अखण्ड सम्बाददाता
२५ भाद्र २०७९, डडेल्धुरा
सुदूरपश्चिम प्रदेश सभाका निबर्तमान सदश्य कर्ण बहादुर मल्लले योग अभ्यासले शारिरीक रुपमा सन्तुलन गर्नुका साथै मानसिक र आध्यात्मसँग पनि जोडने बताएका छन ।
सोमवार देखि डडेल्धुरामा संचालित सुदूरपश्चिम स्तरिय युवा योग प्रशिक्षण शिविरको समापन समारोहमा बोल्दै कार्यक्रमका बिशिष्ट अथिति सांसद मल्लले सहभागि युवाहरुलाई दिएको आत्म सुरक्षा प्रशिक्षणले युवाहरुमा उत्साह थप्नुका साथै धर्म संस्कृति आध्यात्म अनुशासन र स्वास्थ्य उपचारका पद्धतीलाई प्रशिक्षार्थी मार्फत ग्रामीण तह सम्म पुगाउन टेवा पुगाएको बताए ।
युवा योग प्रशिक्षण शिविरका मुख्य प्रशिक्षक युवा नेपालका प्रमुख साध्वी डा. देवविजया जीले नेपाल धर्म संस्कृति परम्परा तथा श्रोतसाधनको धनी देश भएको तर समाजमा अझै काम गर्न बाँकी रहेको बताउँदै समाज सुधारका लागि, मानविय विकास र स्वस्थताका लागि प्रशिक्षित युवाहरुले सक्रिय भएर लाग्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
समापन कार्यक्रममा शिविरमा यज्ञहवन अनुष्ठानका साथ प्रशिक्षण गरिएका बिबिध अभ्यासहरुको शारिरीक अभ्यासका गुरु तथा पतंजली योग समिति युवा नेपालका सचिव हरिशरण पाण्डे ज्यू सहित प्रशिक्षार्थीहरुबाट व्यायाम र आत्म सुरक्षा सम्बन्धि संक्षिप्त प्रस्तुति गरिएको थियो भने प्रशिक्षक, प्रशिक्षार्थीलाई प्रमाणपत्र, शिविरलाई आर्थिक भौतिक, आवासिय लगायत बिभिन्न रुपले सहयोग गर्ने सरकारी कार्यालय, सामाजिक संस्थाहरु, चन्दादाता व्यक्तिहरुलाई कदरपत्र र आयोजक बिभिन्न समितिका पदाधिकारहिरुलाई सक्रियताको प्रसंशापत्र पनि बितरण गरिएको थियो ।
