Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

युवालाई योग प्रशिक्षण

Posted on September 5, 2022September 5, 2022
Share this post
       

२० भाद्र २०७९ डडेल्धुरा
डडेल्धुरामा प्रदेश स्तरिय सात दिवसिय युवा योग प्रशिक्षण शिविर शुरु भएको छ ।
योगयुत्त समाज, रोग मुक्त समाज निर्माणका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ४६ जना युवा योगप्रेमि साधकहरुलाई शारिरिक तथा बौद्धिक कक्षा संचालन गरि एक हप्ते आवासिय प्रशिक्षण शुरु गरिएको हो ।
पतंजली योग पीठ नेपाल, पतंजली युवा नेपालको आयोजनामा सात दिन सम्म संचालन हुने शिविरमा युवाहरुलाई पतंजली युवा नेपालका प्रमुख साध्वी डा. देव विजया जीबाट आध्यात्मिक, यौगिक तथा मानविय धर्म र संस्कारको ज्ञान दिनुका साथै नागरिक तथा समाज उपयोगि दर्शनको बारेमा प्रशिक्षण दिईने स्थानीय आयोजक पतंजली योग समिति सुदूरपश्चिम समितिका अध्यक्ष योगाचार्य काशीनाथ भट्टले जानकारी दिनुभएको छ ।
सोमवार बिहान ५बजे योगाभ्यास पश्चात शिविरको प्रमुख अथिति साध्वी डा देव विजया जीले औपचारिक उद्घाटन गरि युवाहरुबाट नै देश निर्माण र समृद्ध हुने कुरामा दुई मत नभएको बताउँदै युवा, किशोरकिशोरीलाई पारिवारिक र बाह्य समाजको सुसंस्कार दिनु पर्ने अपरिहार्य रहेको बताउँनु भयो ।
कार्यक्रममा बिशिष्ट अथिति तथा भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले योग हरेक मानवका लागि आवश्यक छ यसलाई गाउँबस्ती र बिद्यालय स्तर सम्म पुगाउनु पर्ने बताएका छन भने बिशिष्ट अथिति तथा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले. समाज बिकृत हुँदै गएकोले हरेक नागरिकको चित्तबृति शुद्धि तथा सुस्वास्थ्यका लागि योग अभ्यास सबै तहतप्काका लागि जरुरी रहेको बताउँनु भयो ।
उद्घाटनसत्रमा बोल्दै प्रमुख अथिति तथा पतंजली युवा नेपालका प्रमुख साध्वी डा. देव विजया जीले योगले मानवको जीवनमा चमत्कारी परिबर्तन ल्याएको, योगसँगै मानवका लागि आवश्यक मानसिक, औषधिय उपचारको पद्धति विकास भएकोले यसलाई महत्वका साथ बिस्तार गर्नु पर्ने बताउँनु भयो । मानवलाई अनुशासनमा राख्न, जीवन जीउने शैलीमा सुधार ल्याउन नियमित योगाभ्यास अनिवार्य रहेको बताउँनु भयो ।
कार्यक्रमका सभापति तथा पतंजली योग समिति डडेल्धुराका अध्यक्ष कैलाश कुमार पाण्डेयले उद्घाटन सत्रको समापन गर्दै धार्मिक तथा देवभुमि, शक्तिपीठ र पर्यटकिय संभावना रहेको डडेल्धुरा जिल्लाका लागि ऐतिहासिक एवं गौरबमय कार्यक्रम भएकोले शिविरबाट सुदूरपश्चिमका योगप्रेमि युवाहरु लाभान्वित हुने र गाउँगाउँमा योगको प्रचार तथा अभ्यासमा टेवा पुग्ने भएकोले योगलाई अभियानको रुपमा सफल पार्नु पर्नै बताउँनु भयो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com