अधुरो अनुभवजन्य ज्ञान ,कानुन वा अपुर्ण चिन्तनले न्यायको मार्ग वा न्यायिक सिद्धान्तको निमार्ण गर्न सक्दैन ।
बर्तमान शताब्दी आधुनिक विज्ञान प्रबिधिको युग मात्र होइन चेतना, ज्ञान एवं सुचनाको सम्बन्धले प्रचुरता पाएको युग पनि हो । प्रचिनकालको ढुङ्गेयुग देखि बर्तमान शताब्दी सम्म मानव सभ्यताले पाइलो टेक्दा आफ्नो अस्थित्वका लागि थुपै्र कठिन संघर्ष त्याग बलिदान हिंसा दुख कष्ट सहदै धेरै क्षती समेत व्यहोरेर जंगली सभ्यता भन्दा भिन्न केही ज्ञान अनुभव सिद्धान्त संस्कार बिधि एवं संस्कृति जस्ता मानव समुदायको शान्ति एवं न्यायका मार्गहरुको बिकास गर्दै मानव सभ्यता यो चरण सम्म आई पुगेको हो । प्रचिनकालको अवस्थामा असंभव लाग्ने थुपै्र कुराहरु आजको आधुनिक विज्ञान प्रबिधिको कारण अहिले सामान्य जस्तै भएर संसार नै एक गाउ जस्तै बनि आधुनिक विज्ञान प्रबिधी र सुचनाको सम्बन्धले अनेकौं बिबिधतामा एकता एवं ऐक्यवद्धता कायम गरेको हो की भन्ने अवस्था समेत सृजना भैरहेको छ ।
समाज संस्कृति भुगोल संस्कार भाषा धर्म रहनसहन परिवेश आदी समेतको अन्तर घुलनले मानवता एवं प्राकृतिक न्याय नै अन्तिम सत्य हो की भन्ने ज्ञान अनुभव समेत मनुष्य जगतले बिस्तारै बुझ्दै गएको अवस्था पनि छ भने बिधिता भित्रको अन्याय,अंघविश्वास,विकृति विभेद कुसंस्कार जस्ता कुराहरु प्राकृतिक न्याय विपरित हुन भन्ने आभास पनि हुन थालेको छ । तथापी आफ्नो बिबिधता बीचको पहिचानको संघर्ष पनि पेचिलो रुपमा उठिरहेको अवस्था छ । यसकारण लोकतन्त्रको आधार प्रकृतिको बिधितालाई नै स्वीकार गरि सबैको एकरुपतालाई नमानी सबैको ऐक्यबद्धतालाई मानेको हो । बिबिधता एवं अनेकतालाई एकरुपतामा होइनकी सबैको ऐक्यबद्धतामा परिणत गराउनु नै कानुनको पनि सहि उद्देश्य रहेको हुन्छ । स्वपहिचान जुन बिधितामा आधारित रहेको हुन्छ ती बीचको ऐक्यबद्धता खोज्नु नै कानुनको मुख्य कार्य हो । त्यसैले प्रशिद्ध कानुनवीद इहरिङले कानुन Social solidarity मा आधारित हुन्छ भनेका होलान भने कानुनविद John Rawls ले कानुन स्वच्छतामा आधारित हुनु पर्छ भनेका होलान ।
सामुहीक स्वार्थहरुको बिबिधता बीचमा सामुहीक एकता एवं ऐक्यवद्धता खोज्ने कानुन नै सहि अर्थको कानुन हुन्छ भनिन्छ । त्यसैले सबैको हित अनुकुलताको स्वार्थमा ऐक्यवद्धता भए पछि कसैको स्वपहिचान पनि गुम्दैन भने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता पहिचान स्वाभिमान सहित एकता कायम भै समाजमा शान्ति स्थिरता कायम हुने बिश्वास गरिन्छ । बिबिधता भएको समाजमा बिबिधता बीचमा Natural engineering of law जस्तै सामाजिक संवेदनशिलतामा आधारित सबैको स्वाभिमानको सम्मान गर्दै एक्यबद्धता खोज्नु नै कानुनको सहि अर्थको Social engineering अभियन्त्रण पनि हो भने सबैलाई एकरुपतामा ल्याउनु खोज्नु निरंकुशता एवं अधिनायकवाद पनि हुन सक्दछ । यसकारण प्राकृतिक कानुन मानिसका स्वभाव र प्रकृतिबाट निकालिएको कानुन हो । मानिसले आफ्नो स्वभाव अनुसार विवेकसिल भई जुन किसमका चाहनाहरु व्यक्त गर्दछन ति चाहनालाई नै प्रकृतिका कानुनका रुपमा लिएको पाइन्छ ।
यसरी जुन बिधि दर्शनको आधारमा सृष्टिको निमार्ण भएको छ त्यसको ठिक ठिक खोज गर्नु र आफ्नो जीवन तथा विश्व कल्याणयार्थ त्यसको ठिक शाश्वत व्याख्या विश्लेषण एवं प्रयोग गर्नु पनि हो र मानिसको हृदयको आवाजलाई सुन्नु पनि हो यहि नै प्रकृतिको कानुन हो २ । यसकारण पुर्वाग्रह,असमानता र शोषणमा आधारित समाजमा सामाजिक ऐक्यवद्धता कायम हुन सक्दैन जब की स्वस्थ्य सामाजिक जीवनको बिकासको लागि सामाजिक ऐक्यवद्धतामा आधारित समन्वयात्मक सामाजिक व्यवस्था अपरिहार्य मानिन्छ ।
प्राकृतिक नियमहरु जुनसुकै किसमका निर्णय फैसला गर्दा कसरी निश्पक्षता, न्यायोचितता र उचितपना ल्याउछ भन्ने कुरा संग सम्बन्धीत रहेको हुन्छ । दार्शनिक अरिष्टोटल ले प्रकृतिकोे कानुन कुनै धातु ढुङ्गा वा कागजमा लेखिएको हुदैन यो मानिसको हृदयमा लेखिएको हुन्छ भनि भन्नु पर्ने कारण पनि यहि हुन सक्दछ । Justice is not a topic of argument but a practical experience of the heart. यसैले यस सम्बन्धमा कानुनवीद सिसेरो ले भनेका छन कानुन न त मानविय बीचारबाट उत्पन्न भएको हो न त यो मानिसका कुनै व्यवहार नै हो यो त सम्पुर्ण बिश्वलाई आफ्नो बुद्धिमत्ततापुर्ण हकुम वा बन्देज द्धारा शासन गर्ने एक शाश्वत बस्तु हो ।
कानुन प्रकृतिको प्राथमिकता वा अन्तिम मन हो जसको विवेकले कित विवशता कि त संयमता द्धारा सबै कुराको रेख देख अनि सुरक्षा गर्दछ । यसैकारणले नै मानीसको विवेक र चेतनाको उत्कृष्ट अवस्थाको व्यवस्थापन वा स्थापना गर्ने काम कानुनले गर्दछ भनिएको हो । यिनै नियम वा विवेकले काम गर्ने भएकले नै मानिस अरु प्राणी भन्दा भिन्न भएको र यसैको रक्षाको लागि नै कानुन नैतिकता नियम न्याय सभ्यता मान्न थालेको हो । यसैले कानुनको विवेकयुक्त औचित्यता प्रमाणीत अवस्थामा रहनु पर्छ भन्ने मान्यता प्रारम्भीक ग्रीक दर्शनको एक महत्वपुर्ण न्यायिक पुनरावलोकनको अवधारणाको रुपमा समेत रहेको छ भने कानुन प्रकृतिले नै मानिसलाई दिएको सर्वोत्कृष्ट उपहारको रुपमा रहेको मान्यता छ ३ । प्रकृतिको आदेश कहिले पनि अनुचित तथा यातनापुर्ण हुन सक्दैन तर मानिसले बनाएको कानुनमा कुनै न कुनै प्रकारको खराबी अवश्य लुकेको हुन्छ ।
तसर्थ कुनै कानुन कानुन हो होइन भनेर जान्न त्यो प्राकृतिक न्याय अनुकुल छ कि छैन जाच्नु आवश्यक मानिएको हो भने विवेकयुक्त औचित्यतालाई मात्र कानुनको आधारको रुपमा प्रस्तुत गरेको हो । प्रकृतिको यहि बिल्कुल अनुशासित नियमित एवं व्यवस्थित ढंगबाट चल्ने भएकोले नै प्रकृतिको नियमलाई Theory of peaceful creativity पनि भन्ने गरिएको हो । जसले नै विश्व कल्याणको आधारसिला बनाउछ भनिएको हो । यसैले जती हामी नियमित अनुशासित र व्यवस्थित तरिकाले जीवन चलाउन खोज्छौं हाम्रो जीवन पनि त्यसै प्रकारले पवित्र, शुद्द विवेकी प्राकृतिक एवं दिब्य बन्दै जान्छ र त्यसबाट नै जीवनको सार्थकता मात्र होइन नव सृजना पनि प्राप्त हुन्छ भन्ने प्रकृतिको नियम माथिको भरपर्दो बिश्वास राखिएको हो ४ ।
दार्शनिक रुसोले रुख सित मानिसको तुलना गर्नुको कारण पनि यहि हो । उनले भनेका छन जसरी जंगलको प्राकृतिक वातावरणमा रुख राम्ररी बिकसित हुन्छ त्यसैगरि प्रकृति जस्तै स्वतन्त्र वातावरणमा हुर्केको मानिस प्राकृतिक मानिस हो उसले मात्रै प्राकृतिक न्यायको सृजनसिलता देखाउन सक्छ यसकारण प्रकृतिको कानुन विरुद्दका अपराध अत्यन्त जघन्य मानिन्छन Crime against nature are the most heinous भने स्वच्छता, समानता,निश्पक्षता एवं बैधतालाई नै कानुनका बिशेष गुण मानेको छ भने कानूनको शासनको बास्तविक मर्म पनि प्राकृतिक कानुनले नै बोकेको मानिन्छ ।
यसरी कानुनको विवेकयुक्ततामा प्राकृतिक कानुनलाई मानिन्छ र यो बदल्ने अधिकार कानुन निमातृ संस्थालाई समेत रहन सक्दैन किन की प्राकृतिक अधिकारमा प्रतिकुल असर पर्ने गरि कानुन बदल्नु भनेको मानव अधिकारको उलंघन मानिन्छ र जुन अधिकारहरु प्रकृति प्रदत्त मानिन्छन । यसैकारण हरेक कानुनी मतका बिधिशास्त्रीहरुले पनि हरेक कानुनी मत Schools of jurisprudence को अन्तिम आधार प्राकृतिक कानुनलाई नै बनाएका छन ।
ऐतिहासिक सम्प्रदायका बिधिशास्त्रीहरुले कानुन प्राप्त गर्ने कुरा हो नकि बनाउने भनि प्राकृतिक कानुनको आलोचना गरे पनि कानुनका रुपमा क्रियासिल रहने प्रथाको आधार मानिसको युक्तिसंगत विवेकमा रहन्छ भन्ने धारणाको बिकास गर्दै प्राकृतिक कानुनलाई नै आफ्नो दर्शनको आधार बनाउन पुगेका छन । बिश्लेशणात्मक समुदायका बिधिशास्त्रीहरुले कानुन बहुसंख्यक मानिसको हितमा हुने बताउदै प्राकृतिक कानुनलाई नै कानुनको बैधानिकताको आधार बनाएका छन । समाजशास्त्रीय मतका बिधिशास्त्रीहरुले law is an instruments of Social engineering भने पनि त्यसको आधार प्राकृतिक कानुनलाई नै मान्दै न्यायलाई कानुनको अन्योन्याश्रीत अवधारणा एवं कानुनको लक्ष मानेका छन । समाजवादी सम्प्रदायका कानुनवीदले त झन मानव निर्मित कानुनलाई शोषणको माध्यम मानेर मानव निर्मित कानुन कहिल्यै पुर्ण नहुने र यसको अन्त्य गर्नु पर्ने कुरा बताएर अप्रत्यक्ष रुपमा प्राकृतिक कानुनलाई नै समर्थन गरेका छन ।
यर्थाथवादी समुदायका मतका कानुनवीदले त झन कानुन भनेको न्यायाधीशले बोले पछि मात्र हुने भनि न्यायाधीशको तर्क संगत निर्णय वा विवेकलाई नै कानुन मानेका छन । यसरी बिधिशास्त्रका हरेक बिषयबस्तुहरुको आधार पनि प्राकृतिक कानुन हुनु पर्ने मान्यताले प्राकृतिक न्यायको सान्दर्भिकता आफै प्रष्ट हुन्छ ५। बिधिशास्त्रका हरेक बिषयबस्तुहरु तथा मानव निर्मित कानुन पनि सार्वजनिक निति, नैतिकता अनुकुल हुनु पर्ने तर्क संगतता निश्पक्षता तटस्थताभाव स्पष्ट हुनु पर्ने आधार तोक्नु ले पनि प्राकृतिक कानुनको सान्दर्भिकताको महत्व दर्शाउछ । प्राकृतिक कानुनको सिद्धान्त कार्यबिधि कानुनको उचितपनाको अवस्था दर्शाउने नियम मात्र होइन सारभुत कानुनको प्रमुख सिद्धान्त पनि मानिन्छ । यसकारण अन्यायपुर्ण कानुनको न्यायोचित प्रयोग गरिएमा सत्य हुन्छ भन्ने भनाई पुर्ण छैन किनकी न्यायोचित कानुनको न्यायोचित प्रयोग भएमा मात्र न्यायको सम्पुर्णता समेटिन्छ अन्यथा न्याय अपुरो अधुरो अवस्थामा रहन्छ ।
यसैले संसारिक कानुन वा निश्चयात्मक कानुन वा मानव निर्र्मीत कानुनमा मुख्यतया ४ वटा दोषहरु रहेका मानिन्छन (१) संसारिक वा भौतिक जगतमा बाच्ने मानिसले अवस्य गल्ती गर्दछन ।
(२) संसारिक व्यक्तिमा मोह तथा स्वार्थ हुन्छ ।
(३) संसारिक व्यक्तिमा अरुलाई धोका दिने प्रवृति हुन्छ ।
(४) संसारिक व्यक्तिका इन्द्रियमा अपुर्णता छ ।
(५) प्रकृतिको एक अंशको रुपमा रहेको प्रकृतिको सम्पुर्ण कुराको ज्ञान हासिल गरि नसकेका मानिसले मानिसको लागि कानुन निमार्ण गर्नु आदी
५ओटै दोषले गर्दा संसारिक मानिसहरु सर्वव्यापी न्याय प्रकट गर्न असमर्थ हुन्छन र उनिहरुले बनाएको कानुन स्वभावैले अन्धो,स्वइच्छाचारी एवं निर्दयी हुन्छ भन्ने मान्यता राखिएको हो ६ । एक व्यवस्थामा एउटा संबिधान अर्को व्वस्थामा अर्को संबिधान तथा सरकारै पिच्छे कानुन फेरिनु पनि यसको प्रष्ट उदाहरण हुन । यसकारण आफु भित्रको न्यायको पहिचान गरि आफु स्वयम न्यायिक एवं आत्म संयम अवस्थामा रहनु आवश्यक पर्दछ भन्ने नियम संसारिक मानिसलाई पुर्विय तथा पश्चिमा सभ्यता समेतले प्रचिनकाल देखी सिकाउदै आएको कुरा पनि हो । यसरी संसारमा बिकसित भएका बिधिशास्त्रको सार पनि आफ्ना कमजोरीको पहिचान गरि जीवनलाई पुर्णतया न्यायिक वा प्राकृतिक बनाउनु सक्नु हो ।
यसैलाई जीवनको अन्तिम लक्ष मानेको पनि पाइन्छ । यसकारण मानिस आफु भित्रको न्यायलाई चिन्न नसकि भौतिक पदार्थ प्रतिको लोभ,मोह, आशक्ति शोक आशु जस्ता लक्षण नै कुनै पनि बस्तु प्रतिको यर्थाथ जानकारी वा ज्ञान व्यक्तिलाई नभएको प्रष्ट प्रमाण हो । जब सम्म आशक्ति रहित भएर निश्काम भावले कर्म गर्नेलाई मात्र सहि न्यायिक जागरण प्राप्त हुन्छ न्यायिक ज्ञान भनेको नै सबैको न्याय आफु भित्रै छ भनि भित्रै देखी अरु पनि म जस्तै हुन भनि अनुभव एवं अनुभुतिको बोध हुन्छ उसमा बस्तुको वास्तविक यर्थाथ जानकारी प्राप्त भै न्यायिक जागरण युक्त भएको स्पष्ट प्रमाण हो । यसकारण प्रकृतिक कानुनको खोजी धर्म अथवा नैतिकताका नियममा होइन तर्क, प्रमाण एवं तत्थ्यमा निहित रहेको मानिन्छ र यो प्रमाण द्धारा पुष्टि भै स्वयम सिद्ध रुपमा रहेको हुन्छ ।े त्यसैले न्यायको खाजी सामाजिक तत्थ्य र यर्थाथताका आधारमा गर्न सकिन्छ भन्ने प्राकृतिक कानुनको अन्तिम निचोड रहेको छ । प्राकृतिक कानुन भनेको नै व्यक्तिलाई आफुतिर फर्काई अन्तरमुखी बनाई सबैको न्याय आफु भित्रै खोज्ने न्यायिक ज्ञानको आत्मबोध बनाउनु हो यो नै प्राकृतिक कानुनको मुल उद्देश्य वा स्वभाव रहेको छ ।
अबिद्या ,अज्ञान तथा अंधबिश्वास नै हरेक समस्याको जड तत्व का साथै प्र्राकृतिक न्याय वा कानुन बिरोधी कुरा मानिन्छन । केहि समय अगाडी भारतको सर्वोच्च अदालतले मुस्लिम धर्ममा रहेको तलाक प्रथा मुस्लिम धर्म अनुसार नभएको भनि फैसला ग¥यो । यसको अर्थ तलाक प्रथालाई मुस्लिम धर्म ग्रन्थ विपरितको कार्य मान्यो ।
कुनै पनि धर्मका धर्मग्रन्थहरु कुनै न कुनै शाश्वत मान्यता दर्शनमा आधारित भएर रहेका छन न की अमानविय अन्धविश्वास र मुर्खतापुर्ण कुरा देखाउनका लागि आएका छन । कुरान जस्तो अति पवित्र ग्रन्थले ३ चोटी तलाक भन्ने वित्तिकै श्रीमान श्रीमतीको सम्बन्ध बिच्छेद हुने कुरा वताउन नै सक्दैन । तर पनि यो समुदायमा तलाकको बिधिको खास मान्यताको अनूसरण गर्न नसकेर त्यो नबुझेर कुरानको खास मान्यताको सुक्ष्म विष्लेषण हुन नसकेर अज्ञानता तथा अन्धविश्वासमा परेर मुस्लीम धर्मग्रन्थको विकृतिपुर्ण व्याख्या गरि महिला वा पुरुष समेतमा यो प्रथाले कती अन्याय अराजकता ल्यायो त्यो सहजै अनुमान गर्न सकिन्छ । सनक चढेको अवस्थामा ३ चोटी तलाक भनेको भरमा जीवन भर जोडिएको वैवाहिक सम्बन्ध तोडनु पर्ने अन्धकारपुर्ण परंपराले कतीका घरवार टुटे होलान कती बाल बच्चा वृद्ध वृद्धाको विचल्ली भयो होला कती सम्पतीको लागि लडाई भएर हत्या हिंसा भयो होला यसकारण यस्ता अन्धकारपुर्ण परंपराका लागि वास्तबिक,शाश्वत तथा प्राकृतिक न्याय बिधिको स्थापनाका लागि न्यायालयको भुमिका समेत आफैमा छलंगित हुन्छ । त्यस्तै हिन्दु धर्ममा रहेको सती प्रथा जसले मरेको मान्छे संग ज्युदै मानिसलाई जलाएर मार्ने परंपराले पनि त्यस्तै परिणाम ल्याएको थियो जुन प्रकृतिको नियम विपरितको थियो ।
यसैकारण प्राकृतिक कानुनलाई अहरणिय ,विश्वव्यापी अन्तरसम्बन्धीत मानी यसको अन्तरबस्तु देखाएर संबैधानिक कानुनी व्यवस्थामा आम रुपान्तरण गर्ने अदालतलाई राज्यको तेश्रो आँखा त्जThird eye of the state भन्नु पर्ने कारण पनि सायद यहि हो भने अदालतबाट भएको निश्कर्ष आफैमा प्राकृतिक कानुन भएको हो । साथै न्याय र उपयुक्तता कानूनहरुको पनि कानून मानिएको हो what is just and right is the law of law भने अतिवादी एवं रुढिवादीग्रस्त व्यवस्था भएका कानुनहरुलाई कानुनको संज्ञा नै नदिएको हो ७ । यसैकारण कसैको हक अधिकारमा असर पुग्दछ भने त्यस्तो अवस्थामा न्यायको अनुभुति दिनका लागि विना पुर्वाग्रह,निश्पक्ष, स्वच्छ तथा सक्षम रुपमा न्यायिक निश्कर्षमा पुग्नका लागि प्राकृतिक न्यायको सिद्धान्तलाई अनिवार्य रुपमा पालना गरिएको हुनु पर्दछ । यसले नै न्यायलाई स्वच्छ –ाबष्च),न्यायिक , मनासिव एवं निश्पक्ष बनाउदछ आधुनिक सभ्य बिधिशास्त्रले स्वीकार गरेको मान्यता पनि यहि हो ।
यसरी अहरणीय प्राकृतिक कानुन वा न्यायलाई हरणीय बनाएका कारण नै पुनः त्यसको स्थापना गर्न मानव र्निमित कानुनको आवश्यकता भएको तर मानिसले बनाएका कानूनले प्रकृतिका कानुन जत्तिकै उचाइमा गएर सामाजिक अभियन्त्रण गर्न नसकेका कारण एक समस्या समाधान गर्न बनाएको कानुनको कारण अर्को समस्या जन्मने र त्यसैको परिबन्धमा परिने उदाहरणले पनि प्राकृतिक कानुनको अभिभाज्यता एवं महत्व झल्कन्छ ।
अबिद्या ,झुटा ज्ञान एवं अन्धविश्वासलाई हरेक समस्याको जड तत्व तथा अज्ञान मानिएको छ भने सर्वजन हिताय,समानता, समभाव तथा निश्पक्षतालाई ज्ञान मानिएको छ । यसैले व्यक्तिगत स्वार्थ वा इच्छालाई कटौती गरि सबैको हितको लागि गरेको कार्यले मात्र न्याय एवं शान्ति हुने कुरा पुर्बिय तथा पश्चिमी बिधिशास्त्रीहरुले बताएका छन । यसकारण पृथ्वीमा भएका हरेक प्राणी पदार्थको यर्थाथ ज्ञानको बोध हुनु नै बिद्या हो भने यो नै प्राकृतिक न्याय वा कानुन हो ।
बर्तमान शताब्दिको चुनौती मद्देको एक चलाखी एवं सामाजिक परिबन्ध शक्तिको आधारमा पद र शक्ति आफ्नो हातमा लिनु खोज्नु हो भने अबिद्या अन्धविश्वास त्याग तपश्या,पवित्रताको अभाव एवं झुटा ज्ञान र असक्षमताको कारण कुराको गहिराइमा गएर सुक्ष्म विश्लेषण एवं बास्तविक परिक्षण गर्न नसकेर पनि आफ्नो तर्क एवं अहंमता प्रदर्शन गरि आफै जित्न खोज्नु हो । आफ्नो स्वार्थका लागि हरेक बिधि संस्कार समेतलाई तिलाञ्जली दिई आफ्नो स्वार्थ लाद्न मात्र खोज्नु हो ।
बिद्धानहरुले समेत ज्ञान सृजनसिलता त्याग को खोजी तिर होइन स्वार्थ तिर बढि झुकाव राख्नु बर्तमान शताब्दिको अझ ठूलो समस्या भएको हो । साथै चलाखी कपट एवं बलको माध्यमले आफ्नो अत्याचारलाई लुकाउन खोज्नु हो । जसको कारणबाट न्यायिक सृजनसिलता ,सर्मपण,निष्ठा पवित्रता क्षमता शुद्दता र मुख्य कुरो आफ्नो कर्तब्य परायणता ओझेलमा परिरहेको अवस्था छ भने यसको कारणले न्यायमा पहुच र न्यायिक निश्पक्षता एवं सामाजिक न्याय लगायत यस धर्तिको पारिस्थितिक प्रणाली समेतमा ठुलो आसर परि रोग, भोग चिन्ता ,परस्परको अविश्वास,मानव मर्यादाको क्षयीकरण, आबिष्कार एवं निमार्ण भन्दा हिंसा बिनास बढि रहेको अवस्था छ ।
यसकारण मानिसका सबै कष्टहरु कुनै न कुनै प्राकृतिक कानुन वा न्यायको उलंघनले उत्पन्न भएका हुन्छन यसैले न्यायको सर्वासत्ताको कुनै अपहेलना नगरिकन मानिसले प्राकृतिक नियमको पालन गर्नु पर्छ भनिएको हो । त्यसैले भनिएको छ कानुनका अक्षरहरु केवल खोल मात्र हुन ति अक्षर भित्रको न्यायको खोज आफ्नै सृजनशिल एवं निष्ठापुर्ण साधनाबाट खोज्नु पर्छ जुन प्राकृतिक न्यायमा आधारित हुने गर्दछन । अर्थात निश्चयवादी कानुनले एकमा एक जोडदा २ हुन्छ र विखण्डन गरेमा त्यसको मुल स्वरुप नै नष्ट हुन्छ भन्छ । तर प्राकृतिक कानुनमा एकमा एक जोडदा वा घटाउदा पनि एक नै बाँकी रहन्छ भन्ने प्राकृतिक कानुनको मुल बिशेषता रहेको छ .
यसकारण आफुलाई प्राकृतिक कानुनबाट अलग सम्झनु नै अविद्या एवं झुटा ज्ञान मानिन्छ र यसप्रति शंका गर्ने अज्ञानी ले न्यायको वास्तविक चेतना प्राप्त गर्न नसकेको हो भने उचित र न्यायोचित कानुनहरु हुनु पर्दछ र तिनको प्रयोग पनि न्यायोचित तरिका बाट हुनु पर्दछ भन्ने दुबै कुरालाई समेटदछ ।
विवादको क्षणीक वा कानुनी यान्त्रिक समाधानले मात्र स्थायी शान्ति एवं समाधान दिदैन ।
यसैले असल न्यायाधीशको कर्तब्य मुद्दा गर्नु पर्ने कारणहरुको अन्त्य गर्नु हो । जसरी विज्ञानले परमाण्ुालाई बस्तुको सबभन्दा सानो एकाई मानेको छ त्यस्तै गरि विवाद को सुक्ष्म रुप पनि प्राकृतिक न्याय हो जसलाई फेरी टुक्रा गर्न सकिदैन त्यही बिश्राम वा दिगो शान्ती हुन्छ । यो नै परमाणुरुप न्याय हो भने यसबाट मानव सभ्यताको एक गोरेटो वा मार्ग दर्शन पनि कोरीन्छ यो नै प्राकृतिक कानून हो ।
यसैले अन्यायका अनेक रुप तथा विकल्प हुन सक्छन तर न्याय सत्य वा प्राकृतिक कानुन एउटै निर्विकल्प एवं परमाणु स्वरुपमा रहेको हुन्छ भनिएको हो । यसैले पनि जुन अधिकारलाई निश्चयात्मक कानुनले मान्यता नै प्रदान गरेको छैन ति अधिकार वा ज्ञानको कुनै अस्थित्व नै छैन भन्ने कुनै युक्ति संगत आधार पनि रहेको हुदैन । प्रत्यक्ष कानुनको आधारमा कानुनी मान्यता प्रदान नगरेको अधिकारको पनि अस्थित्व रहन्छ भन्ने कुरा ऐतिहासिक तत्थ्यबाट समेत प्रमाणित भएको कुरा हो ।
जस्तै गौतम बुद्ध तथा तपश्वी ज्ञानी वैज्ञानिकहरु समेतले ज्ञान वा प्राकृतिक कानुनको खोजी आफ्नो साधना प्रकृतिको अनुसरण अनुकरणको बलबाट खोज्नुले यो कुराको पुष्टि गर्दछ । गौतक बुद्धको ज्ञान , वैज्ञानिक अल्बस्टआइष्टाइनले पता लगाएको विज्ञानको सुत्र EÖ mc² भन्ने सापेक्षतावादको सुत्र यसका प्रष्ट उदाहरण हुन । त्यसैकारण बिधिशास्त्री स्टामलरले समाज वा राष्ट्रले सहि ठानेका कुरा प्रति मेल नखाने कानुन यदि प्राकृतिक कानुन विपरित छैन भने त्यो अबैध मानिदैन भन्नु पर्नेकारण पनि यहि हो ।
प्रकृतिको अनुकरण बाट नयाँ कुरा पत्ता लाग्दै जानु तथा जती पनि वैज्ञानिक आविश्कार छन ति पनि प्रकृतिको अनुकरण भन्दा वाहिर नजानुले पनि यो कुराको पुष्टि गर्दछ । यसैकारणले पनि हुन सक्दछ बिसौ शताब्दिको अन्त्यमा विश्वमा आएको उत्तरआधुनिकतावादी दार्शनिक चिन्तन समेतले खास गरि कुनै पनि बिषय बस्तु प्रतिका मानवको बुझाइलाई निकै उन्नत बनाउने प्रयास गरेको छ । उत्तरआधुनिक युगले विगत मानव जीवनका अनुभव र भोगाइबाट निर्देशित भई प्राप्त भएका अनुभव उपलब्धी तथा मानव एवं प्रकृति बीचको सापेक्षित अन्तर सम्बन्धलाई समेत निश्चित दिशामा केन्द्रित गर्ने प्रयास भएको छ ।
आज भन्दा करिब १०० बर्ष अगाडी अमेरिकाको सिकागो शहरमा भएको एक कार्यक्रममा महान वैज्ञानिक अल्वष्र्ट आइन्षटाइनले आधुनिक वैज्ञानिक आवश्यकताहरु पुरा गर्न सक्ने कुनै नियम छ भने त्यो प्राकृतिक नियम मात्रै अन्तिम हुनेछ भन्नु भएको थियो । यसैकारणले ज्ञान भन्नु नै प्रकृतिको वास्तविक नियममा रहेर त्यस भित्रको सम्भावनालाई बुझ्नु उजागर गर्नु त्यसको सदउपयोग अभिवृद्धि गरि त्यसबाट सृजना गर्नु हो । यसकारण बर्तमान शताब्दिमा मानिसले मानिस विरुद्दमा ज्ञान होइन चलाखी छट्टुपन ,स्वार्थपन देखाएका कारणबाट पनि मानिसको प्राकृतिक कानुनको उलंघन भै अन्याय एवं बर्वादीको अवस्थामा गएको छ । चलाखी छट्टुपन,स्वार्थपन एवं बौद्धिकता समेतले एक मानिसले अर्को मानिसको जीवनलाई बाध्न खोज्नु भनेको अर्काको मानव अधिकार एवं प्रकृति प्रदत्त अधिकारको उलंघन हो ।
एक मानिसले अर्को मानिसलाई मानवताको भावना वाहेक चलाखी स्वार्थ,छट्टुपन एवं बौद्धिकता समेतको परिबन्धमा अर्काको जीवन पार्नु भनेको अनन्य प्रकारका विकृति समस्याको जन्म दिनु हो । जसको कारणबाट अशान्ती तथा भित्र भित्रै विद्रोहको भावनाको विजारोपण हुन्छ भने मानवता को भावनाले सम्बन्ध गासिनु भनेको प्रकृतिको कानुन हो यसको अनुसरणबाट मात्रै सामाजिक ऐक्यबद्धता कायम भै सदभाव सदाचार सृजनसिलता एवं बिकासको जन्म हुने गर्दछ ।
यसकारण प्रकृतिको नियमको उलंघन भनेको आफै समस्याको दलदलमा फस्नु हो । यसकारण कानुनलाई विशुद्द रुपमा हेर्नु पर्दछ भन्ने निश्चयात्मक कानुनका कानुनविद अष्टिन केल्सन जस्ताको धारणाले पनि बर्तमान शताब्दिमा अनेक किसमका परिवर्तनले खडा समस्याको समाधारन कसरी गर्ने भन्ने कुराको उत्तर दिन सकेको छैन भने राज्यद्वारा निर्मित यान्त्रिक व्यवस्थाले मात्र कानुन एवं व्यक्ति समाजको खास अन्तर सम्बन्ध बुझ्न सक्दैन ।
यसैले हरेक लोकतान्त्रिक देशका संबिधानले पनि संबिधान सित बाझिने कानुन अमान्य हुने न्यायको पुनरावलोकनको सिद्धान्त प्रतिपादनले पनि यस कुराको सर्मथन गर्दछ साथै न्यायको निरोपण गर्दा कानुनको अन्तरनिहित तत्व हेर्नु पर्ने ,केवल कानुन मात्रै हेरेर विवादको समाधान वा फैसला नै ग¥यो भने त्यो केवल अदालती यान्त्रीक वा कृतिम समाधान मात्र हुने तर संबिधानको व्याख्या गर्दा संबैधानिक पद्दती एवं नैतिकता हेर्नु पर्ने तथा कानुनको व्याख्या गर्दा कानुनको गुह्य तत्व हेनु पर्ने कानुन व्याख्याको सिद्धान्तले पनि यस कुराको थप पुष्टि गर्दछ । जस्तै पैत्रिक सम्पतीमा मुद्दा परि अंशवंण्डा हुदा अदालती वा कृतिम फैसला मात्र हुने तर अंशियारहरु बीच आपसी भातृत्व सदभाव कायम नहुने कुराले यसको पुष्टि गर्दछ ।
जबकी मुद्दाको स्थायी समाधान हुन अंशीयार बीच आपसी भातृत्व सदभाव नभइकन सम्भव हुदैन । त्यसैले नै हुन पनि सक्दछ साधारण अदालतमा र मौजुदा कानुनले मुद्दा गर्दा धेरै समय लाग्ने दुःखकष्ट सहनु पर्ने र कृतिम न्याय हुने हुदा बेलायतमा राजा कहाँ प्राकृतिक न्यायको सिद्धान्त तथा सदविवेकमा आधारित न्याय Equity , justice and good conscience को आधारमा बिन्तीपत्र सुनी न्यायनिसाफ गर्न समन्यायिक अदालत Equity court को स्थापना गरी त्यसको मुख्य न्यायधीशमा अनुभवी विद्धान व्यक्ति चान्सलर लाई नियुक्ति गरिन्थ्यो । उक्त समन्यायिक अदालत भ्त्रगष्तथ अयगचत ले निकै लोकप्रियता कमाई करिब ५०० बर्ष सम्म काम गरि सके पछि त्यहाँको उच्च अदालतमा गाभिएको थियो १० ।
यसकारण विज्ञानको प्रयोग गर्नु भनेको नै प्राकृतिक नियमको परिपालनाबाट नव र्सिजनालाई बढावा दिनु हो । यसैले न्यायको तत्व पहिचान वैज्ञानिक तत्थ्यको खोजबाट मात्र सम्भव भएको र त्यो प्राकृतिका कानुनको सहायताबाट मात्र सम्भव भएको हो । बैद्धिकताले केवल भ्रम वा अर्ध सत्य कुरा मात्र पत्ता लाग्दछ । यसैले अन्तरमुखी ज्ञानले सिद्ध परिष्कृत नभएका विद्धानबाट मात्रै खास न्यायको प्रष्फुटन हुन नसकेको हो ।
समाज संस्कृति भुगोल संस्कार बिधि भाषा धर्म रहनसहन अनुसारका सबैका फरक फरक पहिचान भए पनि स्वभावगत अन्तरस्करण सबैको एकै हुने भएको हुनाले सापेक्षीत न्याय भन्दा निरपेक्षीत न्याय नै सबैका लागि प्राप्य सहज सरल स्विकारयोग्य एवं निजत्वको न्याय हुन पुगेको हो किनकी आफ्नो अन्तर हृदयको आवाज वा न्याय स्वयम व्यक्तिको साधनाबाट निश्सृत हुने कुरा हो र यो स्वयम व्यक्तिले नै जानेको हुन्छ । यसकारण मानव निर्मित कानुनको प्रमुख तुर्टि राष्ट्र,सरकार र कानुनको निर्माता मानिस स्वयम हो भन्ने शाश्वत मान्यतालाई मान्यता नदिनु हो । राष्ट्र,सरकार र कानुनको उत्पत्ती भन्दा पहिले मानिसको उत्पत्ती भएको र मानिसले नै राष्ट्र,सरकार र कानुनको निमार्ण गरेकाले मानिसको अधिकारको सम्बन्धमा मानिसलाई साधन र मानव निर्मित संस्थालाई साध्य मान्नु युक्ति संगत हुन सक्दैन ।
यस सम्बन्धमा De jure belu ac pacis का लेखक ग्रोससले राष्ट्र र सरकार प्राकृतिक कानुन प्रति अत्यन्तै असंबेदनसिल छन भन्ने कुरा देखाउदै भनेका छन– सबै राष्ट्ररुमा युद्धबाट बाहिर रहने मान्यताहरुको अभाव छ भन्ने मैले देखेको छु । अत्यन्त असभ्य एवं क्रुर जातीका लागि समेत निन्दनिय मानिने युद्ध राष्ट्रहरुले अपनाएका छन । सामान्य विवादमा पनि मानिसहरु हतियार उठाउछन । बिनाकारण पनि उनिहरु लडछन जब लडाई सुरु हुन्छ उनिहरुमा कानुन मानव लगायत पशुप्राणी बनस्पति तथा भगवान प्रति एक रती पनि सम्मान रहदैन यस्ता किसमका अराजकताले जस्तो सुकै अपराध गर्न पनि छुट दिन्छ भनेका थिए । यसकारण विश्वयुद्ध अन्तराष्ट्रिय समस्याहरुले नैतिक शक्तिलाई वैज्ञानिक शक्तिले उछिनेकाले विश्वले मानवताको बाटो छाडी दानविय मार्ग पछ्याउन लागेकाले मानिसले मनुस्यताको रक्षाका लागि प्रकृतिक कानुन नै बढि सार्थक हुन जान्छ प्रत्यक्ष कानुनले मात्रै मानव अधिकारको रक्षा हुन सक्दैन । मानव स्वयम नै प्रकृतिको रचना भएकाले प्रकृति भन्दा बढि परिष्कृत कानुन बनाउन सक्नु असंभव जस्तै कुरा हो ।
पद र शक्तिलाई व्यक्तिगत स्वार्थ पुर्ति गर्ने साधनको रुपमा प्रयोग, वैज्ञानिक उपलब्धिलाई गलत रुपमा प्रयोग , भविश्यको जीवन सुरक्षाको अभावको महसुश ,उच्च महत्वाकाङक्षा र अडान, मनुषत्व ग्रहण गर्न नसक्नु तथा गल्तीको सुधारको लागि अग्रसरता नलिनु, गुणस्तरिय शिक्षा प्रणालीको पनि अभाव, जवाफदेहिताको अभाव र भ्रष्टाचार, जीवन दर्शन पद्दती बिधि पद्दती विहिन अस्तव्यस्त, असल संस्कार संस्कृतिको पहिचानको अभाव, सरकारी सुशासनको अभाव, त्याग विहिन सदगुण तथा सदाचारको अभाव, दण्डहिनता, व्यक्तिवादी प्रवृति हावी हुनु ।
यस्तो अति व्यक्तिवादी र स्वार्थीकरणका कारण कानुनको शासन तथा व्यक्तिगत, पारिवारिक,सामाजिक, राजनितिक ,आर्थिक, सास्कृतिक, शैक्षिक ,स्वास्थ्य भौगालिक तथा सृजनशील जीवन लगायत यसबाट कानुन निमार्ण प्रकृयामा समेत असर परि कानुनले बिधिशास्त्रीय मान्यता बोक्न नसकी कानुनको माध्यमबाट समाजको सुव्यवस्था स्थिरता शान्ति न्याय एवं ऐक्यवद्धतामा नै प्रहार भैरहेको अवस्थामा प्राकृतिक न्यायको महत्वको सान्दरर्भिकता अझ बढेको छ । यसरी २१ औं शताब्दिको हाँक र चुनौतिको सामना गदैं समाजलाई संबृद्ध एवं सफलताको शीखरमा पु¥याउनका लागि २१ औं शताब्दिका हाँक एवं चुनौतिवारे प्रष्ट हुनु आवश्यक रहेको छ ।
बर्तमान समयका समाजशास्त्रिय बिधिशास्त्रका ज्ञाताहरुले कानुन भनेको law is an instruments of Social engineering हो भन्ने बारेमा जान्नु भन्दा पहिले हामीले गम्भिर रुपमा प्राकृतिक अभियन्त्रण Natural engineering of justice कानुनको प्राकृतिक अभियन्त्रण वा प्राकृतिक न्यायको अन्तरनिहित संरचनाको अवस्थालाई बुझ्न तथा अपनाउनु आवश्यक परेको हो ११ । न्यायलाई समुदघाटन गर्ने प्राकृतिक अभियन्त्रण Natural engineering of law को गम्भिरता, यसको क्रमवद्धता ,शाश्वतता, व्यवस्थित ,अनुशासित,सृजनशिल एवं वैज्ञानिक शक्तिको ज्ञान र त्यसको बारेमा खोज्नु तथा अनुसन्धान गर्नु आवश्यक भएको हो । यसकारण समाजले निमार्ण गरेको मर्यादालाई प्रकृतिको नियमले अस्विकार पनि गरेको हुन सक्दछ वा यसको विपरित पनि हुन सक्दछ ।
यसैले संसारिक वास्तविकता संचालन गर्न, नियमन गर्न नियन्त्रण व्यवस्थापन तथा सन्तुलन कायम गर्न भएका नियम संग मेल नखाने वा त्यो भन्दा विपरितका मानव निर्मित कानुन सहि अर्थमा कानुन होइनन भन्ने मान्यता नै प्राकृतिक कानुनको मौलिक धारणा हो । मानिसले प्राकृतिक अभियन्त्रण Natural engineering जतिकै उचाइमा गएर कानुन बनाउन नसकेका कारण उक्त कानुनले law is an instruments of Social engineering भन्ने भनाई अनुरुप सहि अर्थको प्रकृतिक कानुनले जत्तिकै सामाजिक अभियन्त्रण गर्न नसकेका कारण धेरै प्रकारका विकृति विसंगति अन्याय जन्मीएको र यसले धेरै अराजकता एवं शोषणको समेत जन्म दिएको छ ।
प्राकृतिक कानुनको अनुशरण हुन नसकेकै कारण पुनः त्यसको परिपालना गराउनकै लागि नै निश्चयात्मक कानुन आवश्यकता भएको र निश्चयात्मक कानुनको कार्यान्वयन पनि स्वस्फुर्त रुपमा नभई राज्यको शक्ति प्रयोग गरिकन हुने हुनाले यो स्वभावैले कृतिम प्रकृतिको हुने कुरामा दुइ मत छैन । यस्तो अवस्थामा पुनः यसको अनुशरण नभयो भने पुनः दोहरिने वा अराजकता बढन सक्ने सम्भावना पनि त्यतिकै रहन्छ । यसकारण प्राकृतिक कानुनको स्वीकारोक्तिबाट नै हरेक द्धन्द्ध विवादको स्वतः समाधान भएको छ ।
प्राकृतिक कानुनको लागि जाती भाषा, क्षेत्र वा देश को भेदभाव नै अर्थहिन छ । यसको गुप्त रहस्यको उदघाटन गर्ने कलाको ज्ञान मानिसले मानिसलाई दिन सक्दैन प्रकृति नै एक मात्र स्वयम सिद्ध गुरु हुन्छन । यसैकारणले प्राकृतिक कानुन कुनै सिद्धान्त , दार्शनिक परिकल्पना वा बैद्धिक अन्तरज्ञान मात्र होइन यो बास्तविकताको यर्थार्थ एवं वैज्ञानिक रुप हो ।
यसलाई व्यवहारमा उर्तान खाली प्राकृतिक कानुनलाई ग्रहण गर्न सक्ने योग्यता मात्रै चाहिएको हो । पाश्चात्य शिक्षा दिक्षाको परिणाम स्वरुप जति विजातिय चिजहरु हाम्रो देश समाज भित्र घुसी शाश्वतता स्वच्छता शुद्धता तिर होइन चलाखी,स्वतन्त्रता,स्वच्छन्दता, स्वार्थपन कपटपन एवं छट्टुपनले समाजमा प्रशय पाइरहेको अवस्थामा अझ बढि प्राकृतिक अभियन्त्रण वा न्यायको खोजको आवश्यकता महशुस भएको हो । चलाखी,स्वतन्त्रता, स्वार्थपन छक्यान झुक्यान अन्धाधुन्द्ध अनुकरण एवं छट्टुपनले हाम्रो संस्कार संस्कृति सभ्यता मनुषत्व एव मानशिक शारिरीक ं सामाजिक आर्थिक राजनितिक अवस्था अन्तत्वगत्वा न्यायमा नै परेको प्रत्यक्ष असर सम्बन्धमा अध्ययन अनुसन्धानको आवश्यकता भएको हो
प्राकृतिक न्यायको उलंघनले त्यसबाट मानविय एवं भौतिक रुपमा प्रभाव परि त्यसबाट परेको असर सम्बन्धमा पनि अध्ययन अनुसन्धानको आवश्यकता भएको हो जुन कुरा हाम्रो बर्तमान संबिधानले प्रस्तावनामा नै निर्देर्शित गरेको सबै प्रकारका विभेद असमानता एवं उत्पीडनको उल्मुलन गर्ने परिलक्ष संग पनि सम्बन्धीत रहेको छ । यसैकारणले दार्शनिक सिसेरोले संबैधानिक कानुनको पालना गर्नु र सार्वजनिक इच्छा वा प्राकृतिक कानुनको पालना गर्नु एउटै कुरा हो भनि भनेका होलान । यसैले बर्तमान समयमा आफ्नो स्वार्थका मात्रै लागि केन्द्रित भएर मानिसहरुले जुन व्यवहार, गुट, भ्रष्टाचार गर्छन त्यसले समाजमा दिर्घकालिन असर पर्दछ र त्यसले मानव जाती लगायत सम्पुर्ण जगतको लागि बिषबृक्षको जस्तो भयावह अवस्थाको सृजना गर्दछ भनिएको हो ।
यसै कुरालाई सर्मथन गर्दै बिधिशास्त्री तथा दार्शनिक Hugo grouius ले पनि मानिस प्राकृतिक रुपले सामाजिक मात्र नभई तर्कपुर्ण पनि हुन्छ तब समाज पनि तर्कपुर्ण हुन्छ र कानुन पनि तर्कपुर्ण हुन्छ । किनकी मानिसमा प्राकृतिक रुपले अन्तस्करण पनि विद्धमान रहेको हुन्छ जसको आधारमा उसले तर्कको आदेशलाई स्वीकार गर्दछ अनि शान्ति प्राप्त गर्दछ भनेका होलान ।
मानिसका सबै कष्ट हरु कुनै न कुनै प्राकृतिक कानुन वा न्यायको उलंघनले उत्पन्न भएका हुन्छन । त्यसैले न्यायको सर्वसत्ताको अपहेलना नगरिकन मानिसले प्राकृतिक नियमको पालना गर्नु पर्छ भनिन्छ । यसको उदाहरणका लागि सम्पुर्ण प्राणी बनस्पती जगतको अभिभाज्य एकता एवं अन्तरसम्बन्ध Natural engineering and interelation कसरी प्राकृतिक न्यायमा टिकेको छ भन्ने कुराको मर्म बुझ्नु पनि उत्तिकै आवश्यक रहेको छ । यसैकारणले संकिरणता तथा कानुनको यान्त्रिकता न्यायका लागि बाधक तत्व मानिएका हुन भने कानुनको शास्त्र भन्दा खुला चिन्तन शाश्वत चिन्तन न्यायका लागि महत्वपुर्ण मानिएका हुन ।
यसैले पृथ्वीमा भएका अन्य प्राण्ीा बनस्पतीको कुनै प्रवाह नगरि केवल आफ्नो भौतिक इच्छा पुर्ति गर्नु नै हाम्रा समस्याको मुल कारण भएको हो । यसकारण प्रकृतिको कानुनलाई बुझ्नु भनेको परिपुर्ण वा परिपक्वता संगै हाम्रा प्रकृति सितका सम्बन्धहरुलाई पनि बुझ्नु मात्र होइन हाम्रा समस्याको स्वस्फुर्थ समाधान पनि हो १३ । त्यसैले आफु बाच्ने आशामा संसारको हरेक कुराको नाश गर्नु मुर्खतापुर्ण कार्य का साथै बिधिको शासनको पनि उलंघन मानिएको हो ।
यसको उदाहरणको रुपमा वर्तमान संसारमा भौतिक बिकासका कारणले उत्पन्न समस्याहरु जस्तै, जलवायु पविर्तनले पारेको प्रभाव, नयाँ नयाँ रोग देखिनु, पानीका मुल सुक्दै जानु, मानवताको अवस्था घटेर नयाँ प्रकारका अपराध बढदै जानु, मानसिक माइग्रेन को समस्या,निराशा,मानिसमा जीवन मुल्य प्रति कुनै परवाह नहुनु अदि जस्ता समस्या यसका ज्वलन्त उदाहरणहरु हुन ।
प्राकृतिक कानुनको बारेमा खोज अनुसन्धान गरेका करिब ५औं शताब्दिका प्राचिन ग्रीकका विद्राही सोफिष्टहरुले कानुन बारेका पुराना मान्यतालाई चुनौति दिदै गणित, जोतिषशास्त्र दर्शनशास्त्र कानुनका बिषयमा नया जानकारी गराएका थिए ।
यो नया ज्ञानको उत्पादन गर्न सक्नुको प्रमुख कारण प्रकृतिका नियमको गहिराइमा गएर गरिएको सुक्ष्मतम विष्लेषण एवं अनुसन्धान थियो । अर्थात प्राकृतिक कानुनको मिहिन ढंगबाट सैद्धान्तीक एवं व्यावहारिक रुपमा गरिएको खोज अनुसन्धान नै थियो । सोफिष्टहरुको भनाई अनुसार प्रकृतिका नियमहरु आवश्यक एवं अका्य हुन्छन तर मानव निर्मित कानुनहरु मानिसको आवश्यकता वा स्वइच्छाचारिता बाट जन्मन्छन । तसर्थ मानव निर्मित कानुन नभई नहुने अका्य ब्यबस्था होइन यो प्राकृतिक कानुनलाई नबुझ्ने समाजलाई तत्काल व्यवस्थापन गर्न मानिसको कृतिम सृजना हो । यसकारण आवश्यकता र समय अनुसार कानुन परिवर्तन भइरहन्छ ।
कानुन बनाउने र पालना गर्ने दुई पृथक मानिस मध्ये कुनै एकको परिस्थितिमा फरक आउने वितिकै कानुन पनि परिवर्तन भइहाल्दछ । यसैले प्रकृतिका नियमहरुको उलंघन गर्ने व्यक्ति विना परिणाम उम्कन सक्दैन तर मानव निर्मित कानुनको उलंघन त्यतिबेला मात्रै दण्डनिय हुन्छ जब उलंघन जानकारीमा आउछ । यसकारण मानव निर्मीत कानुन शाश्वत प्रकृतिको हुन सक्दैन । यो समाज बनाउने पालना गर्ने व्यक्ति र पालना गर्ने परिस्थिति अवस्था सापेक्षित रहेको हुन्छ । परिणाम स्वरुप कानुनका विवेक युक्त निश्पक्षता वा स्वच्छता हुन सक्दैन यो स्वभावैले स्वइच्छाचारि हुन्छ । यसले कसैलाई लाभ एवं कसैलाई हानी प्रदान गर्दछ । यो सबैको न्यायको मापदण्ड भएर रहन सकेको हुदैन ।
यसकारण प्राकृतिक कानुनको आधारभुत बिशेषता भनेको मानव निर्मित कानुन भन्दा परिष्कृत एवं परिपुर्ण न्याय प्रदान गर्नु रहेको हुन्छ भने यसको अनुसरणबाट न्यायलाई स्वच्छ निश्पक्ष समान बनाउने प्रयत्न निरन्तर जारी रहेको मानिन्छ । मानिसले प्रकृतिको अनुसरणबाट नै विज्ञान प्रबिधि ,चिकित्सा पद्दती ,गणित इन्जीनियरिङ्ग ,जनस्वास्थ्य ,भुगोल,न्याय, संगित भाषा लगायतको जन्म पनि प्रकृतिको खोजबाट नै भएको छ । यसकारण प्रकृतिको अनुसरण अनुकरण परिपालना एवं सर्मपण नै न्यायको मात्र होइन जीवनको पनि अन्तिम सत्य मानिएको हो । यसैले हुन सक्छ दार्शनिक सिसेरोलेLaw is an unchanging and everlasting it is made by god भनेका होलान ।
यसकारण प्राकृतिक कानुन निश्चयात्मक कानुनलाई आदर्श कानुनको गुण प्रदान गर्ने नैतिक तथा दार्शनिक आधार मानिएको हो । यो कानुन स्वयम प्रत्यक्ष रुपमा व्यावहारमा लागु हुदैन तर मानिसको व्यवहारलाई नैतिक एवं जीवन अनुकुलीत बनाउन निश्चयात्मक कानुनलाई अन्यायी हुनबाट रोकी समाजलई न्याय अनुरुप संचालन गर्न प्राकृतिक कानुनको योगदान सधै रहिरहेको मानिन्छ १५।
विज्ञानको भौतिक सुखले मानव जातीमा असुरक्षा र भौतिक पदार्थको अस्थायीपनाको भेदभाव जगाइरहेको बर्तमान अवस्थामा मानिसले प्रकृतिका नियमको पालना नगरि सुख पाउन सक्दैन । विश्वका राजनितिक घटनाहरुको भयावह प्रगतीले यो संकेत दिइरहेको छ । प्राकृतिक कानुनको अनुसरण गरिएन भने मानिसहरु नष्ट भएर जान सक्नेछन । प्रत्येक समस्याको आफै समाधान हुन सक्छ यदि हामी प्राकृतिक न्याय तथा अहिंसाको नियमलाई आफ्नो जीवनको नियम बनायौं भने । इतिहासलाई फर्केर हेर्ने हो भने प्रष्टै देख्न सकिन्छ मनुष्यको समस्याको हल पासविक बलको प्रयोगले हुदैन ।
विवादहरुको समाधानका लागि मानविय विवेकको सट्टा पासबिक बुद्धि लडाएमा यो धर्ति नर्कमा परिणत हुनेछ । प्रथम विश्वयुद्ध तथा द्धितिय विश्व युद्ध को परिणामले यो प्रष्टै देखाएको छ । युद्धमा गरिएको अरबौं डलर को बिष्फोट बन्दुक जो धुवाँ बनेर उडयो जसबाट एक नयाँ संसार बसाउन पर्याप्त बजेट हुन्थ्यो जुन पैसाले संसारको गरिबी ,रोग ,अशिक्षा ,अभाब मेटाउन पर्याप्त हुन्थ्यो । डर अराजकता अनिकाल असुरक्षा ,महामारी को सट्टा शान्ती, सम्बृद्धि ज्ञान तथा बिकासको साम्राज्य हुन्थ्यो । तर त्यो पैसाले मानविय भौतिक क्षति मात्र गरेन बिश्वको बिकासको गति समेत पछाडी धकेली दियो । भने विश्वलाई पुजीवादी एवं साम्यवादी गरि गुटमा परिणत गरिदियो ।
यसको परिणाम प्रति विश्लेषण गर्दैfranklin rujbelt भन्ने विद्धान ले भने जीत र हार दुबै निष्फल हुन । हिंसाको विजयको परिणाम शोकको उत्सव हो । प्रथम विश्वयुद्ध तथा द्धितिय विश्व युद्ध को परिणाम स्वरुप आएको मानव अधिकारको विश्वव्यापी घोषणा पत्रले मानवमा अन्तरनिहित चेतनालाई स्वीकार गरि एक अर्कामा भातृत्वको व्यवहार गर्नु पर्ने कुरा उदघोष गरेबाट यो पुष्टि भएको छ । यसैले प्रकृतिको कानुनको अत्यमा स्वीकार गरेर वा त्यसको अनुशरण गरेर मात्रै हरेक प्रकारका द्धन्द्ध ,विवादको बास्तविक समाधान हुन सकेको छ । मानव निर्मित कानुनले केबल कृतिम समाधान वा न्याय प्राप्त गरेको छ ।
यसको उदाहरणको रुपमा सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्य वा प्रथम विश्वयुद्ध तथा द्धितिय विश्व युद्ध को परिणाम वा वर्तमान दण्ड प्रणालीको सुधारात्मक सिद्धान्तलाई समेत लिन सकिन्छ । दण्ड सजायले मात्रै पनि प्रतिसोध र प्रतिषेधको आगोलाई निभाउन सक्दैन । चपरचण्ठ चलाख ले त जेलको सजायको पिडालाई पनि खुशीको रुपमा मनाउन सक्छ तर जब पिडकले समाजको अगाडी सत्य कुरा बताउछ तथा स्वीकार गर्दछ र माफि माग्दछ तब वास्तबमै सामाजिक दण्डको साथै स्वयम दण्डीत भएको महशुस गरि प्राकृतिक कानुनको अनुसरण गर्दछ तब समस्या विवाद वा द्धन्द्धको नदोहरिने गरि बास्तविक समाधान हुन्छ आखिर दण्डको वैज्ञानिकता पनि सुधारात्मक रहेको हुन्छ भने मेलमिलापको विकल्प पनि अनन्त रहेको मानिएको छ ।
आखिर सबैले खोजेको समानता सामाजिक ऐक्यवद्धता सदभाव हो । जुन स्वर्णीम कुरा प्राप्त भए पछि दण्ड सजायको के प्रयोजन रहन्छ । यसकारण जेलको दण्ड सजाय को सट्टा सम्पुर्ण सार्वजनिक सत्य र साचो मेलमिलापका लागि प्रतिवद्ध प्रयत्न गरे वापत आममाफी यो नै प्राकृतिक कानुनको आधार भएको हो र कानुनी इतिहासलाई परिवर्तन गरि दक्षीण अफ्रिकाले विश्वलाई दिएको योगदान पनि यहि हो ।
यसैले प्रकृतिक नियम प्रतिको सर्मपणले विनम्रता ल्याउछ विनम्रताले स्वशुद्धिकरण ल्याउछ यसरी स्वशुद्धिकरणबाट विवेकशीलता जन्मने र यहि सत्यताबाट ज्ञान वा प्राकृतिक नियमको जन्म हुने ज्ञान वा प्राकृतिक नियम बाट वैराग्य तथा संस्कारको जन्म हुने ज्ञान वैराग्य एवं संस्कारबाट नै न्यायको रक्षा हुने भएकोले ज्ञान वा प्राकृतिक नियमका चक्षु आखा नभएका मानिस सधै अन्धा हुने कुरा हाम्रा पुर्विय वाङमयका प्राचिनतम बिधिशास्त्र तथा बिधिशास्त्री हरुले बताएका छन ।
न्याय कहिल्यै नमर्ने तथा कहिल्यै दमित नहुने प्राकृतिक स्वभाव भएको चिज मानिन्छ । यसकारण यो सधै उद्देलित तथा प्रष्फुटनको अवस्थामा रहन्छ । संसारमा भएका आन्दोलन एवं क्रान्तिहरु यहि कहिल्यै दमित नहुने नमर्ने प्राकृतिक शाश्वत नियम गुण तत्वलाई मुर्खतापुर्ण उदण्डपुर्ण कायरतापुर्ण तरिकाबाट दमित गर्ने अन्धकारमा राख्ने ,चलाखीको परिबन्धमा पार्ने कुचेष्टालाई परास्त गर्न भएका आन्दोलन विद्रोह एवं क्रान्तिहरुको बलबाट उहि न्याय स्थापनाका लागि भएबाट यो कुरा प्रमाणित हुन्छ । जुन कुरा प्रथम बिश्व युद्ध ,द्धितिय बिश्वयुद्ध लगायत सम्पुण मानव जातीले गरेका विद्रोहले यो कुराको प्रमाणीत गर्दछ । यसै मान्यतालाई बुझेर नै प्राचिन ग्रीसका विद्धानहरुले ीLets the heaven fall and the world will be lost justice has to be done. स्वर्ग खसे पनि तथा पृथ्वी नै नष्ट भए पनि न्याय हुनु नै पर्दछ भन्ने भनाइ भने होलान ।
न्यायको यहि विशिष्ट गुणको कारणले गर्दा न्याय प्रतिको निष्ठावान जागरणयुक्त सत्य न्यायाधीशहरु सामान्य कानुनी यान्त्रीक फैसलाले सन्तुष्ट हुदैनन न्यायको खास तत्वको पहिचान गरि छाडछन । यसकारण सत्यतापुर्ण एवं प्राकृतिक न्यायपुर्ण नियम नै यो संसारको शाश्वत गुण एवं नियम भएको हो । भने आफुभन्दा निर्धालाई दबाएर शाक्तिशाली संग निहुरिने कार्य स्वार्थी तथा अन्यायपुर्ण कार्य भई प्राकृतिक कानुन विपरित कार्य भएको हो । यसै कुरालाई थप पुष्टि गदैं पुर्विय वाङमयका विद्धान स्वामी विवेकानन्दले भनेका छन – न्यायको वाणी नसुनाउने कम्तीमा १० जना न्यायाधीश जुन देशमा हुने छैनन त्यो राष्ट्र नष्ट हुनेछ ।
एउटा निश्पक्ष न्यायाधीश संसारको सिमित ब्यवस्थाको अधिनमा मात्र हुदैन न्यायको प्रतिमुर्तिको रुपमा उसको शुद्द शरिर भौतिकताको बन्धनबाट समेत मुक्त हुन्छ । यस्ता न्ययिक व्यक्तिले नै जीवन र जगतको सापेक्षताको सत्यता तथा न्यायलाई जान्न सक्दछन र दिब्य न्यायिक सृजनाहरुको आबिष्कार गरि निर्धन जनताको न्यायको प्रतिक भएर रहन्छन । यस्ता न्यायकर्मीबाट निष्टापुर्ण तरिकाले गरिएको सर्मपणले हृदय खुली सबै शंका नाश भई न्यायिक सृजनशिलताको जन्म हुने गर्दछ भने प्रकृतिको नियमको पालना गरि न्यायको स्वरुप तत्व वा परमाणु स्वरुप न्याय पहिल्याउछन ।
यसैकारणले पनि हुन सक्दछ यहि नियमित अनुशासित प्राकृतिक र व्यवस्थित तरिका बिधिको धरातलमा उभिएर अरु सबैलाई यसै बिधिमा लैजान खोज्ने अदालतलाई राज्यको तेश्रो आँखा Third eye of the state भनेर भनिएको हो । न्यायालयले नै बास्तविकता शाश्वत एवं प्रकृतिक बिधि न्यायको निर्णय घोषणा गर्दछ भनि यस्तो भनिएको हो ।
यसकारण अन्याय तथा अन्धकारमा डुबेको व्यक्ति परिबार,समाज तथा बिश्वको न्यायको आखाँ न्यायालय नहुने हो भने कसैले अन्याय गरेको र कसैले अन्याय सहेको पनि थाहा नै नहुने भई भित्र भित्रै शोषण र दमन भई विद्रोहको जग बनी धेरै क्षतीको अवस्थामा पुगेर मात्र जाग्ने अवस्था आई पर्दछ । शिक्षा क्षेत्रको व्यापारिकरणका कारण विभिन्न तहमा धेरै excellent outstanding मार्क ल्याएर पास गरे पनि मानिसको आन्तरिक शक्ति एवं सृजनसिलताको प्रष्फुटन हुन नसकेर पदिय अहंकार लगायत भ्रष्टाचारमा डुबेर गधा जस्तै जोतिरहनु र अनियमितता गर्नु एवं भ्रष्टाचार गर्नु यसको प्रष्ट उदाहरण हो ।
यसकारण मानिस भित्रको वास्तविक कुरा वा प्राकृतिक न्याय प्रतिको अज्ञानता मोहन्धताका कारणबाट मानिसको आन्तरिक सुधार हुन नसकेर बास्तविक न्यायको बोध नभएर भएको अन्याय विरुद्द अदालतले आँखा हुन नसक्ने हो भने समाज एकदमै अन्धकारमा पुगि समाजमा मत्स्य न्याय हुन थाल्दछ । प्रशिद्ध ग्रीक दाशीनिक Inecsmyander को भनाई अनुसार न्याय मानिसले बनाएका नियमहरुको उपज मात्र होइन यो संसारको शाश्वत गुण हो त्यसैले मानिसले बनाएका नियमहरुले मात्र परिष्कृत न्याय प्रदान गर्न सक्दैन यो एक समाधानको बाटो मात्र हो । यसकारण प्राकृतिक कानून एवं न्यायका मान्यताहरुको पूर्ण अनुशरण गरिनु आवश्यक पर्दछ ।
प्राकृतिक न्यायका सिद्धान्तको प्रयोग,कानून न्याय तथा मानव अधिकारका सिद्धान्तको अभावमा गरिएको जुनसुकै प्रकृतिको आदेश कारवाही वा फैसला ले न्याय बोकेकै हुदैन । मानिसले बनाएका जतिसुकै राम्रा संबिधान कानून भए पनि तिनले परिस्कृत न्याय प्रदान गर्न सक्दैन भन्ने प्राकृतिक न्यायका सिद्धान्तको मान्यता रहेको छ । मानिसको जीउ धन स्वतन्त्रता प्रकृति प्रदत्त भएको परिप्रेक्षमा तिन माथि दखल पु¥याउने अवस्थामा प्राकृतिक न्यायका सिद्धान्तको प्रयोग वेगरका संबिधान कानूनले शासकको स्वार्थलाई मात्र वा केहि समयको न्यायिक ब्यवस्थापनलाई मात्र बोकेको हुन सक्दछ । दिर्घकालिन वा कालजयी प्रकृतिको न्यायको अकाट्य मान्यता नहुन पनि सक्ने भएकोले प्राकृतिक न्यायका सिद्धान्तको प्रयोग अनिवार्य भएको हो ।
प्राकृतिक न्यायको अवधारणाबाट अनुप्रमाण्ीत नभएको न्याय खोक्रो र यान्त्रीक हुन जान्छ । प्राकृतिक कानून सबै कानूनको जन्म दातृकर्ता कानून भएकोले साझा हित पोषक प्राकृतिक कानूनलाई मानव निर्मीत कानूनको कमजोरी पुर्ती गर्ने पुर्तिकर्ताको रुपमा हेनु पर्दछ । यि नियमले अधिकारको न्यायोचित प्रयोग गर्न लगाई नयाँ अधिनायक वाद आउन दिदैन । प्राकृतिक न्यायको दायरा फराकिलो हुनुको कारण अणु बम परमाणु बमको होडवाजी ,नैतिक शक्तिलाई भौतिक शक्तिले उछिन्नु,मानवताकोवाटो छाडी भौतिक वा दानविय बाटो अगाल्नु जस्ता कारणले मनुषत्वको रक्षाका लागि नै प्राकृतिक न्यायका सिद्धान्त नै बढि सार्थक देखिएका छन । सर हेनरी मेन ले भनेका छन प्राकृतिक कानून मानव आचरणका ति अनुमानित नियमहरु ह्ुन जसलाई मानिसले मानिस भएको नाताले स्वभावतःमान्दछ सजाय वा शासकको डरले मात्र मानेको हुदैन ।
अतः कसैको पनि हक हितमा असर पर्ने काम गर्दा उचित तवरले मात्र गर्ने ,अर्का पक्षको भनाइलाई पनि सुन्नु पर्ने,आफ्नो स्वार्थ बाझिएमा निर्णय गर्न नहुने ,सूचना दिनुपर्ने ,अरुको इसारामा निर्णय गर्न नहुने जस्ता कुराहरु नियममात्र नभई मानविय विवेकका साझा बिषय पनि हुन १९ । यसैले जहाँ स्वच्छ सुनुवाई नै हुदैन त्यहाँ न्याय भएको मानिदैन स्वच्छ सुनुवाई नै न्यायको खम्बा हो । जहाँ शक्तिको उन्माद एवं पदको अहंकारले सुनुवाई हुन्छ त्यहाँ शंकीतको हृदय खोल्दैन दवाइन्छ त्यो राज्यले आफ्नो नियन्त्रणमा लिएर गरिएको सुनुवाई हो भनिएको हो यो प्रकृतिको नियमको उलंघन भएको मानिएको हो ।
कानूनी राज्यमा न्यायको उलंघन भएको खण्डमा न्याय प्राप्त गर्ने मार्ग सहज सरल पहुचयोग्य सहयोगी भएन भने त्यसको झन्झटको कारणले पनि आम जनता अन्याय सहेर बस्नु पर्ने अवस्था रहन सक्दछ । अन्याय सहनु पनि अपराध नै हो भनिेएको ता पनि अन्याय सहेर बस्ने रहर कसैलाई पनि हुन सक्दैन यो मानविय प्रवृति human conscience हो । न्यायिक प्रकृयाका विभिन्न उल्झनहरु सामाजिक ,राजनितिक ,आर्थिक बाध्यताहरु अपराधीले बनाएको पकड , न्याय गर्ने ठाउँमा भएको नियुक्ति ,क्षमता , कर्मचारी प्रशासनको प्रवृती सरकारी सहयोग सुरक्षाको अभाव अति स्वार्थपन गरिबी अज्ञानता परिबन्ध लगायतका कारणले अन्याय सहनु पर्ने अवस्थाको सृजना हुन्छ ।
यस सम्बन्धमा विश्वमा न्याय र मानव अधिकारका लागि जिवन अर्पित गरेका राज नेता नेल्सन मण्डेलाले मानवअधिकारको अवस्था बारेको उत्तर दिने क्रममा भनेका थिए म जस्तो राष्ट्रपती भएको व्यक्तिले त २७ बर्ष जेल लगायत ६७ बर्ष सम्म यातना भोग्नु प¥यो भने अरुको अवस्था कस्तो होला । यसरी विश्वका सर्वोत्कृष्ट मानिसलाई यस्तो आपत प¥यो भने अरुको अवस्था सहजै अनुमान गर्न सकिन्छ । यसैले पनि नेपालका राज नेता वि पी कोइरालाले मानिस साह्रै कमजोर प्रणाली हो भन्ने कुरा बुझ्नुपर्छ भनेका थिए । यसकारण यसका लागि सबैको अभिभावक राज्य नै ससक्त हुनु पर्ने कुरामा जोड दिइएको हो ।
शिक्षा प्राणालीलाई गुणस्तरिय समान व्यवहारिक सृजनसिल समान पहुचयोग्य बनाएन ,सरकारी नियुक्तिमा कडाई भएन जनतामा चेतना स्तर बढाएन भने न्याय दबेर रहनु कुनै ठूलो कुरो होइन । यो सबै प्रकृतिको कानुनको परिपालनाको अभावको कारणले भएकोले अन्यायका चक्रहरुलाई पहिचान गरि तोडनु आवश्यक पर्दछ । अव्यावहारिक अवैज्ञानिक कानूनी प्रकृयाबाट न्यायमा परेको प्रभावबाट न्यायमा पहुच अप्ठ्यारोमा नपरोस भनेर बेलायतमा कानूनको उचित प्रकृया सम्राटले पनि मान्नु पर्ने र त्यो कानूनको उचित प्रकृया प्राकृतिक न्यायमा आधारित हुनु पर्ने एव प्राकृतिक न्यायमा आधारित नभएको उचित प्रकृया लाई अदालतले अबैध गर्न सक्ने सिद्धान्तको प्रतिपादन भएको थियो ।
यसकारण कुनै कानून कानुन हो वा होइन भनेर जान्न त्यो कानुन प्राकृतिक कानुन अनुरुप छ छैन जाच्नु आवश्यक परेको हो । कानुनको विवेकयुक्त औचित्यता प्रमाण्ीात अवस्थामा रहनु पर्दछ भन्ने ग्रीक दर्शनको भनाई कानुनको शासनको अकाट्य सिधान्त भएको हो । यसकारण न्यायका सबै किसमका प्रणालीको लक्ष स्थानिय कानुनबाट अधिकार तथा सहमती प्राप्त गर्न, राज्यका कानुनमा स्पष्ठता निश्पक्षता निष्ठा एवं बिधिको शासन बस्तुगत हुने गरि बनाइएको हुनु पर्दछ भनिएको हो ।
अधुरो अनुभवजन्य ज्ञान ,कानुन वा अपुर्ण चिन्तनले न्यायको मार्ग वा न्यायिक सिद्धान्तको निमार्ण गर्न सक्दैन ।
यसका साथै न्याय अन्याय बीचको सुक्ष्म भेद बुझ्न तथा बिश्लेषण गर्न सक्दैन । यसैकारण कुनै बस्तु वा विवाद कार्यको वैज्ञानिक रुपमा विश्लेषण गर्ने सामर्थ, बिधिशास्त्रको प्रमाणीकता प्रमाणीत गर्ने योग्यता, बिवादग्रस्त बिषयमा युक्ति पुर्वक निर्णय दिने एवं वास्तविक परिक्षण गर्न सक्ने क्षमता प्राकृतिक कानुनको अनुशरणबाट मात्रै सम्भव भएकोले प्राकृतिक कानुनको महत्व असाधारण रहेको छ । यसैले प्रकृतिका नियम वा कानुनको महत्व सम्पुर्ण मानवताका लागि एक वरदान सिद्ध हो ।
तर यदि यसलाई कसैले काल्पनिक एवं दार्शनिक चिन्तन हो भनेर स्वीकार गरेमा त्यो समयको नष्ट गर्नु मात्र हुनेछ । बर्तमान शताब्दिमा सुरु भएको शीत युद्ध ,विश्वयुद्धको पाठ,बामपन्थी एवं वीचारधाराहरु औपनिवेसिक प्रवृति व्यक्तित्ववादको चरम अवस्थाले अस्तव्यस्ततालाई अन्त्य गरि सामाजिक सुव्यवस्था भातृत्व तथा विश्वशान्ति स्थापना गराउनाका लागि व्यापकता एवं आधुनिकतामा आधारित प्राकृतिक कानुनको महत्व कहिल्यै कमी हुन सक्दैन ।
प्राकृतिक कानुनको पुनरजागरणले प्रत्येक मानिसको मर्यादा र स्वाभिमान अक्षुण्य रहन्छ र त्यसमा प्रतिकुल असर हुने जुन सुकै कार्यहरु अबैधानिक हुन्छन भन्ने कानुनी मान्यता नै बर्तमान युगको प्राकृतिक कानुनी धारणा हो र यो नै हामे्रा साझा भविष्य पनि हो ।
…………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………
१ The theory of justice . John rawls ,Revised edition 2020, P-38.
२.Justice at heart . Life journey of justice V.R krishna Iyer . salman khurshid dr- Lokendra malic edition 2016 ,p-200
३ कानुन शास्त्र तथा कानुनका सिद्धान्त लेखक डा डा युवराज संग्रौला प्रकाशक लेक्स एण्ड जुरिस प्रा.ली संस्करण २०७७ पृ ८०
४ चरित्र विज्ञान लेखक स्वामी सचितानन्द विशुद्ध देव संस्करण २०७८ पृ ४२
५ कानुन शास्त्र तथा कानुनका सिद्धान्त लेखक डा डा युवराज संग्रौला प्रकाशक लेक्स एण्ड जुरिस प्रा.ली संस्करण २०७७ पृ ५३०
६ स्वतन्त्र समाजका आधारसिला लेखक इग्मण बगलर अनुवाद मुराहरि पराजुली प्रकाशक फाइन प्रिन्ट प्रा.लि पृ ५८
७ कानुनी सुक्तिहरु प्रकाशक नेपाल कानुन आयोग २०७९ पृ २९
८संस्कृतमा के छ प्रकाशक जयतु संस्कृतम सम्पादक प्रा.डा ऋषीराम पोखरेल पृ७
९ श्री मद् भगवद्गीता यथारुप लेखक श्रमद् अभयचरणाविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद अनुवाद वादनारायण दास प्रकाशक भक्तिवेदान्त बुक ट्रस्ट मुम्बई पृ ६७
१० मुलुकी ऐन केहि विवेचना लेखक रेवती रमण खनाल प्रकाशक साझा प्रकाशन २०४६ पृ २४
११ धर्म विज्ञान भाग ४ लेखक खप्तड स्वामी प्रकाशक खप्तड आश्रम प्रकाशन समिति २०५२ पृ७४
१२ ऐ ऐ पृ १०९
१३ स्वामी जीको आत्म कथा लेखक स्वामी विवेकानन्द अनुवाद प्रकाशक पृ
१४ कानुन शास्त्र तथा कानुनका सिद्धान्त लेखक डा युवराज संग्रौला प्रकाशक लेक्स एण्ड जुरिस प्रा.ली संस्करण २०७७ पृ ८०
१५ स्वामी जीको आत्म कथा लेखक स्वामी विवेकानन्द अनुवाद प्रकाशक पृ
१६ भावान्तरण रुपान्तरण लेखक योहान गाल्टन अनुवाद चित्र निरौला प्रकाशक द्धन्द्ध अध्ययन केन्द्र २०६५ पृ १३६
१७ स्वामी जीको आत्म कथा लेखक स्वामी विवेकानन्द अनुवाद प्रकाशक पृ
१८ मानव अधिकार सम्बन्धी श्रोत संगालो प्रकाशक राष्ट्रिय न्यायिक प्रतिष्ठान २०६५ श्रोत संगालो पृ २१०
स्क्रिप्ट सम्पादनः टेकराज अवस्थी, कार्यकारी सम्पादक, अखण्ड खबर अनलाईन
कानून सम्बन्धित तस्वीरः Google साभार
लेखक/अधिवक्ता–अमरगढी नगरपालिका वडा नं. ५ जिलोडा डडेल्धुरा निवासी रुद्रप्रसाद पाठक , हाल – प्रसिडेण्ट ल फर्म प्रा.लि. मा कार्यरत रहि समय सान्दर्भिक कानूनका बिबिध विषयमा अध्ययन अनुसन्धान,गर्दे सन्देशमूलक, जनचेतनामूलक र सूचनामूलक सामग्री पस्केर कलम चलाउनु हुनुहुन्छ ।