Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

Posted on June 23, 2025June 23, 2025
Share this post
       

अखण्ड सम्बाददाता
९ अषाढ २०८२ डडेल्धुरा
पशुपंक्षीबाट सर्ने रोगहरुको रोकथाम संभव हुने तर उपचार संभव नहुने मानव र पशु स्वास्थ्य विज्ञले बताएका छन ।
सोमवार डडेल्धुरामा आयोजित सरकारी तथा गैर सरकारी निकायमा कार्यरत पशु स्वास्थ्य जनशक्ति बिच भेटेरिनरी जनस्वास्थ्य प्रबद्र्धन सम्बनिध अन्र्ताक्रिया कार्यक्रममा घरपालुवा पशु तथा पंक्षीजन्य जनाबरबाट सर्ने रोगहरु प्राणघातक भएकोले किसान र उपभोक्ता सचेत हुनु पर्ने बताएका हुन ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग सार्क एसआर यु काठमाण्डौंको आयोजनामा गरिएको अन्र्तक्रिया कार्यक्रममा जनस्वास्थ्य, पशुस्वास्थ्य र पारस्परिक (वाताबरणिय) स्वास्थ्यलाई एक स्वास्थ्यको रुपमा रणनीतिक रुपले कार्यान्वयन गर्न विश्व समुदाय अघि बढिरहेको बेला नेपालमा पनि एकिकृत स्वास्थ्य कार्यक्रम लागु गर्न अपरिहार्य रहेको मन्त्रालयका सहसचिव डा. लेखराज दाहालले बताउनु भयो ।
उहाँले भेटेरिनरी स्वास्थ्यको सूचना आदान प्रदान सहित प्रचारप्रसार आवश्यक भएको बताउँदै सुदूरपश्चिम पशुपालनमा अग्रणि रहे पनि खोप र उपचारात्मक कार्यमा अपेक्षित उपलब्धी हासिल गर्न नसकेको तथ्यांक मन्त्रालयसँग रहेको प्रस्तुति मार्फत जानकारी दिनु भयो ।
यस्तै पशुपंक्षीबाट सर्ने जुनोटिक, भ्यागुते, चरचरे, खोरेत, पिपिआर, रेबिज, घोडामा लाग्ने ग्लाण्डर्स, कुखुरामा हुने बर्डफ्लु लगायत बिभिन्न खालका रोगहरुको प्रकृति, यसबाट पर्ने असर र उपचारको बिधिका बारेमा प्रस्तुति सहित जानकारी दिदै पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुदूरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख डा. नरेश जोशीले खोप नलगाएका र विश्व मान्यता अनुरुपका मापदण्ड पुरा नभएका जैबिक पदार्थको ब्यापार व्यवसाय निषेधित हुने भएकाले किसान, व्यवसायी र उपभोक्ताले यस तर्फ संबेदनशिल भएर ध्यान दिनु पर्ने बताएका छन ।
उहाँले घरपालुवा जनाबरलाई आवश्यकतानुसार र नियमानुसार खोप लगाउनु पर्ने, प्रतिजैबिक प्रतिरोधात्मक औषधि (एन्टिबायोटिक) को सेवनलाई चिकित्सकको परामर्शका आधारमा मात्र प्रयोग गर्नु पर्ने, प्रयोगशालाका सेवाहरुलाई उपयोग गर्नु पर्ने, दुध न उमाली खाँदै नखाने, काँचो मासु खाँदै नखाने जस्ता जनचेतनामूलक सन्देश हरेक कृषक र उपभोक्ता स्तरसम्म पुगाउन राज्यका प्रत्येक अंग र निकायको भुमिका खडकिएको बताए ।
कार्यक्रमलाई समापन गर्दै भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका कार्यालय प्रमुख देवराज भट्टले डडेल्धुरा जिल्लामा सात वटै पालिकाका कार्यरत भेटेरिनरि प्राबिधिकको सक्रियता र सहयोगले संभावित रोग संक्रमण र पशुजन्य महामारी उचित समयमा व्यवस्थापन गर्न सफल रहेको बताउँदै पशुपंक्षीजन्य विकासका कार्यक्रमहरु कार्यान्वयनमा स्थानीय पालिकासँग समन्वय र सहकार्य गरेर अगाडी बढिरहँदा जिल्लामा पशुपंक्षीको क्षेत्रमा भईरहेको लगानी र व्यवसाय सुधारोन्मुख रहेको जिकिर गर्नू भयो ।
डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहमा कार्यरत पशुपंक्षी शाखाका कर्मचारी, दुग्ध तथा मासुजन्य उत्पादक तथा व्यवसायी, विषयत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा भेटेरिनरि सम्बन्धित प्राबिधिकको अभावले यस्ता संभावित समस्इाहरु समाधानमा व्यबधान हुने गरेको गुनासो गरे पनि लोकसेवा आयोगले कर्मचारी आपुर्तिमा ढिलाई गरिरहेको तर्फ ध्यानाकर्षण गराएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com