Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

वडाका परिणाम आउँदै

Posted on May 14, 2022May 14, 2022
Share this post
       

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाको गृह गाउँपालिकाको वडा नं. १ मा नेपाली काँग्रेस वी.पी. वडाध्यक्ष पदमा निर्वाचत भएका छन ।
नेपाली काँग्रेस वी.पी. र नेकपा एमाले बिच भएको चुनावी समिकरण अनुसार चुनाव चिन्ह करुवाबाट ६७३ मत ल्याई प्यानल सहित विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिस्पर्धि चुनाव चिन्ह रुखले ५४४ मत ल्याउनु भएको हो । यस अघिको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितेको वडामा पहिलो पटक नेपाली काँग्रेस वी.पी.ले प्रधानमन्त्रीकै जिल्लामा आफनो खाता खोलेको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापती शेरबहादुर देउवाको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानल सहित बिजयी भएका छन। गत निर्वाचनमा माओवादीका उम्मेदवार बिजयी भएको यस वडामा माओवादीकै उम्मेदवार प्रतिद्धन्दी देखिएका थिए । माओवादीका उम्मेदवार कुवर पधान संग २ सय पचास मत अन्तरले काँग्रेसका उम्मेदवार भट्ट बिजयी भएको जनाईएको छ ।
पर्शुराम १ मा नेकपा माओबादी केन्द्रका लाल सिंह धामी प्यानल सहित विजयी भएका छन भने जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१ मा नेपाल काँग्रेसबाट उम्मेदवार बन्नुभएका वडाध्यक्षका उम्मेदवार निर्वाचित हुनुभएको छ । काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बन्नुभएका लोकबहादुर ऐर ५२६ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
१५६५ मतदाता रहेको वडामा ११४१ मत खसेकोमा ५२६ ल्याई प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवारले ४७६ मत पाउनुभएको थियो ।
सालिन भद्र व्यक्तित्व ऐर २०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसका तर्फबाट विजयी हुनुभएको थियो । उहाँ वडा अध्यक्षमा दोहोरिनुभएको हो ।
आलिताल १मा नेकपा एमालेबाट यज्ञ बहादुर देउवा र नवदुर्गा १ मा नेपाली काँग्रेसबाट शेर बहादुर साउँद वडाध्यक्ष पदमा विजयी भएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com