Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

महासंघ स्थापना दिवसका दिन पत्रकार आन्दोलनमा

Posted on March 30, 2023March 30, 2023
Share this post
       

अखण्ड सम्बाददाता
१६ चैत्र २०७९ डडेल्धुरा
नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका दिन डडेल्धुराका पत्रकारहरु आन्दोलित भएका छन ।
मंसिर २९ गते सम्पन्न १५ औं साधारण सभामा प्रस्तुत गरिएको सांगठनिक, आर्थिक तथा प्रतिबेदन तथा भवन निर्माण आयव्यय अस्पष्ट र आर्थिक अनियमितता भएको विषयमा चार महिना बितिसक्दा पनि सार्बजनिक नगरिएको भन्दै ज्ञापनपत्र सहित तिन दिनको अल्टिमेटम बुझाएका हुन ।
ज्ञापनपत्रमा भवन निर्माण खर्च पारदर्शि हुनु पर्ने, कोरोना महामारकिा बेला अस्थायी निर्माण भएको आईसुलेसन र राहत कार्यक्रमका लागि प्राप्त आर्थिक सहयोग, जिन्सि सामानको हिसाब तथा उपचार र राहतको अभिलेख स्पष्ट नभएकोले आर्थिक हिनामिना र गत वर्ष निर्माण भएको भवनमा मापदण्ड बिपरित काम कम भएको तर खर्च पुरा भएको भन्दै चालु आर्थिक वर्षमा विनियोजित र।कम रु. ३० लाख कार्यान्वयनका लागि सम्बन्धित निकायमा पनि उजुरी दिदै महासंघलाई स्पष्ट पार्न गम्भीर ध्यानाकर्षण सहित अनुरोध गरेका हुन ।
प्रेस चौतारी नेपाल डडेल्धुराका अध्यक्ष लोकेन्द्र ओझा र स्वतन्त्र पत्रकार टेकराज अवस्थीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संस्थागत अपारदर्शिता, गैरजिम्मेवारीपन र बिकृति प्रति डडेल्धुराका क्रियासिल पत्रकार चिन्तित रहेको उल्लेख गरिएको छ ।
महासंघका जिल्ला अध्यक्ष र सचिव जिल्ला बाहिर रहेकोले उपाध्यक्ष गणेश रोकालाई बुझाईएको पत्रमा ज्ञापनपत्रमाच उल्लेखित माग सुनुवाईका लागि आग्रह गर्दै महासंघ र क्रियासिल पत्रकारिता पेशा प्रतिको आम जनताको विश्वसनियता कायम राख्न पारदर्शि हिसाबकिताब, आग्रह पूर्वाग्रह रहितको कार्यशैली र व्यवहार गर्न जिल्ला नेतृत्व लगायतका पदाधिकारीहरुलाई ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।
आन्दोलनलाई जिल्लामा क्रियासिल पत्रकार संगठनहरु नेपाल प्रेस युनियन, मिडिया नेपाल, क्रान्तिकारी पत्रकार संगठन, प्रेस सेन्टर लगायतका बिभिन्न संगठनहरुले पनि उपस्थिति सहित ऐक्यबद्धता जनाएका छन । मागहरुको सुनुवाई तिन दिन भित्र नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी पनि ज्ञापनपत्रमा उल्लेख छ ।
गत वर्षको भवन निर्माण कार्यमा सुदूरपश्चिम सरकार भौतिक पूर्बाधार विकास मन्त्रालयले विनियोजन गरि प्राप्त भएको अनुदानस्वरुपको रकम सहरी विकास तथा भवन कार्यालय राजपुर डोटी मार्फत आएको रकम रु. १५ लाखमा अनियमितता भएको भन्दै चालु आव मा विनियोजित रु. ३० लाखको उपभोक्ता समिति मार्फत हुने महासंघ भवन निर्माण कार्य अगाडी नबढाउने गरि जिल्लाका क्रियासिल पत्रकारहरुले रोक्न माग गरे पछि सम्बन्धित कार्यालयले विवाद समाधान नगरे टेण्डर प्रकृया अगाडी बढाने पत्राचार गरिसकेको छ भने उपभोक्ता समिले मार्फत ठेकेदारलाई जिम्मा लगाईएको स्थलगत काम पनि रोक लगाईएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघको संस्थापन पक्ष तथा कार्य समितिका ईतर पक्षको उपस्थिति रहेको थिएन ।

ज्ञापनपत्रमा यस्तो छ व्यहोरा- Photo

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • चुनाव प्रति उत्साह छैन डडेल्धुरामा
  • डडेल्धुरामा खुल्यो जापनिज भाषा ईन्सिच्यूट
  • गीति कविता
  • उम्मेदवारी पेचिलो र डडेल्धुराको चासो रास्वपातिर
  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com