Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

बुढि बाडदै सुदूरमा ओल्के

Posted on August 17, 2024August 17, 2024
Share this post
       

अखण्ड सम्बाददाता
१ भाद्र २०८१ डडेल्धुरा
बन्ढुनी बाडदै र शुभकामना आदान प्रदान सहित भाद्र संक्रान्तीका दिन सुदूरपश्चिमका जिल्लाहरूमा ओल्के पर्व धुमधामका साथ मनाइँदैछ ।
ओल्के पर्व अर्थात आफन्तलाई ओल्को अर्थात सौगात उपहार वा कोसेली दिने र खानपिन गरि वर्षा ऋतुसँगै नवजीवन प्राप्तिको उत्सवको रुपमा मनाईने ओल्के पर्व बिहान बन्ढुनी बाडिन्छ भने साँझ मिठो मसिनो पकाएर खाने र बाँडने परम्पराका साथ मनाइन्छ ।
आफूभन्दा ठूलावडा, मान्यजन वा जेष्ठ नागिरकलाई सम्मान स्वरुम गाभा अर्थात कर्कलाको भित्री पात (गावा), फलफूल, मीठो मसिनो आदि दिनु खानु, हातमा मेहन्दी लगाउनु ओल्के पर्वका भिन्नै विशेषता हुनुका साथै वर्षका चाडपर्वहरु शुरु हुने हुँदा यस पर्वलाई सुदूरपश्चिमबासीले जेठो पर्वका रुपमा पनि लिने गर्छन ।
आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर रमाईलो गर्दै कुनै स्थानमा बिहान त कुनै स्थानमा बेलुका रुखका हांगा तथा झ्यांग काटेर एकठाउँमा थुपार्दै लिंगो जस्तो बनाई बुढी बाडने र असोज १ गतेका दिन बुढी अर्थात भगवान श्रीकृष्णले राक्षसी पुतनालाई बध गरेको खुशीयालीमा विजय उत्सवका रुपमा मनाइने र दहन गर्ने चलन रहेको छ ।
डोटेली भाषा शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही वस्तु वा उपहारलाई जनाउँने भएकाले यस्तो सम्मानोपहार दिने “विशेष दिन” नै संस्कृति, परम्परा र आस्थाको प्रतीकका रुपमा ओल्के संक्रान्तिका नामले सुदूर पश्चिममा धुुमधामसंग मनाइन्छ ।
वर्षायामका प्राकृतिक तथा स्वास्थ्य प्रकोपबाछ मुक्त भएको खुशीमा बन्ढुनी बाडदै ओल्के पर्व मनाईन्छ भने बुढी पोले पछि अनिष्ट टारिने जनविश्वास सुदूर पश्चिममा रहिआएको छ ।
हरियालीले पाखा पर्वत ढाक्दै प्रकृतिको रुपरंग फेरिने, खोला नाला सुसाउने, कामको चटारोले कसैलाई फुर्सत हुँदैन तैपनि “साउनकी काली रात” का डरलाग्दा किस्साहरू लगायत समय सान्दर्भिक र कथागाथा सुनाउँदै एकै ठाउँमा बुढापाकाहरु भेलाहुने अर्तिउपदेश दिने, गाएँसमाजको एकताका कुरा गर्ने जस्ता परम्परा लोप भए पनि गाउँगर्खामा बन्ढुनी हाल्ने र ओल्के संक्रान्ति मनाउने संस्कृति सुदूरपश्चिममा जीवन्त रहिआएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com