टेकराज अवस्थी
१५ अषाढ २०८० डडेल्धुरा
विज्ञान प्रति बिद्यार्थीको अभिरुचि बढाउन डडेल्धुरामा जिल्ला स्तरिय विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बिद्यालय तहका बिद्यार्थीहरुलाई विज्ञान तथा गणित विषयमा रुचि जगाउन उद्देश्यले आयोजना गरिएको नमुना प्रदर्शनीमा १४ बिद्यालयको सहभागिता रहेको थियो ।
मानविय जीवनका आवश्यकता, बिज्ञान प्रबिधिका बिभिन्न बिधाहरुको नमूना प्रदर्शनी गरिएको आयोजक संस्था श्री बैजनाथ माध्यमिक बिद्यालय अमरगढी २ मौरडाका प्रधानाध्यापक मोहन सिंह धामीले जानकारी दिनु भएको छ ।
प्रदर्शनीमा आधुनिक कृषि प्रबिधि, यान्त्रिकरण, जलबायु प्रबिधि र असर, सोलार सिष्टम, हरितगृह सहितको स्मार्ट सिटिको अबधारणा, वायुउर्जा, रक्षा तथा बायुयान प्रबिधि, निर्माण यन्त्र उपकरण, प्रबिधि, स्मार्ट सिंचाई, स्मार्ट फोहर व्यवस्थापन, बाताबरणिय प्रभाब, खानेपानीको प्रयोग र पुनःप्रयोग, मानव शरिरका प्रकृया लगायत दिगो शहर व्यवस्थापन सम्बन्धि सन्देश मूलक चित्र तथा प्राबिधिक सामग्रीबाट तयार गरि स्टलको रुपमा राखिएको थियो ।
कार्यक्रममा उत्कृष्ट प्रबिधि प्रदर्शनी गर्ने प्रथम स्थान पाउने श्री बैजनाथ माध्यमिक बिद्यालयलाई दश हजार, दोश्रो माउन्टेन ईगंलिस बोर्डिङलाई आठ हजार, तेस्रो स्थान पाउने श्री भुवनेश्वरी मा बि परिगाउँ परशुरामलाई ६ हजार र सान्त्वना स्थान पाउने महेन्द्र मा. बि.डडेल्धुरालाई चार हजार पुरुस्कार पनि प्रदान गरिएको छ ।
शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने र बिद्यार्थीको परिश्रमलाई प्रेरणादायी बनाउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा सहभागि बिद्यालयका माध्यमिक बिद्यालय स्तरका सैयौं बिद्यार्थीहरुले अवलोकन गरेका छन ।
थप तस्वीरहरुः-