Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

रेडक्रस डडेल्धुरा शाखाको साधारण सभा सम्पन्न

Posted on June 29, 2024June 29, 2024
Share this post
       

अखण्ड सम्बाददाता
१५ अषाढ २०८१
नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा जिल्ला शाखाको चौथो साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा जिल्ला शाखा सभापति मदनराज चटौतको सभापतित्व र नेपाल रेडक्रस सोसाईटी केन्द्रीय उपसभापति सुरेन्द्र सिंह ऐरको प्रमुख आथित्यतामा जिल्लाका २६ उपशाखाका सभापति तथा सभाषद सहितको उल्लेख्य उपस्थितिमा संस्थाको सांगठनिक र आर्थिक प्रतिबेदन प्रस्तुत सहित बन्द सत्रमा छलफल गरि सम्पन्न भएको हो ।
सभाको सफलताको शुभकामनामा बोल्दै उद्योग बाणिज्य संघ डडेल्धुराका बाणिज्य उपाध्यक्ष खेमराज अवस्थी र जिल्ला शाखा निबर्तमान सभापति तथा नेपाल रेडक्रस सोसाईटी सुदूरपश्चिम प्रदेश उपसहसचिव शिवराज पन्तले रेडक्रस संस्थाका गतिबिधिहरु समुदायको हितका लागि मानविय सहायता र बिपद व्यवस्थापनमा सामाजिक संस्थाहरुसँगको सहकार्यमा क्रियासिल रहनेमा आम जनताको विश्वास रहेकोले यस प्रतिको आकर्षण बढाउनु पर्ने जिकिर गरेका थिए ।
कार्यक्रममा प्रमुख अथिति केन्द्रीय उपसभापति सुरेन्द्र सिंह ऐरले रेडक्रस र रेडक्रसकर्मीका लागि काम गर्ने समय कठिन र जोखिमपूर्ण रहेकोले बर्तमान समयमा रेडक्रस समुदायस्तर सम्म जान नसकेको, रेडक्रस साँगठनिक र आर्थिक रुपले कमजोर रहेकोले मानविय सेवामा समर्पित हुन नसकेको यतार्थलाई सबैले स्वीकार्नुको बिकल्प नभएको बताउनु भयो ।
उहाँका अनुसार दक्षिण एशिया महादेशमा नेपाल मात्रै राष्ट्रिय कानून नभएको मुलुक भएकोले आन्तरिक रुपमा रेडक्रसलाई केन्द्र, प्रदेश, जिल्ला र उपशाखा स्तरसम्म आवश्यक क्षेत्रमा परिचालन गर्न र रेडक्रसका बारेमा हुने गरेका टिकाटिप्पणि र भ्रम निवारण हुन नसकेको बताउनु भयो ।
करिब १८ उपशाखाका सभापति सहित प्रतिनिधि उपस्थित रहेको बन्द सत्रमा उद्घाटन सत्रमा जिल्ला शाखाका मन्त्री डम्बर बहादुर भण्डारीले प्रस्तुत गरेको सांगठनिक तथा संस्थागत संरचना र कोषाध्यक्ष भोजराज भट्टले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन माथी छलफल गरि सुझाव सलाह समेटी प्रतिबेदनलाई पूर्णता दिने निर्णय गरिएको छ ।
कार्यक्रममा सहभागि वक्ता तथा पार्षदहरुले मानवताको संरक्षण र प्रबद्र्धनमा आएको निस्क्रियता प्रति चिन्ता व्यक्त गर्दै रेडक्रससँग आम जनसमुदायको अझै पनि आशाभरोसा रहेको तर श्रोतसाधनको अभाव र बिबिध कठिनाईका कारण आझेलमा पर्दै गएको रेडक्रस अभियानलाई पुनः गतिशिल बनाउनु पर्नेमा जोड दिएका छन ।
बदलिदो परिस्थितिमा मानविय गतिबिधिहरु सेवाभाव बिमुख हुँदै गएको, कोरोना भन्दा पनि खतरनाक जोखिम जलवायु परिबर्तनको समस्या बिकराल रुपमा मानव समुदायका लागि देखा परेको ले स्थानीय सरकार तथा पालिकाको भूमिका मानव मैत्री, सेवा मैत्री र सहयोगी हुनु पर्ने विषयमा प्रतिबद्ध र गम्भीर हुन सबैलाई आग्रह पनि गरिएको छ ।
सभाको उद्घाटन तथा बन्दसत्रको समापनमा गर्दै शाखा सभापति चटौतले अन्र्तराष्ट्रिय प्रतिष्ठित र स्थापित मानव सहायता संस्था सधारण सभाको गरिमा उच्च रहेको रेडक्रसका गतिबिधिलाई समुदाय लक्षित बनाउन महत्वाकांक्षी निर्णय गरेर मात्र नपुग्ने कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन श्रोतसाधनको पर्याप्तता र रेडक्रसकर्मीको सक्रियता अपरिहार्य रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्लाका उत्कृष्ठ जुनियर रेडक्रस सर्कल दुर्गास्थान मावि अजयमेरु गापा ३ गुनपाल र युवा रेडक्रस सर्कल महेन्द्र मावि खलंगालाई नगद सहित प्रसंशापत्र बितरण गरि पुरुस्कृत पनि गरिएको छ ।
शाखाका उपकोषाध्यक्ष श्याम प्रसाद पाण्डेयले अथितिलाई स्वागत तथा उपमन्त्री केशवराज पन्तले कार्यक्रम संचालन गर्नु भएको थियो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा
  • उम्मेदवार प्रति आक्रोसित अमरगढीका मतदाता
  • चुनाव केन्द्रीत वीपि काँग्रेसको बैठक, डा. ताराको मल्लसँग रहष्यमय भेट
  • मेडिकल कलेजको डिपिआर कार्यान्वयनमा ढिलाई, बजेट अभावले तिन वर्ष देखि अपेक्षित काम हुन सकेन

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com