Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

बाँझो खेतप्रयोग गरि जलवायु नमूना कृषि क्षेत्र बन्दै

Posted on January 26, 2024January 26, 2024
Share this post
       

अखण्ड सम्बाददाता
१२ माघ २०८० डडेल्धुरा
अमरगढी नगरपालिकाको वडा नं. ५ सेलागाउँमा नगरकै पहिलो जलवायु मैत्री कृषि नमूना गाउँ कार्यक्रम संचालन भएको छ ।
आलु सुपर जोन कार्यालय डडेल्धुराले ११सय मिटर जग्गामा तारजाली घेरबार गरे पछि व्यापक रुपमा आलु लगाएका किसानहरुलाई व्यवसायिक बनाउन उक्त क्षेत्र भित्र आलु प्राथमिक वाली सँगै कृषि ज्ञान केन्द्र डडेल्धुराको समन्वयमा अमरगढी नगरपालिका कृषि शाखा तथा गैरसरकारी संस्था एकिकृत विकास समाज र लिबर्ड संस्थाको साझा कार्यक्रम अन्र्तगत ताजा तरकारीका बेर्ना तथा जैबिक मल तयारी सँगै अर्गानिक तरकारी उत्पादन पकेट क्षेत्र बनाउन जलवायु मैत्री कृषि नमूना गाउँ कार्यक्रम संचालन भईरहेको हो ।
कार्यक्रममा असिग्राम कृषि तथा पशुपालन समूहमा आबद्ध सेलागाउँका अवस्थी परिवार, तल्लो जिलोडाका पाठक परिवार र मल्लो जिलोडाका ओझा परिवारका करिब ५३ जना कृषकहरुका लागि टमाटर, भेडेखुर्सानी, बैगन, लौका, फर्सि, काँक्रा, तितेकरेला, काउली, मूला लगायत दैनिक उपभोग्य तरकारी खेतीका लागि पूर्बाधार निर्माण, कृषि औजार तथा यान्त्रिकरण सहयोग, कृषकहरुको संस्थागत र प्राबिधिक ज्ञान क्षमता अभिबृद्धि खेती पूर्व देखि अभिमुखिकरण तालीम, उत्पादन, भण्डारण, बजारीकरण लगायत पोष्ट हार्भेस्ट व्यवस्थापन सम्मका कार्यक्रमहरु एकिकृत रुपमा संचालन हुने कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख खेमराज पनेरुले जानकारी दिनु भयो ।
कृषि तथा पशुपालन कार्यमा परम्परागत रुपले जीवन निर्वाह गरिरहेका यस क्षेत्रका कृषकलाई व्यवस्थि रुपले कृषि र पशुपंक्षी पालनमा गोठ सुधार, भकारो सुधार, पशुचौपायाको मलमूत्र व्यवस्थापन एवं जैबिक बिषादी तथा प्रयोग बिधि र व्यवस्थापन र कृषि कार्यमा प्रयोग, कम्पोष्ट मल उत्पादन, गड्यौला मल उत्पादन, वालीको उपचार पद्धती, बिभिनन तरकारी वालीको बेर्ना उत्पादन तथा नर्सैरी स्थापना, सिंचाई व्यवस्था, प्लाष्टिक टनेल निर्माण, वाली विशेष कृषक पाठशाला संचालन लगायत कृषि समूह संचालन, परिचालन र लेखा प्रणाली सम्बन्धि बिभिन्न आवश्यक तालीम, भ्रमण, डिजिटल सचेतना कार्यक्रमहरु स्थलगत रुपमै संचालन गरिने साझेदार संस्था एकिकृत विकास समाजका कार्यकारी निर्देशक पदमा गुरुङ्गले जानकारी दिनु भयो ।
बजारको सहजता र कार्यक्रम संचालन गर्न किसानहरु ईच्छुक देखिएकोले प्रयोगात्मक रुपमा स्थानीय तहको कृषि शाखा समेतको कायृक्रम संचालन गर्दा बढि प्रभाबकारी हुने तथा उत्पादनका लागि अत्यन्त संभावना पनि रहेकोले पाईलट कार्यक्रमको रुपमा गरिएको साझेदार संस्था लिबर्डले गर्दै गरेको कार्यक्रम ग्रेप कार्यक्रमका टिम लिडर प्रगतिराज सिपखानले बताउनु भयो ।
उक्त क्षेत्रमा तरकारी खेथीलाई व्यवसायिक र दिगो क्षमता विकासका लागि समुहमा आबद्ध किसानहरुलाई आलु वालीमा श्री असिग्राम आईपिएम कृषक पाठशाला संचालन गरि अन्य १३ प्रकारका ताजा तरकारी वालीलाई पनि प्राबिधिक परामर्श सहित उत्पादनलाई गुणस्तरिय, अर्गानिक र अधिकतम उत्पादन बृद्धिमा जोड दिने गरि पाठशालाको तयारी भईरहेको प्रशिक्षक पदम बहादुर ऐरले कृषि समूहमा जानकारी गराएका छन ।
कृषि समूहको कार्य क्षेत्र रहेका यि तिन गाउँका किसानहरुलाई आधुनिक कृषि प्रणालीमा रुपान्तरण, आर्थिक उपार्जनको दिगो माध्यम बनाउनका लागि आसपासमा रहेका सबै खेती योग्य जग्गा जमिनलाई उपयोगमा ल्याउने अभियान स्वरुप कृषिका बिबिध कार्यक्रम संचालन गरिन लागेको अवस्थी परिवार समाजका अध्यक्ष यज्ञराज अवस्थीले बताए ।
सेलागाउँ, तल्लो जिलोडा, मल्लो जिलोडाका कृषकहरुले बिगतमा परम्परागत खेती धान गहुँ लगायतका खेती गर्ने गरेको भए पनि जंगली जनाबर बँदेल तथा बाँदरको आतंकका कारण सिरानमा रहेको धारागडा पोखरी देखि ठूलाखेत, डाबरखेत र आसपासका क्षेत्रमा करिब हजार रोपनी जग्गा पछिल्लो समय बाँझो रहदै आएकोले स्थानीय जनताको जीवन आधारभूत रुपमा कृषि आधारित बनाई समृद्धी तर्फ उन्मुख बनाउने अभियानको मूल लक्ष्य रहेको उनले बताए ।
यस क्षेत्रका केहि किसानहरुले करिब दुई सय रोपनी बाँझो खेत जग्गा खनजोत गरि पुनः प्रयोगमा ल्याई सकेको छन भने पुरानो खेती गर्दै आएको अझै एक हजार रोपनी जग्गा बाँझो रहेको उक्त जग्गा पनि उर्बर जग्गा भएकाले संभावना हेरेर उपयुक्त खेती गर्ने सोचमा कृषकहरु रहेको असिग्राम कृषि तथा पशुपालन समूहका अध्यक्ष चन्द्रा देवी अवस्थीले बताए ।
खेती गर्दा उत्पादन क्षती हुने, बेरोजगार युवाहरु बिदेशिने र स्थानीय स्तरमा रोजगारका अरु संभावनाहरु पनि सिर्जना नहुने र विकासका अन्य पूर्बाधारको अभावमा जीवन धान्न संकट भए पछि यि तिन गाउँमा पनि गाउँबाट हटदै सडक छेउ बसोबास तथा तराई पलायन हुने क्रम बढदा पहाडको जनजीवनलाई सहज बनाउन र आकर्षण बढाउन पनि राज्यका तिनै तहका सरकारले ध्यान दिनु जरुरी देखिएको कृषि विज्ञहरु बताउँछन ।
राज्यका सरोकारवाला निकाय र गैरसरकारी क्षेत्रको समेत लगानी भईरहेको यस क्षेत्रमा लक्षित किसानहरुले मेहेनेत गरेमा प्रस्तावित कृषि क्षेत्र कृषि अध्ययनरत बिद्यार्थीका लागि सिकाई केन्द्र तथा कृषि अवलोकन सँगै फलफूल सहित बहुकृषि वाली नमूना पकेट क्षेत्रको रुपमा विकास र बिस्तार हुन सक्ने संभावना पनि रहेको यस क्षेत्रलाई अगाडी बढाउन कृषकहरुले अधिकतम सक्रियता देखाउनु पर्ने सरोकारवाला बताउँछन ।
अन्न तथा तरकारी, तेलहन, दालहन वालकिा लागि उर्बराशक्ति भएको जग्गामा क्रियासिल कृषकहरुलाई टेवा पुग्ने गरि स्थानीय सरकारले पनि आवश्यक योजना तर्जुमा गरि कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने कृषकहरुको माग रहेको छ ।
उत्पादन बजारीकरणका लागि अब धेरै समस्या छैन, महाकाली राजमार्ग अन्र्तगत उग्रतारा मन्दिर नजिकै डकलेबाट जिलोडा सेलागाउँ, झुर्काली भलिया हुँदै आईत बजार र बागबजार सम्मको अमरगढी चक्रपथ सडकको कालो पत्रे सहित स्तरोन्नती भई रहेको छ भने गाउँको मल्लो क्षेत्रमा पनि कीर्तिपुर बजारको पूर्णागिरी मन्दिर छेउ देखि प्रसिद्ध ऐतिहासिक पर्यटकिय क्षेत्र अजयमेरुकोट सम्मको साबिक पर्यटन सडक पनि कालोपत्रे निर्माण कार्य शुरु भएकोले कृषि उपजलmाई बजारसम्म सहज र सर्बसुलभ ढंगले किसानको उत्पादन बजारमा आउँदा ताजा पुग्नुका साथै नगद आम्दानी लिन सक्ने भए पछि किसानहरु उत्साहित भएर कृषिकर्ममा लाग्ने विश्वास पनि गरिएको छ ।
सदरमुकाम नजिकै र अमरगढी नगरपालिकाको केन्द्र तथा कार्यालय नजिकै भएर पनि कृषि उद्यम लगायत विकासका पूर्बाधारको अभाब रहेको यस क्षेत्रका आम जनताहरु पछिल्लो समय कषिमा बिभिन्न कार्यक्रम गाउँमा संचालन भए पछि हर्षित भएका छन भने अझै पनि सिंचाईको अभाव, खेतको कृषि उपजलाई सहज रुपमा बजारमुखि बनाउन यातायात साधनको आवतजावतको समस्या रहेकोले सम्बन्धित निकाय एवं स्थानीय सरकारबाट किसानलाई प्रोत्साहन दिदिन आग्रह समेत गरेका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com