Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

बिद्यार्थीलाई बैज्ञानिक बनाउने प्रयास

Posted on June 30, 2023June 30, 2023
Share this post
       

टेकराज अवस्थी

१५ अषाढ २०८० डडेल्धुरा

विज्ञान प्रति बिद्यार्थीको अभिरुचि बढाउन डडेल्धुरामा जिल्ला स्तरिय विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बिद्यालय तहका बिद्यार्थीहरुलाई विज्ञान तथा गणित विषयमा रुचि जगाउन उद्देश्यले आयोजना गरिएको नमुना प्रदर्शनीमा १४ बिद्यालयको सहभागिता रहेको थियो ।
मानविय जीवनका आवश्यकता, बिज्ञान प्रबिधिका बिभिन्न बिधाहरुको नमूना प्रदर्शनी गरिएको आयोजक संस्था श्री बैजनाथ माध्यमिक बिद्यालय अमरगढी २ मौरडाका प्रधानाध्यापक मोहन सिंह धामीले जानकारी दिनु भएको छ ।
प्रदर्शनीमा आधुनिक कृषि प्रबिधि, यान्त्रिकरण, जलबायु प्रबिधि र असर, सोलार सिष्टम, हरितगृह सहितको स्मार्ट सिटिको अबधारणा, वायुउर्जा, रक्षा तथा बायुयान प्रबिधि, निर्माण यन्त्र उपकरण, प्रबिधि, स्मार्ट सिंचाई, स्मार्ट फोहर व्यवस्थापन, बाताबरणिय प्रभाब, खानेपानीको प्रयोग र पुनःप्रयोग, मानव शरिरका प्रकृया लगायत दिगो शहर व्यवस्थापन सम्बन्धि सन्देश मूलक चित्र तथा प्राबिधिक सामग्रीबाट तयार गरि स्टलको रुपमा राखिएको थियो ।
कार्यक्रममा उत्कृष्ट प्रबिधि प्रदर्शनी गर्ने प्रथम स्थान पाउने श्री बैजनाथ माध्यमिक बिद्यालयलाई दश हजार, दोश्रो माउन्टेन ईगंलिस बोर्डिङलाई आठ हजार, तेस्रो स्थान पाउने श्री भुवनेश्वरी मा बि परिगाउँ परशुरामलाई ६ हजार र सान्त्वना स्थान पाउने महेन्द्र मा. बि.डडेल्धुरालाई चार हजार पुरुस्कार पनि प्रदान गरिएको छ ।
शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने र बिद्यार्थीको परिश्रमलाई प्रेरणादायी बनाउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा सहभागि बिद्यालयका माध्यमिक बिद्यालय स्तरका सैयौं बिद्यार्थीहरुले अवलोकन गरेका छन ।

थप तस्वीरहरुः-

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com