Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

भित्रिमधेशमा दुग्ध व्यवसाय फष्टाउँदै

Posted on July 16, 2022July 16, 2022
Share this post
       

टेकराज अवस्थी
३१ अषाढ २०७९ डडेल्धुरा
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले आर्थिक वर्ष २०७८÷०७९का सम्पन्न कार्यक्रमको अनुगमन गरेको छ ।
जिल्लाको भित्रिमधेश क्षेत्रमा रहेका कृषि तथा पशुपालन कृषकहरुलाई प्रदान गरिएको आर्थिक सहयोग एवं अनुदानको प्रमुख जिल्ला अधिकारी एवं कार्यालय प्रमुख, प्रतिनिधि र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मी सहितको टोलीले आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकामा रहेका दुग्ध व्यवसाय, कुखुरापालक, स्वस्थ मासु कटिङ पसलहरु, जर्सी गाई पालक, भैंसिपालक कृषकका गोठ तथा खोर र पसल फर्महरुमा स्थलगत अनुगमन गरि कार्यक्रमको प्रभाबकारिताको अवस्था अध्ययन गरेको हो ।
कार्यालयले अधिकांश फर्म तथा कृषकहरुले राज्यबाट प्राप्त गर्ने सेवासुबिधाको सदुपयोग गरि संचालन गरेका छन भने केहि योजना तथा कार्यक्रमहरु भौतिक रुपमा निर्माण सम्पन्नताको अवस्थामा रहेको देखिएको छ साथै अनुदानग्राही कृषक तथा व्यवसायीको प्रगति सन्तोषजनक मात्र नभई आम उपभोक्ता पनि लाभान्वित भएका छन ।
कार्यालयको लक्ष्य अनुसार आलितालको मष्ठो गाईभैंसि तथा दुध संकलन केन्द्र आलिताल ६ लामजाले, साधना डेरी उद्योग पशुर्रराम १२ जोगबुढाले व्यवसायिक रुपमा कार्य अगाडी बढाई सकेका छन भने अन्य दुध संकलन केन्द्रमा व्यवस्थापकिय चरणमा रहेको कृषकहरुले जानकारी दिएका छन ।
बिगत साढे तिन वर्ष देखि स्वलगानीमा संचालनमा आएको साधना डेरीले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको आर्थिक अनुदान सहयोगमा आफ्ना दुग्धजन्य उत्पादनहरु खुवा, आईसक्रिम, मिंठाई, वटर, छुर्पि, पनिर, लस्सी, दुध दहि महि लगायतका सेवाहरुलाई विकास गर्दै सुदूरपश्चिमका पहाडी जिल्ला लगायत कैलाली र संघिय राजधानी काठमाण्डौं सम्म निर्यात गरेर बिस्तार पनि गरिसकेको साधना डेरी उद्योग संचालक पवन सिंहले जानकारी दिएका छन ।
यस्तै भित्रिमधेशका सडक करिडोरमा विकसित गरिएका डेरीहरु मार्फत कृषकहरुले जर्सीगाई तथा भैंसिंको हजारौं लिटर दुध उत्पादन गरेर मनग्गे आर्थिक उपार्जनको बाटो अबलम्बन गर्नु साथै डेरीहरुले कृषकबाट संकलन गरेको स्थानीय क्षेत्रमा खपत बन्दा बढि दुध सुदूरपश्चि प्रदेश राजधानी धनगढी सम्म पनि धनगढी दुग्ध विकास संस्थानलाई नियमित बिक्रि गरेर बजारको सुनिश्तिता पाए पछि कृषकहरु पनि व्यवसायिक कृष तथा पशुपालनमा उत्साहित र खुशी पनि भएका छन ।
कार्यालयको परामर्श तथा बजेट बितरण कार्यान्वयन प्रणाली प्रति खुशी हुनुका साथै आगामी दिनमा दुध उत्पादन, बजार र व्यवस्थापनको क्षेत्रमा अझै ध्यान दिदन पर्शुराम नगरपालिका वडा नंं. ५का कृषक तथा दुध संकलक व्यवसायी सुरेन्द्र बोहराले सम्बनिधत निकायलाई आग्रह पनि गरेका छन ।
यस्तै चार सय जर्सि गाई र १५ जति भैंसिं रहेका पर्शुराम नगरपालिका वडा नं. १२ तुलाभाडीमा श्री पूर्णागिरी कृषि तथा पशुपालन महिला कृषक समूहद्वारा संचालनमा आएको दुध संकलन तथा प्रशोधन केन्द्रको स्वामित्वमा रहने गरि कार्यालयले भवन निर्माण सहयोग गरेको भए पनि बिद्युत जडानमा भएको ढिलासुस्तीका कारण व्यवस्थित रुपमा संचालन हुन नसकिरहेको सहकारी सदश्य एवं डेरी संचालक करबीर धामीले बताए ।
यता भिमदत्त राजमार्गमा खिरका लागि चर्चित रहेको बाजेको खिर पसल तथा गड्डी भैंसिं संरक्षण तथा प्रबद्र्धन कार्यक्रम अन्र्तगत कृषक शेर बहादुर देउवाको भैंसिं पालन फर्ममा भैंंसिको अवस्था, व्यवसायको अवस्था लगायत सेवा र सुबिधाका बारेमा पनि टोलीले अवलोकन अनुगमन तथा छलफल पनि गरेको छ ।
स्थानीय जनप्रतिनिधि सहितको टोलीले अवलोकन तथा अनुगमनका क्रममा कृषक, दुध संकलन डिपो, डेरी तथा पसलहरुमा सरकारी लगानीको सदुपयोग र उपभोक्ताको स्वास्थ्य हितमा हुने गरि सुधार सहितको आवश्यक सुझाव पनि दिएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com