अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विषयमा दिएको भाषणका विषयमा रुसले कडा प्रतिक्रिया जनाएपछि ह्वाइटहाउसले स्पष्टीकरण दिएको छ ।

मलिनले प्रतिक्रिया सार्वजनिक गरेलगत्तै अमेरिका राष्ट्रपति कार्यालय ह्वाइटहाउसले ‘बाइडेनले रुसमा सत्ता परिवर्तनका लागि आह्वान नगरेका’ भन्दै स्पष्टीकरण दिएको हो । ‘पुटिनले छिमेकी देश वा अन्य कुनै क्षेत्रमाथि शक्ति प्रयोग गर्न दिन नसक्ने राष्ट्रपति बाइडेनको भनाइको अर्थ हो,’ एक अधिकारीले भने । बाइडेनले युक्रेन र बृहत् क्षेत्रका लागि पुटिन शासनबाट बाहिरिनुपर्ने बताएका ती अधिकारीको भनाइ छ ।
त्यस्तै, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले पनि रुसमा शासन परिवर्तनका लागि कुनै रणनीति नरहेको प्रस्ट पारेका छन् । ‘रुसमा शासन परिवर्तन गर्ने विषय रुसी जनतामा भर पर्छ,’ उनले भने । ब्लिंकनले ‘रुसी राष्ट्रपति पुटिनले युक्रेन वा अन्य कतै पनि अतिक्रमण गर्ने वा युद्धमा संलग्न हुन नसक्ने’ बताए । दुई देशका नेता तथा अधिकारीहरूबीचको वाकयुद्ध चर्केपछि रुस र युक्रेनबीच जारी युद्ध थप लम्बिने जोखिम बढेको कतिपयको विश्लेषण छ ।