Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

बाइडेनको भाषणले रुस आक्रामक

Posted on March 28, 2022
Share this post
       

 अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विषयमा दिएको भाषणका विषयमा रुसले कडा प्रतिक्रिया जनाएपछि ह्वाइटहाउसले स्पष्टीकरण दिएको छ ।

युरोप भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाइडेनले ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा रहन नसक्ने’ बताएका हुन् । पोल्यान्डको राजधानी वार्सामा बोल्दै उनले ‘ईश्वरका लागि पुटिन सत्तामा रहिरहन सक्दैनन्,’ भनेका थिए । बाइडेनको भनाइको कडा प्रतिवाद गर्दै रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले ‘रुसको राष्ट्रपति रुसी जनताहरूले छनोट गरेकाले पुटिन सत्तामा रहने वा नरहने निर्णय बाइडेनले गर्ने नभएको’ बताएको छ ।
मलिनले प्रतिक्रिया सार्वजनिक गरेलगत्तै अमेरिका राष्ट्रपति कार्यालय ह्वाइटहाउसले ‘बाइडेनले रुसमा सत्ता परिवर्तनका लागि आह्वान नगरेका’ भन्दै स्पष्टीकरण दिएको हो । ‘पुटिनले छिमेकी देश वा अन्य कुनै क्षेत्रमाथि शक्ति प्रयोग गर्न दिन नसक्ने राष्ट्रपति बाइडेनको भनाइको अर्थ हो,’ एक अधिकारीले भने । बाइडेनले युक्रेन र बृहत् क्षेत्रका लागि पुटिन शासनबाट बाहिरिनुपर्ने बताएका ती अधिकारीको भनाइ छ ।

त्यस्तै, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले पनि रुसमा शासन परिवर्तनका लागि कुनै रणनीति नरहेको प्रस्ट पारेका छन् । ‘रुसमा शासन परिवर्तन गर्ने विषय रुसी जनतामा भर पर्छ,’ उनले भने । ब्लिंकनले ‘रुसी राष्ट्रपति पुटिनले युक्रेन वा अन्य कतै पनि अतिक्रमण गर्ने वा युद्धमा संलग्न हुन नसक्ने’ बताए । दुई देशका नेता तथा अधिकारीहरूबीचको वाकयुद्ध चर्केपछि रुस र युक्रेनबीच जारी युद्ध थप लम्बिने जोखिम बढेको कतिपयको विश्लेषण छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com