Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

रोचक र सकसपूर्ण बन्दै स्थानीय तहको निर्वाचन

Posted on April 16, 2022
Share this post
       

अखण्ड सम्बाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि चुनावि सरगर्मी बढेसँगै स्थानीय तह अन्र्तगत ५२ वडाहरुका लागि हुने आगामी स्थानीय तहको निर्वाचन रोचक हुने देखिएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सभापति समेत रहेका प्धानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा गठबन्धनलाई सत्तारुढ दलका जिल्ला नेताहरुले सहज रुपमा लिए पनि सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल बिच कडा प्रतिस्पर्धा हुने संकेत देखिएपछि मुख्य दलहरु चुनावी अभियानमा जोडतोडका साथ लागेका छन ।
१ लाख ३९ हजार चार सय २० जनसंख्या रहेको डडेल्धुरा जिल्लामा ९० हजार १ सय १९ जना मतदाता रहेका छन् । गत चुनावमा चारवटा स्थानीय तहमा कांगे्रस, २ वटामा एमाले र एक स्थानीय तहमा नेकपा माओवादी केन्द्रले जितेको थियो तर जिल्ला भरिको मतभारका आधारमा जिल्ला समन्वय समिति भने नेपाली काँग्रेसको एकल बहुमतमा गठन भएको हो ।
जिल्लाका स्थानीय नेताहरु अहिले टिकटका लागि संघीय राजधानीतर्फ दौडेका छन, खास गरि नेपाली काँग्रेस डडेल्धुराको संस्थापन भनिएको समूहका उम्मेदवारका आकांक्षीहरु प्रधानमन्त्री तथा सभापति देउवालाई भेटेर टिकटको लागि बिभिन्न प्रयासमा लागेको श्रोतले जनाएको छ । स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिने एक हप्ता र मतदान हुने २७ दिन मात्र बाँकी रहँदा पनि जिल्लामा कुनै पनि पार्टीले उम्मेद्धवारको टुङ्गो लगाउन सकेका छैनन् । स्थानीय नेताहरु जनता फकाउने भन्दा नेता फकाउने होडमा रहेका छन् ।
टिकटको विषय सबै भन्दा बढि नेपाली काँग्रेस डडेल्धुरा भित्र पेचिलो र संकटग्रस्त अवस्थामा रहेको छ भने सत्तासिन पार्टीको गठबन्धन भए मुख्य प्रतिस्पर्धिको रुपमा रहेको नेकपा एमालेले पनि पार्टीको आधिकारिक उम्मेदवारी टुंग्याएको छैन । नेकपा एमालेले पनि सुदूरपश्चिमका स्थानीइ तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्षको ७ गतेसम्म तय गर्ने एमाले नेता दामोदर भण्डारीले जानकारी दिएका छन ।
नेपाली काँग्रेस भित्र सम्मानजनक उम्मेदवारी नभए जिल्लाको सातौ जिल्ला अधिबेशन र १४ औं महाधिबेशनमा एकपक्षिय रुपमा पार्टीको अधिबेशन गरि पाखा लगाईएका नेता कार्यकर्ताहरु पनि स्थानीय निर्वाचनमा बिकल्प सहित जनतामा जान तयार रहेकाले अन्तर पार्टी समस्या समाधान नभए प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सभापतिका लागि प्रतिष्ठाको विषय मात्र नभई चुनौती र जोखिम उठाउने पर्ने देखिएको छ ।
यस्तै अन्य दलमा पनि कोहि गठबन्धनका कारणले अन्योलतामा रहेका छन भने कोहि अरु प्रमुख दलमा उम्मेदवारी तय भए पछि आफूहरुले पनि उम्मेदवारी घोषणा गर्ने बताएका छन । दलको प्रतिनिधित्व गर्ने व्यक्ति अनुसार आफूले पनि रणनीतिक रुपमा उम्मेदवार खडा गर्ने तयारी साना दलहरुको रहेको छ ।
यस अघि निर्वाचित जनप्रतिनिधिहरुबाट असन्तुष्ट आम सर्बसाधारणले पनि कतिपय स्थानमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन । अमरगढी नगरपालिका वडा नं. १ मा केहि महिना अघि नै स्थानीय सामाजिक अभियन्ता युवा नेता सुरत तमोलीले वडाको नेतृत्वको लागि उम्मेदवारी घोषणा गरेर चतुनाव लक्षित कायृक्रम संचालन गर्दै आएका छन भने अन्य स्थानमा पनि स्वतन्त्र उममेदवारीको संकेत देखिएको छ ।
अर्कोतिर अमरगढी नगर प्रमुखका उम्मेदवार आकांक्षी हरि प्रसाद भट्टले संघिय सरकार सत्ता समिकरणको प्रभाव स्थानीय तह निर्वाचनमा गठबन्धनको पक्ष विपक्षमा जनता रहेका बेला आबद्ध दलबाट आधिकारिक उम्मेदवारी नपाए जनताको आग्रह र भावना समेटने गरि आवश्यक निर्णय गरिने बताएका छन ।
उम्मेदवार छनौट गर्न दलहरु रस्साकस्सीमा लाग्दा डडेल्धुराका स्थानीय जनताको चासो भने राजनीति भन्दा विकासमा केन्द्रीत रहेकोले स्थानीय तह राजनीति गर्ने थलो नभएको भन्दै विकास गर्ने, भ्रष्टाचार नगर्ने, कार्यकर्तालाई नपोस्ने र सवैलाई न्यायोचित व्यवहार गर्ने व्यक्तिलाई जिताउनु पर्नेमा स्थानीय मतदाताको अभिमत रहेको छ ।
डडेल्धुरामा राष्ट्रिय दल मान्यता प्राप्त(थ्रेसहोल्ड मतभार पाएका) दलहरु मध्ये नेकपा एमाले, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी(माओबादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी गरि ६ दल र जनसमाजवादी पार्टी नेपाल, उन्नत लोकतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी(समाजवादी), मौलिक जरोकिलो पार्टी, नेपाली काँग्रैस विपी, नेपाल दलित पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सामाजिक एकता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति र देशभक्त गणतान्त्रिक मोर्चा नेपाल गरि १२ वटा दलहरु पनि चुनावी प्रतिस्पर्धामा रहने जिल्ला निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ ।
एकातिर राजनीतिक दलहरु धेरै हुनु र स्वतन्त्र उममेदवार पनि रहनु अर्कोतिर बहालवाला जनप्रतिनिधि प्रतिको आम असन्तुष्टिले व्यवस्था प्रतिको खिन्नता प्रकट गरेको मात्र छैन विगतमा जनतासँग बोलेका प्रतिबद्धताहरु पनि प्रत्यासीबाट वा निर्वाचित जनप्रतिनिधिबाट कति कार्यान्वयन भए वा भएनन के कति काम गरे वा गरेनन, यसको समिक्षा र लेखाजोखा पनि आम मतदाताले सुक्ष्म ढंगले गरेका कारण परिणाम के होला जेठ पहिलो साता पर्खिनुको बिकल्प छैन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा
  • उम्मेदवार प्रति आक्रोसित अमरगढीका मतदाता
  • चुनाव केन्द्रीत वीपि काँग्रेसको बैठक, डा. ताराको मल्लसँग रहष्यमय भेट
  • मेडिकल कलेजको डिपिआर कार्यान्वयनमा ढिलाई, बजेट अभावले तिन वर्ष देखि अपेक्षित काम हुन सकेन

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com