Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

विमितका आश्रितलाई विमांक दावी हस्तान्तरण

Posted on March 27, 2025March 27, 2025
Share this post
       

अखण्ड सम्बाददाता
चैत्र १४, २०८१ डडेल्धुरा
अमरगढी नगरपालिका वडा नं. ३ हाटगाउँका कलावती देवी हमाललाई जीवन वीमा मृत्यु् दावी भुक्तानी हस्तान्तरण गरिएको छ ।
रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडमा विमित स्व. रमेश बहादुर हमालको मिति २०८१ फागुन २७ गते कलेजोमा समस्या आई आकस्मिक रुपमा बिरामी भएर अस्पताल लैजादा लैजादै निधन भए पछि परिवारमा बज्रपात सहन विवश हाटगाउँका कलावती देवी हमाललाई उहाँकै घरमा गएर स्थानीय जनप्रतिनिधिको रोहबरमा कम्पनीका प्रतिनिधि सहित स्थानीय समाजसेवीका बिचमा रु. एक लाख दुई हजार जीवन वीमा मृत्यु् दावी भुक्तानी चेक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा स्व. हमालको अल्पायुमा भएको निधन प्रति शोक व्यक्त गर्दै उहाँ संसार छोडेर गए पनि आफ्ना आश्रित परिवारजनका लागि थोरै भए पनि राहत छोडेर जानु भएको घटनाले जीवन वीमा अपरिहार्य भएको महषुश गराएको जिकिर गर्दै शाखा प्रबन्धक गणेश बहादुर साउँदले मृत्यु् दावी भुक्तानी चेक हस्तान्तरणको उद्देश्य र विमा विशेषता बारे प्रकाश पार्दै हरेक नागरिक वीमित हुनु जरुरी छ तर विमा गर्दा सोच विचारले गर्नु पर्ने र नियमित हुनु पर्ने धारणा राखेका थिए ।
रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडका डडेल्धुरा शाखा प्रबन्धक गणेश बहादुर साउँदको अध्यक्षता तथा अमरगढी नगरपालिका वडा नं. ३ का अध्यक्ष तिर्थ बहादुर ऐरको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीय गाउँबासी र आफन्तले रिलायबल वीमा कम्पनीलाई धन्यवाद दिदै शोकको यस घडिमा कम्पनीको पहल र प्राप्त सुबिधाबाट खुशी पनि भएका छन ।
कार्यक्रममा बोल्दै प्रमुख आथिति ऐरले स्व. हमालले गत जेठमा मात्र आफूले वीमा गराएका थिए,
तर दैवको लिला अकस्मात गम्भीर प्रकृतिको रोगसँग संघर्ष गर्दागर्दै कालले लगे पछि श्रीमति कलावती देवी हमाल र ८ वर्षे छोरा भुवन हमालको कष्टकर जीवनको पिडामा वीमा कम्पनीले मल्हम लागाउने कार्यको प्रसंशा गर्नु भयो ।

उहाँले मानिसको जीवन वीमा मात्र नभई संबेदनशिल हरेक गतिबिधिलाई न्यून जोखिम पूर्ण बनाउन र अनिवार्य बचतका लागि पनि वीमा आवश्यक भएकोले सबैले बेलैमा सोच्न जरुरी रहेको बताउँदै आफूबाट हुन सक्ने सहयोगका लागि प्रतिबद्धता जनाउँनु भयो ।
सामान्य कृषक परिवारका ३७ वर्षका स्व. रमेश हमाल यहि मिति २०८१ फागुन २७ गते निधन भएको खबरले आफू मर्माहत र स्तब्ध भएको र क्रियाकाज कार्यक्रम सम्पन्न पश्चात हमाल परिवारलाई जीवन वीमा मृत्यु् दावी भुक्तानी हस्तान्तरण कार्यक्रम केन्द्रीय कार्यालयबाट स्वीकृत भए बमोजिम गरिएको र पाउने रकम निजका श्रीमति कलावतीको आवश्यक सबै प्रकृया पुरयाई बैंक खातामा जम्मा गरिएको शाखा प्रबन्धक साउँदले जानकारी दिएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा
  • उम्मेदवार प्रति आक्रोसित अमरगढीका मतदाता
  • चुनाव केन्द्रीत वीपि काँग्रेसको बैठक, डा. ताराको मल्लसँग रहष्यमय भेट
  • मेडिकल कलेजको डिपिआर कार्यान्वयनमा ढिलाई, बजेट अभावले तिन वर्ष देखि अपेक्षित काम हुन सकेन

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com