Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

वडाध्यक्ष बिरुद्ध अख्तियारमा मुद्दा

Posted on July 14, 2022July 14, 2022
Share this post
       

अखण्ड सम्बाददाता
३० अषाढ २०७९ डडेल्धुरा
डडेल्धुराका एक वडा अध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यहि बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट परशुराम नगरपालिका–९ बाट विजयी भएका देवबहादुर बोहरा विरुद्ध काठमाण्डौं बिशेष अदालतमा भ्रष्टाचार मुद्दामा पुनरावेदन उजुरी दर्ता भएको हो ।
२०६८ सालमा जिल्लाको भित्रिमधेश क्षेत्रमा भएको व्यापक वन फडानी अन्र्तगत नाउला सामुदायिक वनमा काठमुद्दा लागेका तत्कालिन सामुदायिक वनका अध्यक्ष बोहरालाई मुद्धा बिचाराधिन अवस्थामै रहेका बेला स्थानीय तहको निर्वाचनमा अत्यधिक मतले विजयी भए पनि प्रकृयामा रहेको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ को ऐन ३६ बमोजिम उनलाई निलम्बित गर्न जिल्ला निर्वाचन कार्यालयले परशुराम नगरपालिकालाई आवश्यक कार्यान्वयनका लागि भन्दै पत्र पठाएको छ ।
मुद्दा विचाराधिन अवस्थामा रहेकाले मुद्दा अन्तिम किनारा नलागे सम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको हुँदा सो बमोजिम कार्यान्वयन गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्रलाई जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित निकायमा पत्र पठाईएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com