरदैलो सम्म पुग्दैछौं जनताका गुनासा सुन्दैछौं र अवस्था देखेर गम्भीर एवं काम गर्ने अवसरका लागि उत्साहित पनि भएका छौं ।
डडेल्धुराबाट २५ वर्ष राजनीति गरेका, पटकपटक मन्त्री परिषद् सदश्य हुदै रुसका लागि नेपाली राजदुतको समेत काम गरेका पुराना नेता खडायतले २०५१ को मध्याबधि निर्वाचन पश्चात उमेरका कारण निस्क्रिय रहे पनि उनकै परिवारका सदश्यले आँटेको डडेल्धुराको राजनीतिमा कति सफलता पाउलान त्यो हेर्न भने बाँकी छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com