अखण्ड सम्बाददाता, डडेल्धुरा
डडेल्धुरामा आलु लगायत तरकारी उत्पादनका लागि नमूना कृषि फार्महरु खुलेका छन् ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ रुवाखोला लकतडामा व्यक्तिगत लगानीमा बाँझो रहेको जग्गा कबुलियतीमा लिएर कृषि फार्म खुलेपछि यस क्षेत्रमा कृषि अवलोकन तथा पर्यटनका लागि संभावनाको ढोका खुलेको छ ।
स्थानीय अगुवा कृषक तथा व्यवसायी प्रसाद अवस्थीले डेढ करोड रुपैयाँको लगानीमा तीन दशकदेखि बाँझो रहेको जग्गा लिजमा लिएर आलु तथा अन्य तरकारीको खेती शुरु गरेपछि जिल्लाकै नमूना कृषि फार्म बन्दै गएको हो ।
पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा परिवारको करिब एक सय रोपनी पुख्र्योली जग्गामा पाँच दशक अघिदेखि मातबन्धकीमा गाउँकै किसानहरुले खेती गर्दै आएका भएपनि उहाँहरु बसाईसराई गरि तराई गए पछि २५ वर्ष देखि बाँझो रहेको जमिन अहिले त्यहि जग्गामा खनजोत गरि कृषि तथा पशुपालन व्यवसाय गर्दा जग्गाको स्वरुप नै परिवर्तन भएको छ ।
तरकारीका लागि उपयुक्त माटो भएकाले कृषि बाली लगाइएको लकतडामा घेराबार, प्रशिक्षार्थी तथा कृषि प्राविधिकका लागि बस्ने व्यवस्था, माछापोखरी विकास लगायतका संरचना र व्यवस्थापनमा राज्यको ध्यान जानु पर्ने फार्म अवलोकन कर्ता तथा समाजसेवी यज्ञराज अवस्थीको भनाई छ ।
उहाँका अनुसार स्थानीय कृषकले आयातित तरकारीसँग प्रतिस्पर्धा गर्न कठिन हुने र बजारमा स्थानीय अर्गानिक तरकारी नै महंगो पर्न जाने भएकोले कृषक र उपभोक्ताको हितका लागि यस्ता व्यवसायिक किसानहरुलाई ८५ प्रतिशत अनुदान सहयोग गरि कृषि पेशालाई दिगो बनाउनु पर्ने धारणा राखेका छन ।
यस्तै प्रसादका बारीमा अवलोकन गर्न पुगेका उद्योगी व्यवसायी अमर बहादुर पुनले पनि लकतडा जस्तै व्यवसायिक कृषि फार्महरु विकास गरि किसानहरुलाई अध्ययन, अवलोकन र प्रयोगात्मक तालिमका लागि गन्तव्य बनाए राज्यको लगानी पनि घटने र कृषि फार्महरु पनि प्रबद्र्धन हुने बताएका छन ।
यस्तै बाँझो जग्गामा आलु खेती शुरु गर्दा उ्घाटन गर्ने गन्यापधुरा गाउँपालिका वडा नं. १ का निबर्तमान वडाध्यक्ष चेतराम भट्टले पनि यहाँको बाँझो जग्गा सदुपयोग गरेर अरु किसानलाई प्रेरणा दिन र तरकारी खेतीमा रुवाखोला क्षेत्रलाई नमूना बनाउन लागि परेका हौं धेरै नभए पनि सफलता प्राप्त भएको छ अब राज्यका सरोकारवाला निकायले यस क्षेत्रमा पक्की बाटो बनाएर र्यिातलाई सहज बनाई दिएमा कृषि उपज कृषकलाई बढि भन्दा बढि लाभ मात्र नभई डडेल्धुरा सदरमुकाम, जिल्लाका अन्य स्थान लगायत सुदूरपश्चिमका अन्य बजार सहित राजधानी सम्मका उपभोक्तालाई ताजा र उचित मूल्यमा तरकारी बजारमा उपलब्ध हुने विश्वास व्यक्त गरे ।
कृषक अवस्थीले शुरुवात देखि केहि राहतमूलक सहयोग स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन ईकाई कार्यालय डडेल्धुरा, कृषि ज्ञान केन्द्र डडेल्धुरा लगायतका निकायबाट बिबिध सहयोग प्राप्त गरे पनि ९० प्रतिशत आफ्नो लगानी गरेका छन । कृषि प्राविधिक सहित बारीमा नियमित काम गर्न १२ जनालाई रोजगारी दिएर विभिन्न तरकारी र बालीहरु लगाइ कृषि प्रणालीलाई व्यवस्थित रुपमा अगाडी बढाउने चाहना उनको रहेको अवस्थीले बताए । कृषि नै राज्यको अर्थतन्त्रको मेरुदण्ड भएको र स्थानीय जनताको आर्थिक समृद्धिको आधार पनि भएकोले राज्यको ध्यान पर्याप्त रुपमा पुग्न नसकेको कृषि फार्म सञ्चालक प्रसाद अवस्थीले बताए ।
कृषक अवस्थीले डडेल्धुराका रुवाखोलाका लकतडा, बलतडीमा मात्र नभई शुक्लाफाँटा नगरपालिका कञ्चनपुरमा पनि स्वलगानीमा बिभिन्न खेती लगाएका छन भने डोटी जिल्लाको केआईसिंह गाउँपालिकामा स्थानीय किसानहरुलाई १५० रोपनीमा समूहगत रुपमा प्राबिधिक तथा बीउविजन सहयोग, आफ्नै जन्मथलो गन्यापधुरा गाउँपालिका वडा नं. १ भेटा घोलानामा तरकारी खेती र डोटी जिल्लाकै शिखर नगरपालिका अन्र्तगत गोपघाटमा पनि कृषि उत्पादनका लागि किसानहरुलाई सहयोग गरि स्थानीइ जनताको आयआर्जन अभिबृद्धि हुने कार्यक्रमहरु संचालन गरेका छन ।
डडेल्धुराले पछिल्लो समय कृषिमा फडको मार्दै गएको र कृषि फर्महरु कृषि पर्यटनका लागि संभावित क्षेत्र हुनसक्ने भएकोले प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम ल्याउनु पर्ने, डडेलधुरामा कृषि कोशेली घर स्थापना गर्नु पर्ने जस्ता आकषृक कार्यक्रमहरु संचालन भए डडेल्धुराका पौरखी किसानहरुलाई हौसला हुने कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले बताउनु भयो । गन्यापधुरा गाउँपालिका वडा नं. १ ठूलखाली र रुवाखोलाका बिभिन्न फाँटहरुमा शुरु गरिएको व्यवसायिक कृषि खेतीले जिल्लाका अन्य भुगोलमा रहेका युवाहरु पनि प्रेरित भएका छन भने कृषि ज्ञान केन्द्रमा कृषि खेतीका लागि परामर्श, माटो परिक्षण, प्राबिधिक सहयोग, आर्थिक सहयोग र अनुदान सहयोगका लागि पछिल्लो समय यस्तै अन्य निकायमा पनि कृषकहरुको पहलकदमीले निवेदनको चाप बढेको कार्यालय प्रमुख भट्टले बताउनु भयो ।
जिल्लाको कृषि विकासमा राज्यका सबै तहका सरकारले संभाव्यता अध्ययन गरि कृषि पकेट क्षेत्र तथा फार्महरुलाई कृषि पर्यटन होम स्टे को रुपमा प्रबद्र्धन गरि बागवानीजन्य वाली विकासमा जानु पर्ने धारणा समेत राख्नु भएको छ ।
डेढ वर्षअघिको बेमौसमी वर्षाले भैंसिगोठ, कुखुरा खोर, च्याउँघर, टमाटर पोलहाउस, हाते ट्रेक्टर, सिंचाई पाईपसँगै बिभिन्न कृषि वाली वर्षात र पहिरोले बगाए पछि ५० लाख रुपैयाँको क्षति व्यहोरेका थिए जसमध्ये अवस्थीले धान वालीको क्षती वाफत सामान्य राहत मात्र प्राप्त गरेका थिए ।
अवस्थीले यसवर्ष पनि बारीमा ६० क्वीन्टल बीउ आलुसहित भेडे खुर्सानी, टमाटर, बन्दाकाउली, फूलकाउली हरियो धनियाँ, रायो लसुन प्याज सिमि लगायतका तरकारी लगाउनुका साथै मलका लागि कुखुरापालन र माछापालनलाई पनि निरन्तरता दिएका छन ।
डडेल्धुराका बिभिन्न स्थानमा क्रियासिल व्यवसायिक किसानहरुलाई बैंकको सहज ऋण प्राप्ती र सहुलियत ब्याज तथा वालीको अनिवार्य विमा लगायतका सेवा सुबिधाहरुमा राज्यले बिशेष व्यवस्था गर्नु जरुरी देखिन्छ भने बेमौसमी तथा मौसमी रुपमा हुने प्राकृतिक प्रकोप र क्षतीको पनि उचित मूल्यांकन गरि समयमै कृषकलाई राहतको व्यवस्था भए किसानहरु हतोत्साहि नहुने बिज्ञहरुको भनाई छ ।
गन्यापधुरा लकतडामा मात्र नभई जिल्लाको आलिताल गाउँपालिका, पर्शुराम नगरपालिका, अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिकाका बिभिन्न स्थानहरुमा किसानहरुले केहि आफ्नो लगानी र केहि प्रदेश सरकार, स्थानाीय सरकार, संघिय सरकारका कार्यक्रमबाट अनुदान पाए पछि व्यवसायिक रुपमा आलु खेतीलाई प्राथमिकताका साथ अगाडी बढाएका छन भने अन्य तरकारी खेतीलाई पनि निरन्तरता दिएकाले डडेल्धुरा कृषि पर्यटन क्षेत्रको रुपमा अगाडी बढन थालेको सरोकारवाला निकायका अधिकारीहरुको भनाई छ ।
व्यवसायिक किसानहरुलाई संभावनाका आधारमा, लगानी र परिश्रमका आधारमा राज्यले दिने सुबिधा समयमै र उपयुक्त रुपले दिन सके रोजगारका लागि पलायन भएरहेका युवाहरु स्वदेश मै र स्थानीय क्षेत्रमै क्रियासिल हुने कुरामा दुई मत छैन ।