यहि चैत्र २० गते बुधवार देखि डडेल्धुरा जिल्लामा हुन गईरहेको विश्वकल्याण तथा शान्तिका लागि पहिलो पटक विराट महायज्ञको तयारी तिब्र रुपले अगाडी बढेको छ ।
शैलेश्वर महादेव क्षेत्र विकास समिति अमरगढी नपा वडा नं. ७, ८ र नवदुर्गा गाउँपालिका वडा नं. १ को आयोजनामा शैलेश्वर महादेवस्थान संगममा अवस्थित प्रसिद्ध धार्मिक क्षेत्रमा आगामी चैत्र २० देखि ३० गते सम्म शैलेश्वर अतिरुद्र विश्वकल्याण विराट महायज्ञ तथा धार्मिक महोत्सव का लागि गाउँगाउँबाट आवश्यक सामग्री खरिद सहित आर्थिक सहयोग जुटाउने कार्य भईरहेको आयोजकले जानकारी दिएका छन ।
पवित्र तीर्थस्थल शैलेश्वर क्षेत्रको धार्मिक, सास्कृतिक एवं पर्यटकीय महत्वको प्रचार प्रसार गर्न, श्री शैलेश्वर महादेव भूमिराज मसानी देवताको मन्दिर नवनिर्माण गर्न, वैदिक सनातन धर्मको प्रचार प्रसार सँरक्षण र सम्वद्र्धन गर्न, युवावर्गमा आध्यात्मीक चेतनाको विकास गर्न, गौ संरक्षण तथा गौपालन सम्वन्धि चेतनाको विकास गर्न, लोपहुन लागेका लोक संस्कृति, लोककला स्थानीय वाजा तथा कलाको संवद्र्धन तथा पर्यटकिय विकासका लागि महायज्ञ तथा महोत्सवको आयउोजना गरिएको महायज्ञ व्यास तथा धार्मिक अभियन्ता जयप्रसाद जोशीले बताएका छन ।
महायज्ञका लागि भक्तजनहरुले निशुल्क रुपमा दाउरा उपलब्ध गराएका छन, महायज्ञस्थलमै पुग्ने सडकबाटो नभएकोले जनश्रमदानमा सामान पु¥याउने काम समेत भईरहेको महायज्ञ आयोजक, अर्थ समिति संयोजक तथा अमरगढी नपा वडा नंं ८ का वडाध्यक्ष नर बहादुर साँकीले जानकारी दिए ।
यसै गरि अमरगढी नपा वडा नंं ८ खनमडा गाउँका बासिन्दा पाण्डेय, ऐर र नवदुर्गा गाउँपालिका गौनेलाका पाठक तथा डुङराका शाहु परिवारले श्री शैलेश्वर देवताका नाममा करिब १० रोपनी जग्गा पनि दान गरेका छन ।
डडेल्धुरा सदरमुकामबाट ९ किलोमिटर मात्र टाढा शैलेश्वर क्षेत्रमा महायज्ञका लागि स्थानीयले महायज्ञको आवश्यक तयारी स्वरुप यज्ञमण्डप निर्माण, बिभिन्न स्थायी तथा अस्थायी संरचना निर्माण, दाउरा संकलन, आर्थिक संकलन लगायतका कार्यक्रमहरु युद्धस्तरमा भईरहेको शैलेश्वर महादेव भुमिराज देवता क्षेत्र विकास समिति अध्यक्ष तथा वडा नं. ७ का वडाअध्यक्ष खडक बहादुर बोहराले बताए ।
महायज्ञमा ५१ जना ब्राह्मणबाट १४६४१ आबृतिपाठ, श्रीमद्भागवद महापुराण पाठ, वेदपाठ, सप्तसतीपाठ, लक्षदीप, प्रज्वलन, सहश्रशालिग्राम परिक्रमा तथा पूजन, धान्याञ्चल दान, तुलादान, भूमिदान, अन्नदान, गोदान, सहश्रकलश परिक्रमा, नौमुठे गाईपूजन लगायत बिबिध कार्यक्रम भव्य रुपले सम्पन्न गर्न स्थानीय लोक बहादुर पालको संयोजकत्वमा १२८ सदश्यीय मूल आयोजक र ८ सदश्यीय अर्थ, १३ सदश्यीय भौतिक पूर्बाधार, ३ सदश्यीय ब्राम्ण व्यवस्थापन, ९ सदश्यीय प्रचारप्रसार तथा क्रियासिल पत्रकारको ७ सदश्यीय प्रचारप्रसार उप समिति पनि गठन गरिएको छ ।
मानसखण्डका विभिन्न शल्य धाम मध्येको एक श्री शैलेश्वर धाम
नेपालको सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं ७÷८ दोभानमा (शल्यनदीमा) पर्ने एक पौराणिक धार्मिक ऐतिहासिक सास्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यस नेपालका विभिन्न धाम मध्येको एक धाम हो श्री शैलेश्वर धाम । यसको पौराणीक कथन अनुसार जब हिमालय शैलपूत्री पार्वतीको भगवान आषुतोष संग विवाह भयो त्यतिबेला शिव र पार्वती शैलराज हिमालयबाट छुट्टिएर स्वयं पार्वतीलाई साथमा राखेर अन्तध्र्यान हुनु भयो । अनि सयौं वर्ष ब्यतित भइ सकेपछि हिमालयकी पत्नी मेनकाले छोरीको सम्झ्ना आएको र भेट्न जानुपर्ने आग्रह स्वयं शैलराज हिमालयलाई भन्नुभयो र केही गहना जवहारात, बस्त्र आदि राखेर स्वयं हिमालयराज पृथ्वि भ्रमण गर्न र शिव भोलालाई भेट्न निस्कनु भयो र यस नदीको संगममा पुग्दा तीर्थयात्रीसंग भेट भयो र त्यो तिर्थयात्रीलाई सोध्दा शिव र पार्वतीलाई आफ्mूले पूजा गरेर आएको र वहाू दुवै जना वनारशको विश्वनाथ क्षेत्रमा विराजमान हुनु भएको छ मणिमाणिक्यले जडित भएको हीरा र मोती द्वारा चम्किएको दिव्य ज्योर्तिलिङङ्ग स्वरुपमा स्वयंम वहा बास गर्नुहुन्छ, त्यो धाम भनेको दिव्य वाह्र ज्योर्तिलिङङ्ग मध्येको एक विश्वनाथ ज्योर्तिलिङङ्ग
”श्री रामेश विश्वनाथांञ्च, सङङ्करौ ससरयूतट“े
वायुतटको ( बैतडी ) को सुर्नायाको किनारमा स्वयं भोलेनाथ शंकर विराजमान हुनुहुन्छ । त्यो तीर्थयात्रीको कुरा सून्दा स्वयं हिमालयराज शैलराज आफ्mूले ल्याएका सबै जवाहरात र वस्त्रहरु किन ल्याए हुूला किन भने म एक शैलराज मात्र हुू, वहा जगतको मालीक हुनुहुन्छ । मैले फ्mर्कनु पर्छ भन्दा र भगवान भोलेनाथ सूग याचना माग्दै एकैरातमा आफ्ना अनुचर बोलाएर कालभैरव सहित शिवालय निर्माण गराउन लगाए र स्वयं त्यस शिवालयमा चन्द्रकान्त माणीद्वारा निर्मित एक शिवलिङ्ग स्थापना गरे । प्रातः त्यस शैल नदी स्नान गरेर शैलेश्वर शिवलिङ्गको पूजन गरेर आफ्mू हिमालय पर्वततर्फ जानुभयो ।
त्यो सबै समाचार शिवगणलाई प्राप्त भयो र शिवगणले भन्नुभयो शिवजी सूग भगवान यस पूण्य क्षेत्र मा एक सुन्दर शिवालय छ, त्यहाँ े चन्द्रकान्त मणीबाट निर्माण भएको छ । तब पार्वतीले भन्नुभयो की भगवान त्यसक्षेत्रमा हामीले भ्रमण गर्नुपर्छ, त्यो कसले निर्माणग¥यो त्यसपछि स्वयं पार्वती सहित त्यस क्षेत्रमा आउनुभयो हेर्नुभयो यो कसले स्थापना गर्नुभयो अन्तर्चक्षुले हेर्र्दा शैलराज हिमालयले स्थापना गरिएको रहेछ । यता पार्वतीले अनुनय गरिन मेरा वुबाले हाम्रो खोजिमा यो लिङ्ग स्थापना गरेका कारण मेरा वुबा शैलराज अर्थात हिमालय राज हुन र उनको नामबाट यसक्षेत्रको नाम शैलेश्वर क्षेत्र रहने स्वयं शिवजीले यो कुरा पार्वती लाई भत्रुभएको थियो ।
श्री शैलो पिच देवेसी, निवासो मम विश्रुत’।
श्री शैलेश्वर लिङ्गात्मा, तत्र नित्य वसाम्यहम ।।
त्यस क्षेत्रमा एक रुपले निवास गर्नेछु । त्यस क्षेत्रमा सबै देवताहरु आएर तपस्या गर्नेछन, यो सिद्ध भूमि रहनेछ ।
त्यस क्षेत्रमा बसेर जसले भस्म र रुद्राक्ष धारण गरेर पञ्चाक्षर मन्त्रको जाप गर्नेछन् त्यसलाई ठूलो पूण्य प्राप्त हुनेछ । त्यस क्षेत्रमा भगवान शिवले भन्नु भयो स्वयं पार्वतीलाईः
स तु लिङ्ग मयोदेवी नाना कुण्ड विराजितः ।
श्री पर्वत श्रियायुक्तो, नाना लिङ्गविराजित ।।
त्यस शैलेश्वर लिङ्ग संग अरु पनि लिङङ्ग छन र त्यसको समीपमा धेरै कुण्ड छन् । त्यहा एक कालभैरवले स्नान गर्ने ठूलो कुण्ड थियो जसलाई (मसानी विप्या जानेबेला स्नान गरेर आउनुभयो । हाटक नामको कुण्ड त्यसमा स्नान गरेर पूजागरे शिवगण भएर बसिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
हाटकाख्यं महाकुण्डं तल्लिङ्गाग्रे महेश्वरी ।
तत्र स्नात्वा स गौरिशं, सेवया गणपो भवेत् ।
भगवान श्री पार्वतीलाई भन्नुहुन्छ, हे पार्वती यस क्षेत्रमा मेरो साक्षात ज्योर्तिलिङङ्गको दर्शन गर्न पाइने भएकोले यस नदीमा जसले स्नान, तर्पण, श्राद्ध र यज्ञ गर्दछ त्यसलाई शिव सानिध्यता प्राप्त हुन्छ । यसमा कुनै शंका छैन शिव शैलेश्वर रहस्यमा भनिएको छ ।
विभूतिकुण्डं तत्रास्ति स्नानत पाना वगाहनात ।
पाप नाश करं देवी, सर्वे शौभाग्यदायकम ।।
यस्तो पावन अतिपूण्य क्षेत्र शैलेश्वर को जनश्रुतिलाई पनि हेर्ने हो भने हाम्रा वुढापाकाले पनि भन्नुहुन्थ्यो यो भूमि वनारशमा एक धामको नामबाट दर्ता छ, त्यो सत्य हुन्छ भने यो क्षेत्रमा अधिक लिङ्गहरु र वलवान शक्ति भएका अन्य नाना लिङ्गमय भूमि भनेर पनि पूर्वजहरु भन्ने गर्दथे ती सबै यसै नदीको किनारमा यस शल्य नदीको उद्गम् देखि समाप्ति सम्म छन् । त्यो यसको ज्वलन्त उदाहरण हो । अक्ष्योभ्य स्वरुप यस तेजोमय दिव्य जोतिलिङ्गको शक्तिलाई शान्त पार्ने महामाया पराम्बा भगवती स्वरुपा माता उग्रताराले पनि यसै क्षेत्रमा प्रागट्य लिनुभएको र यसको अर्चना र पूजागर्ने व्यक्ति समेत क्षेत्रिय कुलको हुने गरेको तथ्य प्रमाण यहा अहिले पनि छ ।
सँस्कृतको ”यज“ धातुमा नङ् प्रत्यय भएर निकालिएको यस शब्दको अर्थ देवताहरुको पूजा, सत्सङ्ग, दान संगीतिकरण जस्ता शब्दार्थ निस्पति हुन्छन । विशेष गरेर ह्रवनात्मक, पाठत्मक , अभिषेकात्मक र जापात्मक गरि ४ प्रकारका यज्ञहरु हुन्छन् ।
क) अतिरुद्र भनेको के हो ?
रुद्रलाई निम्न भागमा वाँडेको छ ।
१ रुपक वा षडङ्ग पाठ ः रुद्राष्टाध्यायिको आदि देखि अन्त सम्म एकावृति मात्र गरिने पाठ रुपक भनिन्छ ।
२ रुद्र मा एकादशिनी ः रुद्रिलाई नमक चमकद्धारा नियमपूर्वक गरिने एकादश आवृतिलाई रुद्रि वा एकादशिनी भनिन्छ ।
३ लघु रुद्रि एकादशिनी रुद्रिको ( ११×११) १२१ आवृति लघुरुद्रि भनिन्छ ।
४ महारुद्रि : लघुरुद्रिको एघार आवृति अर्थात एघार लघरुद्रि=एक महारुद्रि ( १२१×११=१३३१) आवृतिलाई महारुद्रि भनिन्छ ।
आवृति =अतिरुद्र भनिन्छ ।
५ महारुद्रिको एघार आवृति अर्थात एघार महारुद्रि( १३३१×११=१४६४१)
आवृति =अतिरुद्र भनिन्छ । त्यसैले रुत्=रोदनं ( दुःख) द्रावति ( नाशयति) इतिरुद्र सुख शान्ति आरोग्य प्रदान गर्ने आदि वैद्य, परमात्मा परम देव दुःख लाई नाश गर्ने सुख प्रदान गर्ने देवलाई रुद्र भनिन्छ । यस अति रुद्रवाट सँसारको कल्याण र परमप्रभु परमात्माको प्रशन्नताको लागि अति रुद्रि गरिन्छ । ।
अर्काे कुरा : रुद्रजापि विमुच्येत, महापातक पञ्जरात् ।
सभ्यग्ज्ञानं च. लभते, तेनमुच्चेत वन्धनात् ।।
अतिरुद्रि वा रुद्रि पाठ जप होम वा रुद्र यज्ञ गर्ने मानव महापातक रुपि पञ्जरवाट मुक्त हुन्छ र सम्यक ज्ञान प्राप्त हुन्छ । अन्तमा विशुद्ध मुक्ति प्राप्त हुन्छ ।
यस्ता यज्ञहरु किन गर्ने ?
आजको यस सँसारमा हाम्रो सनातन हिन्दु धर्मप्रति वितिष्णा फैलाउने गरेको पाईन्छ भन्ने गरिन्छ । आगोमा अन्न जलाएर घीउ जलाएर के प्राप्त हुन्छ ? सकिन्छ भन्ने गरिवलाइ भोकोलाई र असहायलाई अन्न प्रदान गर जस्ता भौतिक तर्कहरु आउन सक्छन । तर हाम्रो धर्मग्रन्थ ( ऐतरेयव्राहमण) मा ”यज्ञोपितस्यै जनताय कल्पते“ यज्ञ जनताको कल्याणका लागि हो र गरिन्छ । ”यजोवै श्रेष्ठतमं कर्म “ यज्ञ सवैभन्दा श्रेष्ठतम कर्म हो भनेर (शतपथ व्राहमण ग्रन्थ) मा उल्लेख भएका छन । अर्को शास्त्रीय प्रमाण ”अग्नेर्वौ धुमो जायते धुमादभ्रम भ्राद वृष्टि“ (श. व्रा) यज्ञको अग्निवाट उत्पन्न धुवावाट पर्यावरण शुद्ध हुन्छ । पर्यावरण शुद्ध भएपछि आकाश अन्तरिक्षमा रहेको विषाक्त वादल शुद्ध हुन्छ । अनि त्यस शुद्धवादलवाट भएको वृष्टि अमृततुल्य हुन्छ । र त्यस शुद्ध वृष्टिवाट अन्न सम्भव हुन्छ र त्यस अन्न वाट देवताको भोग र पितृलाई पिण्ड मानवलाई भोजन, ऋषिलाई भिक्षा यहा सम्मकी किटपतङ्ग देखि व्रहम पर्यन्त त्यसै अन्नवाट वाचिरहेको तथ्य प्रमाणित छ । शुद्ध गौ घृतमा जौ र तिल मिलाएर गरेको हवन र त्यसवाट उत्पन्न धुवाले वातावरण तथा खगोलीय पर्यावरण जोगाउन आकाशमा विद्यमान ओजनतह (सूर्यको विकिरण वाट पृथ्वीको सतहलाई वचाउने एक प्रकारको आवरण) मा रहेको विषाक्त हानिकारक वस्तुलाई शुद्ध स्वच्छ अक्सिजन दिएर प्राणीमात्रलाइ वच्न र वचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अनि त्यो अन्नको सूक्ष्मदिव्य तत्वले पञ्चतत्वका अनुग्राहक देवता लगायत, जुन जुन देवता लाई उद्देश्य गरेर हवन गरिएको हुन्छ ततद देवतालाई तृप्ति प्रदान गर्दछ । यो हामीले भनेका होइनौं अग्निहोत्र विश्वविद्यालय वासिङ्टन डि.सी. मा प्रयोग र परिक्षण गरेर प्रमाणित गरि सकेका छन । यहाँ सभ्य कि सामान्य धुवाँ र धुलोले छातिको रोग श्वाशप्रश्वास नलीमा अवरोध गर्दछ र अनेकौं रोग लाई निम्त्याउछ तर वैदिक, पौराणिक अनि तान्त्रिक मन्त्र उच्चारण गरेर गरिएका यज्ञहरुवाट प्राप्त धुवाँले यस्तो नकारात्मक असर पार्दाे रहेनछ । अपितु सकारात्मक ऊर्जा प्रदान गरे ओजनतहको विशालु तत्वलाई नष्ट गरि पर्यावरण शुद्ध पार्दाे रहेछ भन्ने कुरालाई वैज्ञानिकहरुले प्रमाणित गरि सकेका छन । पश्चिम मुलुक र विकसित राष्टूहरु अमेरिका, जापान, चीन आदी जस्ता विकसित मुलुकमा पनि विस्तारै यस्ता माहायज्ञहरु हुन थालेका छन । तसर्थ हाम्रो जस्तो वैदिक र मानवीय सभ्यताको थलो मांनसखण्ड जहा ४० हजार तीर्थ रहेका छन ।
”चत्वरिंशत् सहश्राणी सन्ति तीर्थानि मानसे“ जहाँ जसमध्ये हाम्रो यो शैलेश्वर क्षेत्र पनि एक हो । त्यसैले हामी भन्न चाहान्छौ राष्टू उन्नति र राष्ट्र तथा अन्तराष्टिूय शान्ति, आध्यात्मिकता र वैदिक सनातनको सँरक्षण मानवीय भावनाको विकास नागरिकलाई हाम्रो धर्म भनेको हिन्दु धर्ममात्र नभएर यो एक दर्शन हो । जसले कुशल मानव निर्माण गर्ने अपेक्षा हामीले लिएका छौ । त्यसैले हाम्रो यस अभियानमा जोडिएर यज्ञ सँचालन मा सहभागी हुन देशभरिका राजनेता आचार्य, साधुसन्त, समाजसेवी, वुद्धिजीवि, महिला, युवा,पत्रकार, राष्ट्रसेवक,कर्मचारी सुरक्षकर्मी तथा देश विदेशमा रहेका सवै सनातनीलाई एक्यवध्दता गरि सहयोग गर्नुहुने छ भन्ने आशा लिएका छौं । यस्ता यज्ञहरुवाट मानवलाई मात्र एकवध्द गर्दैन अपितु देवताहरुमा पनि एकता गराएर सभ्य समाज निर्माण हुन्छ । यस विषयमा भगवान कृष्ण भन्नुहुन्छ
”देवान्भावयतानेन ते देवा भावयन्तुवः
परस्पर भावयन्तः श्रेय परममाप्स्यथ ।। गीता ३/११
अर्थात हे मानव हो ! यो यज्ञ गरेर तिमी देवताहरुलाई सन्तुष्ट गर अनि ती देवताहरुले तिमीहरुलाई सुखी र सन्तुष्टि दिनेछन र तिमीहरु सवैलाई यसको परमश्रेय प्राप्त हुनेछ । यसरी विचार गर्दा यज्ञले मनुष्य र देवता वीच उर्जा आदान प्रदान गर्ने एक माध्यम हो भन्ने स्पष्ट हुन्छ । जसरी देवता बीच र मनुष्यविच सम्वन्ध कायम गरे जस्तै राजनेता र जनताविच, जनता जनता विच, राष्ट्र (राष्ट्र वीच, समुह समुहविच सुमधूर सम्वन्ध कायम गरेर राष्ट्र निर्माण को सद्वुद्धि प्राप्त हुनेछ । त्यसैका लागि यस्ता यज्ञहरु सँचालन हुने गर्दछन । अनिमात्र यज्ञ पुरुष भगवानले सवैको कल्याण गर्नुहुन्छ । राष्ट्रमा दिगो शान्ति हुन्छ । भनिएको पनि छ ”धर्मो रक्षति रक्षतः हन्ति धर्माेहत एवच“ हामीले धर्मको रक्षा ग¥यो भने हाम्रो रक्षा धर्मले गर्नेछ । त्यसकारण ”सर्वजन हिताय सर्वजन सुखाय“अतिरुद्रि जस्ता विराट महायज्ञ गर्नु उत्तम कार्य हो ।
यहाँ का नित्य पूजाहरु ः
१. नयाँ वर्षको पहिलो दिन वैशाख १ गते
२.श्रावन महिना भरी नित्य पूजा
३.आश्विन शुक्ल षष्ठिमा महाभोग र शरद नवरात्रभरी पूजा गरिन्छ ।
४.कार्तिक शक्ल षष्टिमा विशेष जात्रा सहित मेला ।
५.पौष महिना भरी नित्य पूजा
६.माघ शुक्ल पञ्चमी श्रीपञ्चमी विशेष पूजा ।
७.वासिन्तिक नवरात्र विशेष पूजा ।
८.नेपालको सबैभन्दा लघुरुदूाभिषेक हुने एकमात्र ठाउँ ।
यस्तो प्रकारको अतिपूण्य र ज्योतिलिङ्ग, शैलेश्वर ज्योतिलिङ्गमा नेपालका मात्र होइन अपितु भारतका विभिन्न क्षेत्रबाट भक्त जनहरु आएर पूजा अर्चना स्नान, दान, तर्पण, श्राद्ध गर्ने गरेको हामी पाउछौ, सबै भन्दा मानवीय दुःख निवारणको अन्तिम विकल्प नै यो शैलेश्वर ज्योतिलिङ्ग हो । वैदिक विधान अनुसार अहिले सम्म पनि सञ्चालन गर्न नसकिएको यस ऐतिहासिक अतिरुद्र विश्वकल्याण विराट महायज्ञमा सहभागि भइ पूण्य लाभ लिनहुन हार्दिक निमन्त्रणा गर्दछौ ।
त्यसैले शैलेश्वर क्षेत्र विकास समितिले यस वर्ष एक धर्म सँस्कृति सभ्यता र गौ सँरक्षणलाई र जीर्ण मन्दिरको पुःन निर्माणको लागि यस यज्ञको आयोजना गरेको छ । आफ्नो तर्फवाट धन मन र तन दिएर मिति २०८१ चैत्र २० गते देखि ३० गते सम्म संचालन भइरहेको यस शैलेश्वर अतिरुद्र विश्वकल्याण विराट महायज्ञमा सहभागि भएर पूण्यलाभ लिन हार्दिक अनुरोध गर्दछौं ।
साथै यस क्षेत्रको धार्मिक, पर्यटकीय दिगोविकास तथा सनातन धर्म संरक्षणको र यस जीर्ण मन्दिरको पुनः निर्माणका लागि साधुसन्त, विद्वानजन, राजनेता, समाजसेवी, वुद्धिजीवि लगायत सबै स्थानीय तह प्रादेशिक निकाय र नेपाल सरकारको सहयोगको अपेक्षा गर्दछौ ।
भगवान श्रीकृष्ण् भन्नुहुन्छ……………
यदा यदा हि धर्मस्य, ग्लानिर्भवति भारत ।
अभ्युत्थानं अधर्मस्य तदात्मानं सृजाम्हम् ।। गिता ४/ ७
अर्थात: जव धर्मको विनाश हुन्छ र अधर्मको विकास हुन्छ ।
हे अर्जुन म आफूलाई प्रकट गर्दछु । भन्नुको अर्थ हो साकार रुपमा म प्रकट हुन्छु ।
परित्राणय साधुनां विनाशाय च दष्कृताम् ।
धर्मसस्था पनार्थाय सम्भवामी युगे युगे ।। चौथो अ. ८ औ
अर्थात सदाचारीको उद्यार र पापीको विनाश गरि समुचित तरिकाले धर्म स्थापना गर्न युगौं युग सम्म म आफूलाई प्रगट गर्ने गर्दछु ।
समादरणीय वैदिक सभ्यताका अनुयायीहरु ः
सर्व देवात्मको रुद्रः सर्वे देवा शिवात्मकः
रुद्रात्प्रवर्तते वीजं वीजयोनी जनार्दनः ।।
यो रुद्रः स स्वयं व्रह्मा यो व्रह्मा स हुताशनः
व्रहम विष्णु म योरुद्रः अग्निसोमात्मकं जगत ।। ( रुद्रहृदयोपनिषद )
अर्थातः रुद्र नै व्रहम हुन रुद्र नै विष्णु हुन रुद्र नै सवै देवताका आत्मा हुन । सर्व देवमय रुद्र ( शिव शैलेश्वर ) को कीर्तन गर्नाले सवै प्रकारका पापहरुवाट मुक्ति मिल्छ
पृष्ठभूमि , सन्दर्भ, कार्यक्रम तथा जानकारी
हाम्रो सनातन पद्धतिमा आधारित उपाशना पद्धति मध्ये एक यज्ञ पनि हो । सँस्कृतको ‘यज्ञ‘ धातुवाट वनेको यस शब्दले देवार्चन, सत्सङ्ग, दान, शुभकार्य गर्नु भन्ने वुझाउछ । र अर्थ प्रदान पनि गर्दछ । ूयज्ञेन यज्ञमय जन्त देवास्तानि धर्माणी प्रथमान्यसन् । ते ह नाकं महिमानः सयन्तयत्र पूर्वे साध्याः सन्ति देवाः ।। ( पुरुष सुक्त १६औ मन्त्र ) अर्थात परंव्रहम परं ज्योति स्वरुप व्रहम को उपाशना द्धारा यजन गर्दै जुन धर्म प्राप्तिको कार्य पहिले थिए जसलाई पूर्व समयमा देवताहरुले साधनाद्धारा प्राप्त गरेर देवता भए , त्यो प्राप्त गर्नुपर्ने परव्रहमलाई हामी यज्ञद्धारा यजन गर्दछौ ।
वास्तवमा मानवीय मनका आत्मचेतना रुपी वैश्वानर मा हवन गरिदिनुलाई यज्ञ भनिन्छ । ( ऐतेरेय व्राहमण ग्रन्थ ) ूयज्ञोपितस्यै जनताय कल्पते ू अर्थात यज्ञ जनताको कल्याणका लागि गरिन्छ । ू यज्ञोवै श्रेष्ठतमं कर्मू( शतपथ व्राहमण ग्रन्थ ) यज्ञ अत्यन्त श्रेष्ठ कर्म हो । वैज्ञानिक श्रेष्ठता ‘अग्नेर्वै घुमो जायते धुमादभ्रमभ्राद वृष्टिः (श. व्रा) यज्ञवाट प्रकट धुवावाट पर्यावरण शुद्ध हुन्छ । तसर्थ सारा वैदिक वाङमय उपनिषद को सार श्रीमद भागवत गीताको विभिन्न अध्यायमा यज्ञ सम्वन्धि प्रसङ्गहरु गरिएका छन ः
अ) सहयज्ञा ः प्रजा दृष्ट्वा , पुरोवाय प्रजापतिः ।
अनेन प्रसविष्य ध्वमेष वोऽष्तिष्ट कामधुक ।। गीता अ. ३ श्लो. १०
अर्थात सृष्टिको सुरुमै यज्ञ सहित मनुष्यको सृष्टिगरेपछि व्रहमाजीले भन्नु भयो यस यज्ञवाट तिमीहरुले समृद्धि हासिल गर्ने छौ र यसले कामनाको पुर्ति गर्ने छ ।
आ) देवानभावयतानेन ते देवा भावयन्तुवः।
परस्परं भावयन्तः श्रेयः परमवाप्रस्यथ ।। गीता ३ श्लो. ११
यज्ञद्धारा तिमीहरुले देवताको उन्नति गर । उनीहरुले तिम्रो उन्नति गर्नेछन । आपसि उन्नतिवाट तिमीहरु उपलव्धि हाँसिल गर्नेछौं ।
इ) अन्नात, भवन्ति भुतानि, पर्जन्यादन्नसंम्ववः।
यज्ञाद भवति पर्जन्यो , यज्ञः कर्म समुदभवः।। गीता अ. ३ श्लो १४
भोजनवाट प्राणी अस्तित्वमा आउछ । वर्षावाट अन्न आउछ, यज्ञवाट वर्षा आउछ, यज्ञकर्मवाट शान्ति उत्पन्नहुने गर्छ । यी शास्त्रीय प्रमाणहरुद्धारा हाम्रो मौलिक परम्परा र वैदिक परम्पराका आधारमा यो सिद्ध हुन्छ की यज्ञ प्राणि मात्रका कल्याणका लागि गरिनेपवित्र कर्म हो ।हाम्रा मन्त्रदृष्टा ऋषिमुनिहरुले स्थापित गरेको यज्ञ सम्पादनद्धारा हरेक समस्याको समाधान मात्र हैन् आफ्ना अभिष्ठ सिद्धिका लागि पनि ठूला ठूला यज्ञ गरेका पौराणिक इतिहास साक्षी छन् । योत भयो वैदिक र पौराणिक यज्ञ प्रमाण अव वैज्ञानिकता को कुरा गरौ ं । आज विश्वमा देखिएको र देखापरेको विश्वव्यापि उष्णता ( न्यिदब िध्बचmष्लन )कम गराउन अनावृष्टि, अतिवृष्टि, खण्डवृष्टिको मारवाट वच्न र वचाउन विभिन्न प्रकारका नया नयाँ महामारी निस्तेज गर्न गराउन राष्ट्र राष्ट्र वीच अस्वस्थ र अमानवीय प्रतिस्पर्धा कम गर्न सवै नेपाली जनताको मनोवल उच्च वनाउन र आत्मवल वढाउन नेपालमा स्थायी शान्ति र सनातनको रक्षाका लागी विश्वमा संचििलत अशान्तिर युध्दंकम गर्न तपोभूमि नेपालको सुदुरपश्चिम प्रदेश डडेल्धुरा जिल्ला स्थित अमरगढी नगरपालिका वडा नं. ७÷८ र नवदुर्गा गाउपालिकाको सीमामा रहेको शैलेश्वर भूमिराज मसानी देवताको यस अलौकिकभूमि शैलः इश्वरइति शैलेश्वर शिलावाट उत्पन्न भएको स्वयंभूलिङग् जहाँ । ूसर्वलिङ्ग मयि भूमि सर्वलिङ्ग मयं जगत् ू।
यो स्थान लिङ्ग नै लिङ्गले भरिएको छ । यहाँ का लिङ्गको महिमा कसैले पनि वर्णन गर्न सक्दैन र प्राचीन कालमा विभिन्न ऋषिको तपोभूमि शिलात्मक भूमि र धार्मिक मान्यता अनुसार यस दोभानमा अर्थी प्रज्ज्वलीत गरे स्वर्गगति प्राप्त हुने , विद्याको याचना गरे विद्या प्राप्त हुने , धनको याचना गरे धन प्राप्त हुने र विजय को याचना गरे विजय प्राप्त हुने यस सिद्ध भूमिमा यही वि. सं. २०८१ साल चैत्र२० गते देखि ३० सम्म शैलेश्वर अतिरुद्र विश्वकल्याण विराट महायज्ञ तथा धार्मिक महोत्सव २०८१ को आयोजना गरिएको छ । यस महायज्ञमा आफूसहभागी भएर वा नभएर पनि अनाफ्नो तन मन धन र वचन समर्पण गरि सहभागिताका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली जनसमुदायलाई हार्दिक आह्रवान गर्दछौ ।
शैलेश्वर अतिरुद्र विश्वकल्याण विराट महायज्ञ तथा धार्मिक महोत्सव २०८१ को प्रमुख उद्देश्य ः
पवित्र तीर्थस्थल शैलेश्वर क्षेत्रको धार्मिक, सास्कृतिक एवं पर्यटकीय महत्वको प्रचार प्रसार गर्न
यस श्री शैलेश्वर महादेव भूमिराज मसानी देवताको मन्दिर नवनिर्माण गर्न
वैदिक सनातन धर्मको प्रचार प्रसार सँरक्षण र सम्वद्र्धन गर्न
युवावर्गमा आध्यात्मीक चेतनाको विकास गर्न
गौ संरक्षण तथा गौपालन सम्वन्धि चेतनाको विकास गर्न
लोपहुन लागेका लोक संस्कृति, लोककला स्थानीय वाजा तथा कलाको संवद्र्धन गर्न ।
अतिरुद्र विश्वकल्याण विराट महायज्ञमा हुने अनुष्ठानहरु ः
व्राहमणद्धारा ११ दिन १४६४१ आवृतिपाठ,
श्रीमद भागवत महापूराण पाठ
वेदपाठ
सप्तसती पाठ
लक्षदीप प्रज्वलन,
सहश्रशालिग्राम परिक्रमा र पूजन
धान्याञ्चल दान
तुलादान, भूमिदान, अन्नदान र गोदान
सहश्रकलश परिक्रमा
नौमुठे गाई पुजन र परिक्रमा , गोदान
यस कार्यक्रमका विशेषताहरु ः
गौदुग्ध मिश्रित जलद्धारा विश्व शान्तिको कामनाले दैनिक रुद्राभिषेक
५१ जना व्राहमण्द्धारा एकै स्वरमा दैनिक रुद्रीपाठ
श्रीमद भागवत पाठपरायण र प्रवचनको अवसर
ख्याति प्राप्त कलाकारद्धारा भजन किर्तन कार्यक्रम
विभिन्न विद्धान गुरु र सन्तद्धारा कथा प्रवचनको अवसर
दैनिक पञ्चव्राहमणद्धारा शल्यनदी , शैलेश्वर र माता उग्रताराको महा आरतिको दृश्य , अवलोकन को अवसर
लोप हुन लागेको अछाममा पाईने नौ मुठे गाईको दर्शन
विभिन्न धामी नाच, हुड्केली , धुमारी, चैत प्रदर्शन आदी ।
यस महायज्ञका विशेष कार्यक्रमहरु ः
मिति २०८१ साल चैत्र २० गते शैलेश्वर अतिरुद्र विश्वकल्याण महायज्ञको शोभायात्रा शैलेश्वरवाट खनमडा भराणहुदै उग्रतारा मन्दिर र पोखरा वजार ऐरीगाउँ पुसनो भडार
सल्लागाउ भराणवाट वाजागाजा सहित मन्दिर परिसमा भराण देउघर हुदै दिप प्रज्वलन वैदिक मन्त्रवाट समुद्घाटन ।
३० गते यस यज्ञको पूर्णाहुति
यस माहायज्ञमा सहयोगको स्वरुप ः
यस अतिरुद्र विश्वकल्याण विराट महायज्ञमा दैनिक कर्ता हुन , भोजन भन्डार गर्न, जलपान गर्न, फलाहार, अन्नदान, तुलादान, धान्यञ्चल दान, गोदान, सहश्रशालिग्राम अर्चना, सहश्रकलशअर्चना, अनुष्ठान, मन्दिर पुननिर्माण दान र सहयोग गर्न सकिनेछ ।
क) अन्नदान, भण्डारा जलपान, फलाहारदान
ख) तुलादान, दृव्यतुला, अन्नतुला, लवणतुला, स्वर्णतुलादान
ग) धान्याञ्चल
घ) सहश्रशालिग्राम अर्चना र दर्शान प्रतिब्यक्ति रु १००१
ङ) गोदान तथा दोदर्शन रु ५०
च) सहश्रकलश परिक्रमा रु ५०१
छ) मन्दिर निर्माण
ज) प्रसाद स्वरुप कलश वितरण रु १०५०
झ) प्रतिदिन महाआरती रु २००१
यस श्री अतिरुद्री विश्वकल्याण विराट महायज्ञका दाताको सम्मान
१ रु ९९९ सम्मको रकम दान पेटिकामा ।
२ रु १००० सम्मको रकम रसिद दिइने ।
३ रु ५००० सम्मको दातालाई सम्मानपत्रद्धारा सम्मान ।
४ रु ११००० सम्मको दातालाई सम्मानपत्र र दोपट्टा ।
५ रु २५००० सम्मको दातालाई विशेष अतिथी वाट सम्मानपत्र दोपट्टा पञ्चवाजा
६ रु ५०००० भन्दा वढी दिने दातालाई सम्मानपत्र वाजागाजा फुलमाला र प्रधानआचार्यद्धारा दोसल्ला सम्मान ।
७ रु १००००० भन्दा वढी दिने दातालाई पञ्चेवाजा सहित आकर्षक सम्मानपत्र दोसल्ला र स्वस्ति वचानबाट सम्मान ।
८ रु २००००० भन्दा वढी दिने दातालाई पञ्चेवाजा स्वास्तिवाचनरसम्मानपत्र शिलालेखमा तीनपुस्ते नाम ।
९रु ५००००० भन्दा वढी चल अचल सम्पति दिने दातालाई पञ्चेवाजाद्धारा दोसल्ला र प्रमुख अतिथीवाट सम्मानपत्र प्रदान तीनपुस्ते नाम मन्दिरको शिलालेखमा लेख्ने ।
१० रु १०००००० सम्म दान गर्ने दातालाई सजाएको गाडीमा फुलमाला लगाई वजार परिक्रमा गराउने पञ्चेवाजा सहित मन्दिरमा ल्याई शान्ति कलशद्धारा अभिशिक्त गर्ने त्यसको नामको लघुरुद्री गर्ने र सम्मानपत्र सहित दुई शब्द वोल्ने मौका दिने । तीन पुस्ते नाम
११ यस महायज्ञमा भूमिदान, तुलादान अन्य नगद वा जिन्सी दान गर्ने सवैलाई दानको मूल्याङ्कन गरि सम्मान गर्ने ।
१२ रु ११००० भन्दा वढी दान गर्ने सवैदाताको नाम शिलालेखमा लेखिने ।
१३ यस माहायज्ञमा माङ्गलिक कलशको प्रतिकलश रु १०५० दातव्य रकम हुनेछ
प्रधान संरक्षक
श्री गौरी शँकर पुरीजी महाराज
श्री शैलेश्वर महादेव भूमिराज देवता क्षेत्र विकास समिति
१. अध्यक्ष श्री खडक बहादुर बोहरा
२. उपाध्यक्ष श्री पदम बहादुर बोहरा
३. कोषाध्यक्ष श्री नर बहादुर साँकी
४. सचिव श्री हरि प्रसाद पाण्डेय
५. सदस्य श्री लोक बहादुर पाल
६.सदस्य श्री यज्ञ बहादुर ऐरी
७. सदस्य श्री यज्ञराज भट्टराई
८. सदस्य श्री तेज बहादुर पार्की
९.सदस्य श्री हर्क विर साँकी
१०. सदस्य श्री पदम बहादुर निदाल
११.सदस्य श्री दयाराम भट्ट
मूल आयोजक समिति
अमरगढी नगरपालिका
गन्यापधुरा गाउँपालिका
परशुराम नगरपालिका
भागेश्वर गाउँपालिका
अजयमेरु गाउँपालिका
नवदुर्गा गाउँपालिका
आलिताल गाउँपालिका
अगरगढी ११ वार्ड कार्यालय
१. संयोजक श्री लोक बहादुर पाल ६५. सदस्य श्री छत्रराज जोशी
२. सदस्य श्री नर बहादुर साकी ६६. सदस्य श्री के.बि.ताम्राकार
३. सदस्य श्री खडक बहादुर बोहरा ६७. सदस्य श्री धर्म ताम्रकार
४. सदस्य श्री पदम बहादुर बोहरा ६८. सदस्य श्री पार्वती झुकाल
५. सदस्य श्री राज पाण्डेय ६९. सदस्य श्री बिस्ना गैराल
६. सदस्य श्री हर्क बिर साँकी ७०. सदस्य श्री लक्ष्मी खर्कवाल
७. सदस्य श्री रतन बहादुर ऐरी ७१. सदस्य श्री जमुना बोहरा
८. सदस्य श्री गोविन्द राज भट्ट ७२. सदस्य श्री सुरत तमोली
९. सदस्य श्री शिवराज पाण्डेय ७३. सदस्य श्री नर बहादुर दियाल
१०. सदस्य श्री चेत बहादुर रोकाया ७४. सदस्य श्री नरेश खड्का
११. सदस्य श्री टंक प्रसाद भट्टराई ७५. सदस्य श्री गगन सिह भण्डारी
१२. सदस्य श्री यज्ञराज भट्टराई ७६. सदस्य श्री तिलक हमाल
१३. सदस्य श्री धर्मराज बोहरा ७७. सदस्य श्री पुष्कर भण्डारी
१४. सदस्य श्री गंगा पन्त ओली ७८. सदस्य श्री रेशव पनेरु
१५. सदस्य श्री तुलाराम साँकी ७९. सदस्य श्री युवराज पाण्डेय
१६. सदस्य श्री हेमराज पाण्डेय ८०. सदस्य श्री भोजराज ओली
१७. सदस्य श्री गगन भाट ८१. सदस्य श्री टेक बहादुर रोकाया
१८. सदस्य श्री गुमानी सिह भाट ८२. सदस्य श्री हरि पाण्डेय
१९. सदस्य श्री इन्द्र बहादुर बोहरा ८३. सदस्य श्री भरत गैराल
२०. सदस्य श्री लक्ष्मण कैनी ८४. सदस्य श्री यज्ञ बहादुर भाट
२१. सदस्य श्री रुद्र निदाल ८५. सदस्य श्री बिर बहादुर पाल
२२. खडक बहादुर पाल ८६. सदस्य श्री दिपक झुकाल
२३. सदस्य श्री खगराज जोशी ८७. सदस्य श्री तिर्थ झुकाल
२४. सदस्य श्री शेर तिरुवा ८८. सदस्य श्री तेज बहादुर ऐर
२५. सदस्य श्री खडक सिह साउद ८९. सदस्य श्री लोकराज पाण्डेय
२६. सदस्य श्री राज बहादुर झुकाल ९०. सदस्य श्री राजेन्द्र भट्ट
२७. सदस्य श्री डम्बर बहादुर गैराल ९१. सदस्य श्री भोजराज भाट
२८. सदस्य श्री शेर बहादुर ढाँट ९२. सदस्य श्री दिपेन्द्र भट्ट (काजी)
२९. सदस्य श्री तिर्थ बहादुर भाट ९३. सदस्य श्री लाल बहादुर ऐरी
३०. सदस्य श्री राज बहादुर लुहार ९४. सदस्य श्री धन बहादुर झुकाल
३१. सदस्य श्री धन बहादुर भण्डारी ९५. सदस्य श्री लक्ष्मण कैनी
३२. सदस्य श्री लक्ष्मण बहादुर भण्डारी ९६. सदस्य श्री राज लुहार
३३. सदस्य श्री दल बहादुर भण्डारी ९७. सदस्य श्री चन्द्र बहादुर रोकाया
३४. सदस्य श्री केशब सिह भण्डारी ९८. सदस्य श्री लक्ष्मण झुुकाल
३५ सदस्य श्री हिक्मत बहादुर साहु ९९. सदस्य श्री करुणकर ओझा
३६. सदस्य श्री धर्म राज भट्ट १००. सदस्य श्री लाल बहादुर साउद
३७. सदस्य श्री यज्ञ बहादुर ऐरी १०१. सदस्य श्री पदम बहादुर गैराल
३८. सदस्य श्री दत्त राज जैशी १०२. सदस्य श्री भुवन प्रसाद जोशी
३९. सदस्य श्री कृष्ण बहादुर झुकाल १०३. सदस्य श्री नवराज जोशी
४०. सदस्य श्री हरि लाल पार्की १०४. सदस्य श्री रुद्र महर
४१. सदस्य श्री कमल कैनी १०५. सदस्य श्री तारा प्रसाद जोशी
४२. सदस्य श्री तेज बहादुर कैनी १०६. सदस्य श्री जोग बहादुर ऐर
४३. सदस्य श्रीश्याम राज ओझा १०७. यज्ञ ब. साँकी
४४. सदस्य श्री बहादुर सिह बोहरा १०८.श्याम ब.साँकी
४५. सदस्य श्री हरि प्रसाद भट्ट १०९. तेज ब. साँकी
४६. सदस्य श्री रामचन्द्र पाण्डेय ११०. तेज ब. साँकी (धामी)
४७. सदस्य श्री पुष्पराज भट्ट १११. शिब सिंह साँकी
४८. सदस्य श्री राजेन्द्र भट्ट ११२. भिम ब. साँकी
४९. सदस्य श्री हरि बहादुर खड्का ११३. तेज ब. रावल
५०. सदस्य श्री डम्बर बहादुर भण्डारी ११४. डम्बर ब. झुकाल
५१. सदस्य श्री नारद प्रसाद जोशी ११५. हरी ब. ढाँट
५२. सदस्य श्री खडक बहादुर बुढाऐर ११६. मोहन राज ओझा
५३. सदस्य श्री देव राज भट्ट ११७. दिपक रोकाया
५४. सदस्य श्री टिका दत्त पाटक ११८. पदम रोकाया
५५. सदस्य श्री यज्ञराज अवस्थी ११९. गोपाल रोकाया
५६. सदस्य श्री शेर बहादुर साउद १२०. खडक बहादुर ढाँट
५७. सदस्य श्री जगत महर १२१. लोक राज भट्ट
५८. सदस्य श्री टेक राज भट्ट टि.आर. १२२. डम्बर देव भट्ट
५९. सदस्य श्री प्रेम बहादुर बोहरा १२३. पदम सिह भण्डारी
६०. सदस्य श्री भोजराज भट्ट १२४. भक्त बहादुर साँकी
६१. सदस्य श्री दुर्लभ सिह ऐर १२५. दलजित गैराल
६२. सदस्य श्री दुर्लभ सिह झुकाल १२६. कर्ण बहादुर साँकी
६३. सदस्य श्री लक्ष्मी धिक्त १२७. भिम बहादुर रोकाया
६४. सदस्य श्री शिद्धराज पाठक १२८. जनक रोस्यारा
उप समितिहरु ः
अर्थ सँकलनः
१. श्री नर बहादुर साँकी
२. खडक बहादुर बोहरा
३. गोविन्द राज भट्ट
४. शेर ब. साउद
५. जगत बहादुर महर
६. लाल ऐरी
७. दत्त सिंह भण्डारी
प्रचार प्रसार समिति
१. वीर बहादुर पाल
२ तिलक हमाल
३. भरत गैराल
४. दिल बहादुर ओली
५. यज्ञ भाट
६. सुरत तमोली
७. दिपक रोकाया
८. हरि साउद
९. खेम विष्ट
भौतिक पूर्वाधार निर्माण
१. गंगा राम ओली
२. रतन ब. ऐर
३. धर्मराज बोहरा
४. बहादुर बोहरा
५. रुद्र निदाल
६. वीर ब. भाट
७. हर्कवीर साँकी
८. धर्मराज पाण्डे
९. डम्बर बहादुर भण्डारी
१०. हरि पाण्डे
११. दिपक झुकाल
१२. रामचन्द्र पाण्डे
१३. भीम पाल
बाह्मन व्यवस्थापन समिति
१. श्री यज्ञ बहादुर ऐरी
२. श्री रतन ऐरी
३. श्री धर्म बोहरा
प्रचार प्रसार उप–समिति
१. श्री टेक राज अवस्थी
२. श्री बरुण पनेरु
३. श्री पुष्कर भण्डारी
४. लोकेन्द्र ओझा
५. रिसब पनेरु
६. डम्बर निदाल
७. करन ताम्राकार (काठमाडौंका लागि सम्र्पक व्यक्ति)
“जय श्री शैलेश्वर”