Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

रिलायबल अभिकर्तालाई पुर्नताजगी

Posted on June 5, 2022June 5, 2022
Share this post
       

अखण्ड सम्बाददाता
२२ जेठ २०७९ डडेल्धुरा
रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडले डडेल्धुरामा कार्यरत अभिकर्तालाई उत्प्रेरणा तथा पुर्नताजगी तालीम प्रदान गरेको छ ।
सुरक्षित जीवन जीउन जीवन वीमा जरुरी छ भन्ने ध्येयका साथ सुरक्षित अनिवार्य बचत, मानविय जीवनको जोखिम सुरक्षा आर्थिक लाभ प्राप्त गर्न र वीमा मार्फत बित्तिय सेवासुबिधा एवं थोरै लगानीमा उच्च प्रतिफल लाभका लागि रिलायबल लाईफमा कार्यरत अभिकर्ताहरुलाई पुर्नताजगी तालीम दिईएको डडेल्धुरा शाखा प्रमुख गणेश बहादुर साउँदले जानकारी दिनु भयो ।
तालीममा वीमाको अबधारणा, वीमाको औचित्य, वीमाबाट नागरिकलाई हुने फाईदाहरु, वीमाबाट विमितले लिन सकिने सेवासुबिधा र लाभहरु लगायत कम्पनीका बिशिष्ट सेवासुबिधा तथा बिशेषता विषयमा रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर बिष्टले प्रशिक्षित गर्दै रिलायबल लाईफ नेपालका १९ वीमा कम्पनी मध्ये पहिलो नम्बरमा सूचिकृत हुनु गौरबको विषय भएको बताएका छन ।
उहाँले नेपाल सरकार वीमा समितिको मूल्यांकनमा रिलायबल लाईफ बिमितको संख्या पनि सबै भन्दा बढि, सेवा सुबिधा पनि बढि, कम्पनीले आर्जन गरेको मुनाफा पनि बढि र पारदर्शी एवं कार्य सम्पादनमा पनि अग्रणि भएकोले यसको प्रत्यक्ष लाभ विमितलाई नै हुने भएकोले कम्पनी प्रति आम सर्बसाधारणको विश्वास बढेको बताए ।
देशभरि ८२ शाखा, दशौं हजार अभिकर्ताहरु सहित ३६ लाख बढि वीमित रहेको रिलायबल लाईफ ईन्स्योरेन्स कम्पनीको जिल्ला स्तरिय उत्प्रेरणा तथा पुर्नताजगी तालीममा अभिकर्ता सहभागिहरुले वीमा गर्नु सामाजिक सेवा मात्र नभई कसैको जीवनलाई समुन्नत, सुरक्षित भविष्य निर्माण र सुनिश्चित बनाउन धर्मको बाटोमा डो¥याउने माध्यम पनि भएकोले कम्पनीको गुणस्तरीय सेवालाई अझै प्रभाबकारी बनाउन र आकर्षण थप्न आ आफ्ना अनुभव सहित कम्पनीलाई सुझावसल्लाह पनि दिएका छन ।
कार्यक्रममा उत्कृष्ट अभिकर्ताको सक्रियता तथा कम्पनीलाई प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्ने अभिकर्ता एवं सहभागिलाई कम्पनीको लोगो, डायरी सहित हौसला प्रदान गर्ने गरि सम्मान गरिएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • चुनाव प्रति उत्साह छैन डडेल्धुरामा
  • डडेल्धुरामा खुल्यो जापनिज भाषा ईन्सिच्यूट
  • गीति कविता
  • उम्मेदवारी पेचिलो र डडेल्धुराको चासो रास्वपातिर
  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com