Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

महिला खेलाडी बढाउन आत्म सुरक्षा तालीम

Posted on July 14, 2022July 14, 2022
Share this post
       

अखण्ड सम्बाददाता
३० अषाढ २०७९ डडेल्धुरा
“महिला सशक्तिकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने नाराका साथ डडेल्धुरामा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् काठमाण्डौंको आयोजना र जिल्ला खेलकुद विकास समिति डडेल्धुराको व्यवस्थापनमा अमरगढी नगरपालिका क्षेत्र भित्रका कक्षा ८ देखि १२ सम्म अध्ययनरत १५० जना छात्राहरुका लागि आत्म सुरक्षा तथा खेलकुदमा सहभागि हुन आधारभूत तालीम स्वरुप सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण कार्यक्रम संचालन भएको कार्यालय प्रमुख डम्बर बहादुर भण्डारीले जानकारी दिएका छन ।
तिन दिने तालीम कार्यक्रममा ५० जनाका दरले मंगलवार शुरु भएको प्रशिक्षण कार्यक्रम बिहिवार सम्म संचालन भए पछि स्थानीय छात्राहरु खेलकुदमा उत्प्रेरित हुनुका साथै आगामी दिनमा महिला खेलाडीहरु अभिबृद्धि हुने विश्वास पनि बृद्धि भएको राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक नविन पाण्डेले बताए ।
भलिवल, एथलेटिक्स, तेक्वान्दो, कराँते, फूटबल, रग्बी जस्ता खेलहरुमा महिलाहरुलाई सक्षम बनाई बिभिन्न तहका खेलमा सहभागिता बढाउन आयोजना भएको अभिबृद्धि कार्यक्रममा बरिष्ठ प्रशिक्षक नरेश थापा सहित अजयमेरु, आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकाका ६ जना खेल प्रशिक्षकले सबै बिधाका खेलको आधारभूत रुपमा खेलको अबधारणा देखि खेलको सफलता सम्मका विषयमा प्रशिक्षण गर्नु भएको कार्यालयले जनाएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com