अखण्ड सम्बाददाता, डडेल्धुरा
३ अषाढ २०७९
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका प्रमुख राम बहादुर कुरुमानले भ्रष्टाचार प्रबृति सबै क्षेत्रमा गिजोलिएका कारण भ्रष्टाचार बिरुद्धको शुन्य सहनशिलता नारामा सिमित हुन पुगेको बताएका छन ।
शुक्रवार भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका विषयक डडेल्धुरा जिल्ला स्तरिय अन्र्तक्रिया कार्यक्रममा सार्बजनिक सेवाका लागि परिक्षाबाट आएका सरकारी कर्मचारी वा निर्वाचित सार्बजनिक पद धारण गरेका कुनै पनि व्यक्तिले गैरकानूनी तथा अनुचित कार्य गरेमा भ्रष्टाचार ठहर हुने भन्दै राज्य श्रोतको दोहन गर्ने व्यक्ति कुनै बेला पनि कानूनी दायरामा आउन सक्ने तर्फ सचेत गराईएको छ ।
कमजोर लोकतन्त्र, महंगो निर्वाचन प्रणली, राजनीतिक ईच्छाशक्तिमा कमी, प्रशासनिक अस्थिरता र राजनीतिक हस्तक्षेप तथा संरक्षण, दण्डहिनता जस्ता राजनीतिक तथा प्रशासनिक कारण र भ्रष्टाचार प्रोत्साहन संस्कृति, सामाजिक कुरिति, बिसंगति, बढदो असामाजिक क्रियाकलापहरु, मानवीय मूल्य मान्यता ह्रास तथा भडकिलो संस्कृति र देखासिकी लगायत आर्थिक सामाजिक तथा साँँस्कृतिक कारणहरुले गर्दा समाजमा भ्रष्टाचारका घटनाहरु विकसित हुन लागेको तर्फ सम्बन्धित सरोकारवालको ध्यानाकर्षण गराईएको छ ।
हाम्रो चाहना, स्वच्छ पारदर्शी र भ्रष्टाचारमुक्त राज्य संरचनाको स्थापना भन्ने मुल ध्येयका साथ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका प्रमुख राम बहादुर कुरुमानको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न अन्र्तक्रियाका सहभागिहरुले कार्यालयले सम्पन्न गरेका गतिबिधिहरु, उपलब्धीहरुमा टिप्पणि गर्दै आयोगको क्षेत्राधिकार, कार्यबिधि तथा कार्य सम्पादनका बिबिध विषयमा प्रश्न गर्दै महत्वपूर्ण सुझासल्लाह पनि दिएका छन ।
भ्रष्टाचारका विषयमा सबैभन्दा बढि प्रदेश सरकारबाट विनियोजन हुने योजना तथा कार्यक्रममा तोकादेश योजना र कमिसनको चलखेल हुने गरेको, अनियमितताका विषय सञ्चार माध्यममा उजागर भए पछि मात्र आयोगको ध्यान जाने त्यसमा पनि कतिपय महत्वपूर्ण उजुरीहरु लामो अनुसन्धानको प्रकृयामा रहनु रहष्यको विषय भएको प्रति जिज्ञासा सहित गुनासो राखिएको थियो ।
भ्रष्टाचार न्यूनिकरणका लागि निरोधात्मक, उपचारात्मक र सुशासन प्रबद्र्धनात्मक कार्य नीति रहेको आयोगले दर्ता भएका उजुरीलाई अनुसन्धान गरि केहि कार्यालयबाट फछर्योट र केहि विशेष अदलालतमा दर्ता गरिने भए पनि सरकारको ईच्छाशक्तिको अभावले जनअपेक्षा र उद्देश्य अनुरुप लक्ष्य प्राप्ती हुन नसकेको आयोगको अनुभव रहेको अवस्थामा सबै क्षेत्रबाट सुशासनका लागि पहल र दबाब सिर्जना गर्नु पर्ने बताएका छन ।
जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, शिक्षक, सरोकारवाला संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको अन्र्तक्रिया कार्यक्रममा आयोगको गति सुस्त गतिमा र भ्रष्टाचार तिब्र गतिमा दौडिरहेको बर्तमान अवस्थामा आयोगको दायरा राजनीतिक प्रभाबमा खुम्चिएको अनुभव जनताले गरिरहेको र आयोग प्रति जनविश्वास घटदै गएकोले आगामी दिनमा प्रभाबकारी बन्न सहभागिले आग्रह गरेका छन ।
अन्र्तक्रिया कार्यक्रममा विशिष्ट अथिति प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भ्रष्टाचार सामाजिक रोग बनिसकेकोले न्यूनिकरणका लागि बिद्यमान कानूनको अक्षरस पालना गर्न सबैलाई आग्रह गर्नुृ भयो भने कार्यक्रमका प्रमुख अथिति तथा जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारीले सार्बजनिक सेवाप्रवाह संस्थाहरुले ईमान्दारिपूर्वक कार्यसम्पादन गर्न, पारदर्शी र जवाफदेहि बन्नु पर्ने भन्दै भ्रष्टाचार नियन्त्रण तथा सुशासनमा जिल्ला समन्वय समिति प्रतिबद्ध रहेको बताए ।
कार्यक्रमको समापन गर्दै कार्यालय प्रमुख कुरुमानले उजुरी परे पछि अनुसन्धानको क्रममा पनि सूचनाहरु अस्पष्ट आउने, बिलम्ब हुने, जिम्मा नलिने र पन्छिने प्रबृति हुने र कागजातहरु पनि गोलमटोल आउने गरेका कारण आयोगका अनुसन्धानहरु प्रभावित हुने गरेको बताउँदै धेरै जसो स्थानीय तहमा डिपिआरका नाममा अस्वभाविक करोडौं रकम खर्च गर्ने प्रबृतिले आम जनतामा निरासा फैलिनु स्वभाविक भएको भन्दै स्थानीय जनप्रतिनिधि तथा निकायका अख्तियारी प्राप्त अधिकारीहरु जिम्मेवार बन्न आग्रह पनि गरेका छन ।
