Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

लम्पी स्किन रोगले पशुधनमा क्षती

Posted on May 16, 2023May 16, 2023
Share this post
       

अखण्ड सम्बाददाता
जेठ २, २०८० डडेल्धुरा
लम्पी स्किन रोगले डडेल्धुराका किसानहरुको पशुधनमा ठूलो क्षती भएको छ ।
गर्मी मौसममा गाईभैंसिमा देखिने संक्रमणबाट डडेल्धुरामा ८३०१ बिरामी गाई मध्ये ४१९ र ४२५ बिरामी भैंसि मध्ये २३ मरे पछि करोडौंको लगानी नोक्सानी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डडेल्धुराले जानकारी दिएको छ ।
गर्मी मौसममा टोक्ने झिंगा(डाँस), लामखुट्टे, किर्ना जस्ता किराहरुबाट सर्ने महामारीको रुपमा व्यापक फैलिएको लम्पी स्किन रोगबाट पशुधनमा दूध उत्पादनमा कमी ल्याउने प्रजनन समस्या आउने, छालाको गुणस्तरमा ह्रास आउने, , तौल घटने, छालामा गिर्खा देखिने, थुतुनो, ओठ तथा मुख र नाक भित्र घाउ देखिने, ¥याल काढने जस्ता बिबिध लक्षण देखिने यो रोगको प्रभावकारी उपचार नभए पनि उपलब्ध श्रोत साधन र जनशक्ति परिचालन गरि नियन्त्रणमा ल्याउन सफल भएको कार्यालय प्रमुख देवराज भट्टले जानकारी दिएका छन ।
केहि महिना अघि देखि आकस्मिक फैलिएको यो रोगबाट जिल्लाका सात वटै पालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार मरेका पशुधनबाट कृषकहरुलाई डेढ करोड बराबरको क्षती भएको छ भने थप क्षती रोक्न जिल्ला विपद व्यवस्थापन समितिको सिफारिस बमोजिम प्रदेश तथा संघिय सरकारले अबिलम्ब ध्यान दिनु पर्ने किसानहरुले बताएका छन ।
रोगको शंका लागेमा र लक्षणहरु देखिएमा किसानहरुले पनि समयमै पशु स्वास्थ्य केन्द्रमा सम्पर्क गरि प्रारम्भिक उपचार गर्न सके जटिल संक्रमणबाट गाईभैंसिलाई बचाउन सकिने भएकोले क्षती न्यूनिकरणमा कृषक स्वयं पनि सचेत हुनु जरुरी रहेको कार्यालयले बताएको छ ।
लम्पी स्किन रोग रोकथाम र नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरि उपलब्ध श्रोत साधनको परिचालन गर्दै कार्यालयले प्रयास गरे पनि पूर्ण रुपमा नियन्त्रण गर्न चुनौती रहेको पशु सेवा बिज्ञको भनाई छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com