अखण्ड सम्बाददाता
३० अषाढ २०७९ डडेल्धुरा
डडेल्धुराका एक वडा अध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यहि बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट परशुराम नगरपालिका–९ बाट विजयी भएका देवबहादुर बोहरा विरुद्ध काठमाण्डौं बिशेष अदालतमा भ्रष्टाचार मुद्दामा पुनरावेदन उजुरी दर्ता भएको हो ।
२०६८ सालमा जिल्लाको भित्रिमधेश क्षेत्रमा भएको व्यापक वन फडानी अन्र्तगत नाउला सामुदायिक वनमा काठमुद्दा लागेका तत्कालिन सामुदायिक वनका अध्यक्ष बोहरालाई मुद्धा बिचाराधिन अवस्थामै रहेका बेला स्थानीय तहको निर्वाचनमा अत्यधिक मतले विजयी भए पनि प्रकृयामा रहेको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ को ऐन ३६ बमोजिम उनलाई निलम्बित गर्न जिल्ला निर्वाचन कार्यालयले परशुराम नगरपालिकालाई आवश्यक कार्यान्वयनका लागि भन्दै पत्र पठाएको छ ।
मुद्दा विचाराधिन अवस्थामा रहेकाले मुद्दा अन्तिम किनारा नलागे सम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको हुँदा सो बमोजिम कार्यान्वयन गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्रलाई जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित निकायमा पत्र पठाईएको छ ।
