Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

मेलामा शुद्ध निःशुल्क पिउने पानी

Posted on November 9, 2022November 9, 2022
Share this post
       

अखण्ड सम्बाददाता
२३ कार्तिक २०७९ डडेलधुरा
सुदूरपश्चिमको प्रसिद्ध भगवती मेला उग्रतारा देहिजाँतमा सेवा दल डडेल्धुराले निशुल्क रुपमा शुद्ध पिउने पानी उपलब्ध गराएको छ ।
हजारौको संख्यामा उग्रतारा मेला भर्न आउने देवीका भक्तजन तथा दर्शनाथीहरुलाई मेलामा लाग्ने प्यास मेटाउन एक एक लिटरका करिब पाँच हजार मिनरल वाटरका बोतल पानी उपलब्ध गराईएको सेवादलमा खटिएका युवा समाजसेवी सुनिल तामाङले जानकारी दिएका छन ।
उग्रतारा मन्दिरमा खानेपानीको सधै अभाव खटकिने र मेलामा टाढाटाढाबाट आउने भक्तजनहरुलाई पिउने पानीको अत्यन्त असुबिधा हुने गरेकोले शुद्ध पिउने पानीको प्रबन्ध गरिएको सुदूरपश्चिम कोरिया नेपाली समाजका पूर्व अध्यक्ष, शुद्ध पिउने पानी सेवा दल डडेल्धुराका अभियन्ता तथा नेपाली काँग्रेस (वीपी) नेशनल युथ काँग्रेसका जिल्ला कार्य समिति संयोजक समाजसेवी बिर बहादुर पालले जानकारी दिएका छन ।
विश्वव्यापी रुपमा फैलिएका महामारी कोरानाबाट नागरिकलाई बचाउन, राहत दिन र सुरक्षित एवं व्यवस्थित गर्न गठित सेवा दलले डडेल्धुराका आम सवालमा समय समयमा डडेल्धुराका बिबिध समस्याहरु समाधानका लागि मानविय तथा सामाजिक क्रियाकलापहरु गर्दै आएको सेवा दलका सदश्य सचिव राम बहादुर बिष्टले बताए ।
मेलामा अन्य बिभिन्न संसथाहरुले पनि शुद्ध पिउने पानीको व्यवस्था सँगै जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले नमूना मतदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • चुनाव प्रति उत्साह छैन डडेल्धुरामा
  • डडेल्धुरामा खुल्यो जापनिज भाषा ईन्सिच्यूट
  • गीति कविता
  • उम्मेदवारी पेचिलो र डडेल्धुराको चासो रास्वपातिर
  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com