Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

भित्रिमधेशका किसान आलु खेतीमा आकर्षित

Posted on February 7, 2023February 7, 2023
Share this post
       

अखण्ड सम्बाददाता
उत्पादन बढेपछि निर्वाहमुखि आलु खेति गरिरहेका डडेल्धुराका किसानहरु आलुखेती तर्फ आकर्षित हुन थालेका छन ।
डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ४कटालका करिब एक सय घरधुरीमा आर्थिक वर्ष २०७९/०८० मा मुख्यमन्त्री नमूना तरकारी गाउँ कार्यक्रम अन्र्तगत तिन वर्षका लागि व्यवसायिक आलु तथा ताजा तरकारी कार्यक्रम संचालन भए पछि कृषहरु उत्साहित भएका हुन ।
अघिल्लो मौसमी आलु खेतीबाट कृषकहरुले आलुखेतीबाट राम्रो उत्पादन भए पछि खुसी मात्र भएका छैनन भएका आलु खेतीका लागि ३० हेक्टर क्षेत्रफलमा आलु खेती लगाउने गरि सक्रिय भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका पकार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिनु भएको छ ।
जिल्लाको भित्रीमधेशमा पर्ने आलिताल गाउपालीका र परशुराम नगरपालिकाका कृषक परम्परागत खेतीबाट दैनिक छाक टार्न समेत समस्या रहेका यस क्षेत्रका कृषकहरुले अहिले आलु तथा अन्य तरकारी खेतीमा आलु सुपरजोन सहित कृषि ज्ञान केन्द्र डडेल्धुराले यान्त्रिकरण तथा वीउविजन र परामर्श सहयोग गरे पछि निकै आम्दानी गर्दै आएका छन ।
किसानहरुले दुई क्वीन्टल आलु लगाएर २५/३० क्युन्टल आलु फलाएका छन । आलु बाट राम्रो आम्दानी हुन थालेपछि किसानहरुले समुह नै बनाएर आलुखेति गरिरहेका छन । सिजनमा कृषकले आलु बिक्रि गरेरै २० देखी ३० लाख आम्दानी हुने कृषक लाल बहादुर डाला मगरको भनाई छ ।
आर्थिक, प्राविधिक, सिचाईको शुविदा तथा यन्त्र उपकरणमा आलुसुपर जोनले सहयोग गरेपछि किसानहरुलाई आलुखेती गर्ने हौसला बढेको कृषक सुरेन्द्र बहादुर बोहराले बताए । गहु खेतीको यो समयमा किसानहरुले अहिले आलुखेती गरेर मनग्य आमदानी संगै घरखर्च धानिरहेको अगुवा कृषक देवराज जोशी बताउँछन ।
जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, आलु सुपरजोन कार्यान्वयन इकाई कार्यालय डडेल्धुराले आर्थिक, प्राविधिक, तथा यन्त्र प्रबिधि उपकरणमा सहयोग गरेपछि अहिले डडेल्धुरा जिल्लामा १७ सय ९१ रोपनिमा कृषकहरुले आलुखेति गरिरहेको आलु सुपरजोन डडेल्धुराका निमित्त कार्यालय प्रमुख ध्रुबराज जोशीले बताउनु भयो ।
स्थानीय सरकार सहित त्रिपक्षिय सहयोगले परम्परागत खेतीमा सिमित भएका किसानहरुले अहिले आलुखेतीको शुरुवात गरेका छन । व्यवसायिक रुपमा आलु खेती गर्ने कृषकहरुले वर्षेनी आलुमा लाग्ने रोगको जोखिम कम गर्न स्थानीय सरकार जनप्रतिनिधि लगायत सरोकारवाला निकाय पनि ध्यान दिनु पर्ने किसानहरको माग रहेको छ ।
डडेल्धुरा जिल्लामै अहिले बिउ आलु समेत कृषकले उत्पादन गर्ने गरेपछि गन्यापुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाको रुवाखोला, जर्मना, भात्काँडा, अमरगढी नगरपालिकाको तडिबटा, फिन्नेकोट, पोखरा, सल्लागाउँ ढाँटगाउँ, नवदुर्गा गाउँपालिकाको असुर्पा, आलितालको गाङखेत तथा पर्शुराम नगरपालिकाका बिभिन्न वडा र अजयमेरुका केहि गाउँ लगायका क्षेत्रमा स्थानीय किसानले अर्गानिक आलु खेती गर्दै आएका छन ।
डडेल्धुरा जिल्लामा पछिल्लो समय व्यवसायिक रुपमा आलु खेती गर्न थाले पछि आलु बिउको स्क्रिनिङ हाउस, शित भण्डार र ठाउँठाउँमा बिभिन्न तरकारकिा प्लाष्टिक पोलिहाउस र टनेलहरु जस्ता पूर्बाधार निर्माण पनि भएका छन भने जिल्ला आलुमा आत्म निर्भर हुनुका सार्थ किसानहरुको मनग्गे आम्दानीबाट आर्थिक उन्नती पनि भएको कृषि विज्ञहरुको भनाई छ ।
कृषि ज्ञान केन्द्र डडेल्धुराले पर्शुराम १२ आमपानीमा रहेका राउटे समुदायका किसानलाई पनि निशुल्क वीउबिजन तथा तरकारी खेतकिा लागि आवश्यक सामग्री पनि उपलब्ध गराउको कार्यालय प्रमुख भट्टले जानकारी दिएका छन ।
डडेल्धुराका कृषकहरुले लामो समयदेखी गर्दै आएको परम्परागत खेती गहँु तथा धान खेती छोडेर व्यवसायिक रुपमा आलु लगायत काउली टमाटर बन्दाकाउली र मूला लगायत हरियो ताजा तरकारी खेती गर्दै आएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com