अखण्ड सम्बाददाता
२६ श्रावण २०८०
अबिरल वर्षाका कारण भिमदत्त राजमार्ग तिन दिन देखि अबरुद्ध भए पछि डडेल्धुराको ताजा तरकारी कुहिने अवस्थामा पुगेको छ ।
अमरगढी नगर क्षेत्रका किसानहरुले बेमौसमी रुपमा उत्पादन गरेको काउली, बन्दा काउली, टमाटर, भेडे खुर्सानी, खुर्सानी, मूला, बैगन जस्ता ताजा तरकारीहरु सोमवारको वर्षातले भिमदत्त राजमार्ग अन्र्तगत कैलाालीको खानीडाँडा–बुढितोला क्षेत्रमा पहिरो गई राजमार्ग पूर्ण रुपले क्षतीग्रस्त भए पछि आवागमन बन्द हुँदा तरकारी निर्यात हुननसक्दा किसानहरु मार्कामा परेका हुन ।
सुदूरपश्चिमका नौ जिल्लामा तरकारी आपूर्ति हुने डडेल्धुराको तरकारी उपभोक्ता सम्म जान नसक्दा तयार भएको तरकारी बारीमै र बिक्रिका लागि गएको बजारबाट फिर्ता हुन थाले पछि कृषक र कृषि व्यवसायी चिन्तित भएका छन ।
बजार पठाउन लागिएको बिभिन्न तरकारी फिर्ता आएको र संकलन केन्द्रमा पनि कुहिन थाले पछि करिब ६० क्वीन्टल अथवा १५ लाख बराबरको तरकारी नोक्सानी भएको कृषक खडक बहादुर ऐरले बताए ।
तरकारी खपत हुने मुख्य बजार भनेकै तराई हो, तराई जान सकिरहेको छैन, पहाडमा यो सबै उत्पादन खपत हुँदैन, फाट्टफूट्ट बजारमा तरकारी आपूर्ति भई नै रहेको छ किसानहरुले दैनिक खचृका लागि पनि स्थानीय बजार डडेल्धुरा सदरमुकाममा बिक्रि गरिरहेकै छन तर ठूलो परिमाणमा संकलन भएको हाराहारी सय क्वीन्टल तरकारी कसरी बेच्ने कसरी किसानलाई तरकारीको मूल्य दिने भन्ने चिन्ता व्यवसायीहरुलाई भईरहेको किसान खडक ऐरले बताए ।
तराई मात्र नभई पहाडका अरु बाटा पनि वर्षाले प्रभावित भएका छन, तरकारी लोड भएका गाडीहरु डोटीबाट फिर्ता भएका छन बिकल्प बाटो जोगबुढा पनि त्यति राम्रो छैन केहि पनि बिकल्प नभएको रतयार भएको तरकारी बारीमै र संकलन भउको तरकारी पनि संकलन केन्द्रमै कुहिने अवस्था आएको भन्दै वर्षाले सबैतिर विपद निम्त्याएको व्यवसायी भिम दियालले बताए ।
एकातिर तरकारी कुहिन थालेको छ भने अर्कोतिर स्थानीय बजारमा तरकारीको अभाव छ तर यो अवस्थालाई सहजिकरण गर्दै उचित व्यवस्थापन र क्षती नइुनिकरणका लागि स्थानीइ सरकारले उचित पहल गर्नु पर्नैमा स्थानीय तहको पनि ध्यान नगएको किसानहरुले गुनासो गरेका छन । बाटो बन्द भएको पाँच दिन भईसक्यो तरकारी बाटोमा फाल्न बाध्य छौं , तरकारी लिएर गाडीहरु पनि अलपत्र हुँदैछन तर पनि कसैले गम्भीरताका साथ लिएका छैनन भन्दै कृषक व्यवसायीहरु आक्रोसित भएका छन । किसानको पैसा कसरी तिर्ने भन्दै तरकारी उत्पादनमा कृषकको मनोबल नघटने तर्फ सरोकारवामला निकायको ध्यान जानु पर्ने बताएका छन ।
किसानहरुले भोग्नु परेको क्षतीका बारेमा लगत लिए पछि के गर्न सकिन्छ कार्यालयको तर्फबाट आवश्यक सहयोगका लागि पहलकदमी गर्नै छौं तर अहिले नै केहि भन्न सकिने अवस्था छैन कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले बताउनु भयो ।
संकलन तथा भण्डार स्थलमा अनुगमनका लागि पुग्नु भएका कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय डडेल्धुराका कृषि प्रसार अधिकृत लेखनाथ निरौलाले पनि बाटो अबरुद्ध हुँदा तरकारी जन्य उत्पादनहरु बजारमा जान नसक्नु दुखको विषय भन्दै यसलाई राहतमुखि व्यवस्थापन गर्न स्थानीय सरकार र प्रदेश सरकारले तुरुन्त केहि प्रयास गर्नु पर्नै सुझाव दिएका छन, उहाँका अनुसार उक्त तरकारीलाई स्थानीय सरकारले व्यवस्थापन गरि बजारमा हाट बजार जस्तो कृषि बजार लगाई उपभोक्तालाई सस्तोमा उपलब्ध गराउने व्यवस्था गर्न सके बाटो खुल्दा सममको समस्या समाधान हुने बताउँनु भयो ।
आकस्मिक रुपमा आएको वर्षातको पानीले राजमार्ग सडक नै आवतजावत अबरुद्ध हुने गरि ठूलो क्षती भएको भन्दै यस्तो प्राकृतिक विपदका बेला किसानलाई पनि कम भन्दा कम क्षतीको अनुभूति गराउन प्रदेश तथा स्थानीय सरकारसँग किसानहरुले माग राखेका छन ।
