Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

बेथिति र बेईमानीका बिरुद्ध तालमेल –डा.तारा जोशी

Posted on October 15, 2022October 15, 2022
Share this post
       

अखण्ड सम्बाददाता
२९ असोज २०७९ डडेल्धुरा
डडेल्धुरामा मंसिर ४ गते हुने आम निर्वाचनका लागि नेपाली काँग्रेस विपी र नेकपा एको समर्थनमा स्वतन्त्र उम्मेदवारी बिच सहकार्य हुने भएको छ ।
शनिवार सयुंक्त पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवार डा. तारा जोशी र नेपाली काँग्रेस वीपीका उममेदवार निवर्तमान प्रदेश सभा सदश्य कर्ण बहादुर मल्लले ३१ वर्ष सम्म डडेल्धुराका जनताले दिएको अभिमतको बर्तमान प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अपमान गरेको बताएका छन । जनतामा विकासको परिभाषा, अभिमतको मूल्य र मान्यताको प्रत्याभूति दिलाउन आफूहरुमा योजना भएको र जनतालाई त्यसको प्रतिफल दिन आफूहरु ईमान्दार भएर लाग्ने बताउँदै जनप्रतिनिधि र आम मतदातामा लोकतान्त्रिक चेतना अभिबृद्धि गर्न चुनावी तालमेलको आवश्यकता रहेको भिजन डडेल्धुराका अभियन्ता डा. जोशीले बताएका छन ।
२०७४मा प्रदेश निर्वाचन क्षेत्रमा प्रतिस्पर्धि रहेर उप विजेता रहेका जोशीलाई उनको योग्यता क्षमता बौद्धिक्ता र तपस्यालाई जनताको अभिमत मार्फत परिक्षा गर्ने अवसरका लागि आफूले रोजेको बताउँदै राज्य सत्ता र शक्तिको प्रलोभनलाई त्यागेर जनताको प्रत्यक्ष सेवा गर्ने मनसायले आम निर्वाचनमा होमिएको भन्दै डा. जोशीलाई प्रदेश निर्वाचन क्षेत्र ख मा र प्रतिनिधि सभामा आफूलाई आम मतदाताले सहयोग गर्नेमा विश्वस्त रहेको पूर्व साँसद मल्लले बताए ।
नेपाली काँग्रेस वीपी र नेकपा एसका जिल्ला नेतृत्व सहित उम्मेदवार बिच भएको भद्र राजनीतिक सहमतिपत्रद्वारा हस्ताक्षरित बिज्ञप्तीमा डडेल्धुरा जिल्लाका सम्पूर्ण आम मतदाता जनसम्दायलाई निष्पक्ष, भयमुक्त, स्वच्छ, विवेकपूर्ण छनौटको बाताबरण सिर्जना गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै जनतालाई सक्रिय सहभागिताका लागि अनुरोध पनि गरिएको छ ।
दुबै पक्षका उम्मेदवारलाई मतदान गर्न गराउन पार्टी पंक्ति सक्रिय हुने र प्रभाबकारी रुपले सम्पन्न गर्ने प्रतिबद्धता सहितको चुनावी समिकरण सहमति पत्रको नेकपा एसका जिल्ला अध्यक्ष कबिन्द्र बिष्टले बाचन गरि जानकारी गराएका थिए ।
निर्वाचनमा बिभिन्न हतकण्डा अपनाएर विजयी हुने र निर्वाचित भएर मतदात तथा जनतासँग साक्षात्कार गर्न कहिल्यै पनि नआउने जनप्रतिनिधि लोकतान्त्रिक हुन सक्तैन भन्दै पार्टी भित्रको उकुसमुकुस, अन्यायलाई चिर्दै जनतालाई पुर्नजागृत गर्न र निरंकुश प्रबृतिका बिरुद्ध उठेको आवाज र बिद्रोहको आफूले उच्च सम्मान गरेको जोशीले बताए ।
पार्टीको आन्तरिक जीवन र सार्बजनिक महत्वको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा आफूलाई बिद्रोहिको व्यवहार गरेको डडेल्धुराबासीलाई थाहा छ, गलत काम र प्रबृतिको बारेमा बोल्दा नेतृत्वले नरुचाएको तर आफू दासत्व प्रबृति स्वीकार गर्न नसक्ने अवस्थामा पुगे पछि आज यो अवस्था सिर्जना भएको नेपाली काँग्रेस डडेल्धुराका निबर्तमान सभापति मल्लले बताए ।
२०७४ को प्रदेश निर्वाचन क्षेत्रमा प्रतिस्पर्धि रहे पनि सहपाठी, एकै गाउँका प्रभावशाली नेताद्वय मल्ल र जोशी समयको माग अनुसार एउटै मञ्चमा उभिन पाउँदा आफूहरु खुशी भए पनि प्रतिनिधि सभा सदश्य पदका लागि सातौं पटक मैदानमा रहेका देउवालाई डडेल्धुराका जनताले मतदान गर्नु पूर्व जिल्लाको विकास र बोलेका बाचा पुरा गर्ने सन्दर्भमा प्रश्न गर्ने शाहस राख्नु पर्ने सुझाव दिएका छन ।
नेपाली काँग्रेस वीपीका नेता हरि प्रसाद भट्टले नेपालका प्रधानमन्त्रीहरु मध्ये सबै भन्दा कलंकित र जनताले घृण गर्ने प्रधानमन्त्री जुद्ध शम्सेर र शेर बहादुर रहेको जिकिर गर्दै उहाँले डडेलधुराका जनतालाई पटक पटक बिभिन्न बाहनामा ढाँटने र अपमान गर्ने काम गरेकोले आजीवन मत माग्ने नैतिक अधिकार नभएको बताएका छन ।

साथै  नेकपा एमालेसँगको तालमेल र जारी विज्ञप्तीका बारेमा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिदै नेता मल्लले भने केन्द्रमा नेकपा एमालेसँग कुराकानी भए पछि जिल्लामा पार्टीले नै सर्कुलर र प्रयास गर्नु पर्नेमा जिल्लाका नेताहरुसँग पटकपटक छलफल पनि भएको तर के कति कारणले उहाँहरु अन्तिम समयमा यूटर्न हुनु भयो आफूलाई कुनै जानकारी पनि नभएको बताए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा
  • उम्मेदवार प्रति आक्रोसित अमरगढीका मतदाता
  • चुनाव केन्द्रीत वीपि काँग्रेसको बैठक, डा. ताराको मल्लसँग रहष्यमय भेट
  • मेडिकल कलेजको डिपिआर कार्यान्वयनमा ढिलाई, बजेट अभावले तिन वर्ष देखि अपेक्षित काम हुन सकेन

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com